Skip to content


द्वन्द्वकालमा-
शहर पसेका जमिनदार
फर्किए गाउँ
र गरे- जग्गादान

अरब गएका युवाले
खोले संस्था
र पठाए- आर्थिक सहयोग

ढुङ्गा, माटो, काठ, पानी
जुटायो गाउँले
गाउँलेले
गरे- श्रमदान

एनजीले
हालिदियो- टिनको चम्किलो छाना

कर्तव्यबोधले युरोपबाट
फर्किए- डा. सूर्यनाथ
गाउँको मायाले शहरबाट
फर्किन्- सिस्टर चन्द्रकुमारी

हार्नै नसकेर अनुरोध
झाक्री ताराबहादुर
भए- स्वास्थ्य सहायक

स्कूल
पिसि
र प्रहरी चौकीसँगै
उभियो- अभियुक्त हेल्थपोष्ट

हर्षले
रोए- बूढापाका
उफ्रिए युवक-युवती
नाचे- बालबालिका

तर सदरमुकाममा
क्रूद्ध भए- प्रजिअ
अवाक् भए- गाविस सचिव
उत्तेजित भए- पुराना ठेकेदार
र, प्रमुख पार्टीका भ्रातृ सङ्गठन

– के त्यो गाउँ अर्कै राज्य हो?
– के त्यो गाउँलाई सरकार चाहिँदैन?

केन्द्रमा-
टेन्सन छ दुई सभासद्बीच
किनकि-
बनाउन बाँकी छ- संविधान
व्याख्या गर्न बाँकी छ- समाजव

हिमाल खबरपत्रिका पूर्णांक २७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *