Skip to content

गद्य कविता

फूलको ब्यापार

समाचार सुन्दा / हेर्दा
यसपाली फूलको ब्यापारले
धेरै आम्दानी भएको
फूल–ब्यबसायीले बताउँदै थियो ।

फूल चाहिँ
बाध्यताको धागोमा उनिएर
एक पछि अर्को
लाइनका लाइन लागेर
माला बनेर
कसैको गलामा सजिनु पर्दोरहेछ ।

चोकको कथा

म भर्खरै समय
पालुवामा खेल्दै हुर्किदै थिएँ
बुद्धि
हरियो र काँचो
मेरा धानका बालाहरूमा
लहराउदै थियो ।
परिस्थितिहरू
भत्किन लागेका पुलहरू
ममाथि तर्दै थिए ।

रेखा कविता- ६ : मभित्र अर्को शालीन मान्छे छ

मभित्र अर्को शालीन मान्छे छ
ऊ मलाई केन्द्र ठान्छ र भत्काउन खोज्छ
ऊ मभित्र कतै ‘ग्यापस’मा छ
म उसको जात चिन्दिनँ
उसको देश चिन्दिनँ
उसको रंग चिन्दिनँ
उसको रेखा चिन्दिनँ
ऊ मबाट छोपिएको छ,
हेपिएकोछ, दबाइएको छ
ऊ मलाई प्रगतिको अवरोध ठान्छ

अपरिचितको भीडमा

अपरिचितको भीडमा
परिचय दिंदै आफैँ उदाङ्गिएर
बेचिरहेछु श्रम पराईभूमिमा,
किनकि मैले पनि
अरुजस्तै आफ्नो भाग्य
आफैँ कोर्नु सक्नु पर्ने छ
आत्मानिर्भर भएर,
यो कहालीलाग्दो
उमेर पचाउँनु छ,

जीवन खोजिरहेछु

जीवन खोजिरेछु
आफैंभित्र आफैलाई खोज्दै
मनको मझेरीबाट घरक्क
ढोका उघारेर दिलको बकस खोली
खोजिरहेछु आफैलाई
बाच्नुको यथार्थताभित्र
कयौं बसन्तहरू समयको गतिसँगै
चपाइए अनि उघ्राइए बेलगामी घोडा झैं
र फेरिए छेपाराको रंग फेरिए जसरी
तुफानी बेगमा आएको समयको गतिमा

मेरो असफल जीवनको

पहिलो प्रयास हो मेरो असफल जीवनको
घात अनि स्वार्थ लुटिएको मेरो असफल जीवनको

मायाको लागि सबै खुसीहरू गुमाउदै
उनीबिना बाच्न नसक्ने मेरो असफल जीवनको

तानसेन

  • by

अलिकता मनका उकालीहरू उक्लेर
अलिकता मनका ओरालीहरू ओर्लेर
तिमीलाई मायाले स्पर्श गर्न
यसपटक म यहाँसम्म आइपुगेको छु,
कतै बाँधिइसकेको मनलाई पनि फुक्का छोडेर ।

‘………’ प्रति

  • by

ओ युवती, ओ रुपवती,
तिमीसित मेरो घामपानीजस्तो मिलन भयो ,
तिमीलाई सम्झना होला –
हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ;
त्यो बादलमा इन्द्रधनु पर्यो ,
झरी लाग्यो, हुरी आयो,
अनि हामी अकासस्तै सङ्ला पनि भयौंँ,

खण्डहर सपना

  • by

बिहा गरेको धेरैपछि
रमाउँदै थियौं हामी
समुद्री किनारमा
छोराछोरी समुद्रका छालहरूमा
ज्वारभाटासँगै छुँदै थिए खतराको सङ्केत
र फर्कंदै थिए किनारसम्म ।

एक हुल साँढेहरू !

अर्थ्याउन, बर्थ्याउन, घिच्रो तेर्साउन सक्ने
एक हुल साँढेहरू बिजुली पानी चुम्दै, झुल्दै
चारै खुट्टाले दाँया बाँया भित्तो नाप्दैछ ।
साँढे-डुक्रन्छ
साँढे-उफ्रन्छ
साँढे-लेघ्रो तान्छ
साँढे-तिघ्रो उचाल्छ ।।

जोत्न नमिल्ने-साँढे
पोत्न नमिल्ने-साँढे
हानेर
डुक्रेर
सिङौरी खेलेर
धुलो उडाएर
अरुको अस्तित्वलाई पटक्कै मान्दैन ।

उडान


सौम्य
गगनमा कावा खाँदै
पवनको बेगसँगै एक हुल
शान्ति दुत
स्यम्भुका निश्चल,शान्त र
निश्कंलक आँखाहरूमा उत्साह भर्दै
पशुपतिको घण्टासँगै
टङ्ग,टङ्ग,टङ्ग स्वर घ्वनीमा
उत्प्रेरणाको शङ्खघोष गर्दै
नयाँ आकाश,आकार,आकाक्षाको सदबीउ छर्दै
बुद्धका दुई आँखा ज्ञान र शान्ति भर्दैछ ।।
आज उडान भरी अंहकारले आत्माहत्या गर्दैछ ।।

शक्ति ढलेपछि

सबले भन्छ्न वाह वाह यहाँ
नाम चलेपछि
बिस्तारै बिर्सन्छ सबले
काम चलेपछि।

हजारौंले धाउँछन् यहाँ
दाम फलेपछि
अँध्यारोले पनि चियाउँछ
दिन ढलेपछि।

म—कविता—म

कविता :
मानिसहरू
भर्खरै सुत्न मात्र लाग्दैछन्
भाले पो बास्छ !
विचरा ओछ्यान
अलमल्ल पर्दै
केही भन्न सक्तैन
सुत्न आउने मान्छेलाई ।

म :
भालेको डाकपछि
सुत्ने मान्छे कस्तो होला ?
सपना पनि देख्ला के त मान्छेले ?