Skip to content

विविध-विधा

नेपाली बहरे गजलमा आजसम्मकै सबैभन्दा लामो गजल

वाचन सजिलोको लागि ( / ) अर्ध बिश्राम (/\) मध्ये बिश्राम

याद होला सबैलाई /दुष्ट राणा हटाएको /राष्ट्रघाती भनेका त्यै /राजशाही भगाएको /\आज नेता नयाँ आए /देश बाँड्दै लुटी खाए /क्रान्तिकारी भएकाछन् /दुख्छ मेरो त्यसैले मन्।
फेरिएको भए शासन /मुर्ख हामी हुनेथेनौं /खास नाताहरूलाई /मात्र जागिर दिनेथेनौ /\भाइचारा बिगार्दै छौ /छट्टु नेताहरू लाखौँ /रूपधारी भएकाछन् /दुख्छ मेरो त्यसैले मन्।

सबै साथी स्कुल जाँदा

सबै साथी स्कुल जादा मैले भाँडा धोएको छु
खेल्ने कुद्ने त्यो उमेरमा सधैभरि रोएको छु
आमाको मृत्यु पछि बा’ले अर्की आमा ल्याए
पिटाइ खाँदा सानिमाको कति खुट्टा छोएको छु

जवानीमा

मिठास कति रसदार अति तिम्ले पक्रेको जवानीमा
मदहोस भई समर्पित भए तिम्रो फक्रेको जवानीमा

साथ खोज्दैछु म त नजिकिदै अति चढेको छ मात
रोमरोममा नशा चढिरह्यो तिम्रो लक्रेको जवानीमा

अपहरण बलात्कार

अपहरण बलात्कार रोक्नु पर्यो सरकार
अपराधीलाई कडा सँजाय तोक्नु पर्यो सरकार

न त चेली सुरक्षित छन् न त साना बालक
सुरक्षाको सबै जिम्मा बोक्नु पर्यो सरकार

अशान्तिमा देश कहिल्यै लम्किदैन विकास तिर
ह्त्या हिंसा मच्चाउनेलाई ठोक्नु पर्यो सरकार

जितेपछि जनतालाई भुल्ने बानी सबैको
चुनावको बाचा कबुल घोक्नु पर्यो सरकार

स्वास्थ्य शिक्षा निशुल्क बन्नु पर्छ अव
समाजबादको विरुवा रोप्नु पर्यो सरकार

चाँद हेरी रात आज व्यर्थै नै बिताए मैंले

चाँद हेरी रात आज व्यर्थै नै बिताए मैंले
आस्था अनि भरोसाका बिस्कुन सुकाए मैंले।।१।।

राखे मनको मझेरीमा फूल भनी सजाएर
तोडी गयौ कसम सबै जलन पाए मैंले।।२।।

गुलाफ टिप्न बगैंचामा छेकवार वाल रैछ

गुलाफ टिप्न बगैंचामा छेकवार वाल रैछ
तिम्लाई भेट्न महलमा छेकवार वाल रैछ।।१।।
मन मिल्छ कुरा सबै तर पनि कस्तो हो खै
मिलन हुन रोकावट छेकवार वाल रैछ।।२।।
म कृष्ण काले उनी राधा सँगै खेल्नलाई
भेट्नै नहुने समाजमा छेकवार वाल रैछ।।३।।
म बाँच्दिन उनी बिना उन्लाई नि त्यस्तै भाछ
छुत अछुत काला प्रथा छेक वार वाल रैछ।।४।।
हे ईश्वर जोडी बनाउ हाम्रै अर्को जुनीमा है
मिल्न नदिने यो जुनीमा छेकवार वाल रैछ।।५।।

टिपेर दिन खोज्दैछु एउटा फूल शिरमा सजाउ है

टिपेर दिन खोज्दैछु एउटा फूल शिरमा सजाउ है
किटेर गर्न खोज्दैछु एउटा भूल दिलमा सजाउ है।।१।।

उमेर यस्तै हो भन्छन् उर्लन्छ रे खहरे भेलसरी
सिएर टाङ्न खोज्दैछु एउटा झूल निदमा सजाउ है।।२।।

यज्ञमा बसेर तिम्रो हात भन्छन् मैंले थाम्नु पर्छ रे
किनेर बाँध्न खोज्दैछु एउटा तूल छिनमैं सजाउ है।। ३।।

सजाउँला तिम्रो सिउँदो मैंले लगन गाँठो कस्दा खेरी
खिचेर राख्न खोज्दैछु एउटा फूल डिलमा सजाउ है।।४।।

दुःखसुख सँगै काट्दै जिवन एकसाथ बिताउँनलाई
पिएर बाँच्न खोज्दैछु एउटा मूल प्रितीमा सजाउ है।।५।।

पानीको तिर्सना कस्तो लाछ गंगा तर्ने कुरा नगर न

पानीको तिर्सना कस्तो लाछ गंगा तर्ने कुरा नगर न
घाउको जलन धेरै भाछ चुक छर्ने कुरा नगर न।।१।।
कोसौं टाढा गयौ तिमी छाडेर प्रगाढ थियो आत्मियता
दुरिय दुरता कति थाछ सामू भेट्ने कुरा नगर न।।२।।
मेरो माया सुक्ष्म देख्यौ विशाल पराइको आवरणमा
कति धेरै विशाल छ थाछ सुर्य छेक्ने कुरा नगर न।।३।।
मल्मल्किरी जुनकिरीलेझैं अँधेरोमा ज्योति छर्छु भन्छ्यौ
देशमैं लोडसेडिङ्ग भाछ ज्योति छर्ने कुरा नगर न।।४।।
टाढासम्म तिम्लाई उज्यालो दिन टुकी बनौला बरु म
दुःखमा जिउन भाग्यमा छ दुःख हर्ने कुरा नगर न।।५।।

तिमी भन्छ्यौ चिल्ला गाडी पजेरोमा चढाउछ्यौ नि

तिमी भन्छ्यौ चिल्ला गाडी पजेरोमा चढाउछ्यौ नि
तिमी भन्छ्यौ डाँडा पारी सहरमा उडाउछ्यौ नि।।१।।
सुख महलमा मिल्छ झुपडीमा दिन सक्दिन म
तिमी भन्छ्यौ कोसौं पारी समुन्द्रमा डुलाउछ्यौ नि।।२।।
गुन्द्रुक ढिडो खाइ आफ्नै घरमा रमाउ भन्दा
तिमी भन्छ्यौ पाँच तारे होटलमा पुर्याउछ्यौ नि।।३।।
पाउन गाह्रो हुन्छ सानू सोचेजस्ता कुराहरु
तिमी भन्छ्यौ चिल गाडी विमानमा उडाउछ्यौ नि।।४।।
पैदल नि हिड्नु पर्छ गाउँको तिम्ले कच्ची बाटो
तिमी भन्छ्यौ कालो पत्रे सडकमा हुइकाउछ्यौ नि।।५।।

तरीतरी आँखा जुधाउने बानी तिम्रो कस्तो

तरीतरी आँखा जुधाउने बानी तिम्रो कस्तो
झरीसरी तन रुझाउने बानी तिम्रो कस्तो।।१।।
मख्खै पर्छ्यौ तिमी हेरेर मैंले मुस्कुराउँदा
घुमीफिरी मन बुझाउने बानी तिम्रो कस्तो।।२।।
साँच्चै नै तिमी अक्सिजन हौ म बाँच्ने आधार
रोजी छाडी नाम जुराउने बानी तिम्रो कस्तो।।३।।
अल्लारे छु भर छैन भनि अन्तै ताक्छ्यौ अरे
सरी सरी माया बिसाउने बानी तिम्रो कस्तो।।४।।
रानो भन्थ्यौ नि सानु तिम्रो हृदयको घारको
घरीघरी धुँवा धुँवाउने बानी तिम्रो कस्तो।।५।।

फेरी एउटा फड्को मार्दै अघि अघि सरेजस्तो

फेरी एउटा फड्को मार्दै अघि अघि सरेजस्तो
आभास अपार खुसी दिलमा टन्न भरेजस्तो।।१।।
नयाँ शरद् ऋतु टेक्दै उमङ्गले हर्षित भइ
लागेको छ सङ्लो नदी जंघार फड्की तरेजस्तो।।२।।
धेरै नै बिते दिन मिलनमा रमाइ रहँदा
आँधी चल्यो छुट्यो रुखका फल झरेजस्तो।।३।।
साँच्चै नै त्यो फूलको सुगन्ध अझै आइरहन्छ
दुनिँयाले भन्छन् भँवराको नक्कल गरेजस्तो।।४।।
डुबेको छैन सूर्य अझै उजेलो हुन्छ जिवन
घाम लाग्ला पक्कै नै प्रभातमा लाली चढेजस्तो।।५।।

मगाको दिन अति राम्रो रैछ

मगाको दिन अति राम्रो रैछ
मजाको सुख कस्तो भाग्य रैछ।।१।।
उर्लेर आए है मिठा तरङ्ग
मतायो अति नशा साह्रै रैछ।।२।।
सौन्दर्य छर्दै तिमीले रुपमा
मआको सुनी मन फुरुङ्ग रैछ।।३।।
भुलेर मैंले यो रस लीलामा
मगाको मिठाइ कति मिठो रैछ।।४।।
लौ न ए काली हो की होइन भन
मताको यौवन मेरै निम्ती रैछ।।५।।

धेरै आउछन् अनलाइनमा गफगाफ नि गर्छन्

धेरै आउछन् अनलाइनमा गफगाफ नि गर्छन्
अदृश्य अफलाइनमैं कोहीले त आँखा तर्छन्।।१।।
केही छैन खै बिगारेको केलाई कुन्नी रिस्याका हुन्
शब्द संगिन अनलाइनमा कोहीले त घोची मार्छन्।।२।।
कस्तो कस्तो शिल स्वभाव कसैको त बुझ्न गाह्रो
हेलो भन्दै अनलाइनमा कोहीले त तिर्खा मार्छन्।।३।।
… बुझ्न गाह्रो स्वभाव त्यो चाला असल छ की छैन
अनेक गफ छाटी पछि कोहीले त व्यङ्ग्य मार्छन्।।४।।

घरीघरी स्मित हाँसो वाण हानेर हिड्नु हुन्छ

घरीघरी स्मित हाँसो वाण हानेर हिड्नु हुन्छ
भर्दै उमङ्ग यो मनको भय त्रास गिड्नु हुन्छ।।१।।

साँच्चै असल हजुरको चाला साह्रै मन पर्यो
अन्जानमैं सुख दिइ किन मलाई पिर्नु हुन्छ।।२।।

सहयोग धेरै पाएँ मैंले फर्काउनु कैले मैंले
पूर्व जन्मको भार भन्दै ऋण कति तिर्नु हुन्छ।।३।।

मन फराकिलो पार्दै दिन दुःखीको सेवा गर्न
सेवा नै धर्म हो भन्दै झुकेर किन गिर्नु हुन्छ।।४।।

दुःख मैंले खेप्नु परोस् भन्दै सबैलाई हँसाइ
समाजका दुःख पिडा कति आफ्नैझैं भिर्नु हुन्छ।।५।।

सँगै तर्ने भन्दै नदी मलाई वारी छाडी पारी गयौ

सँगै तर्ने भन्दै नदी मलाई वारी छाडी पारी गयौ
सुख देखी पराईको साथ चोट बोकाइ छाडी गयौ।।१।।

सँगै जिउने भन्थ्यौ नि नविन नौला सिर्जना गरेर
मलाई छाड्यौ भेल बाढीमा पराईलाई तारी गयौ।।२।।

बैंशको मात हो रोहित सुन्दरीका भर पर्नु भन्थे
साँच्चै रैछ सत्य कथन गुँड अन्त कतै सारी गयौ।।३।।

दिवा स्वप्न देखाएर मलाई भुलाएर एक्लै छाडी
गुँदी नै गुँदी खोज्दै खादै खादै कोया पनि दारी गयौ।।४।।

यौवनमा नशामा लठ्ठी मात्तिएर पराईसाथमा
समाज भर गाह्रो पार्दै मलाई जिउँदै मारी गयौ।।५।।

गर्छु यही कामना

निरोगी भइ बाँच्नुस् सधैं तपाईँ गर्छु यही कामना
उमङ्ग खुशी छाओस् जीवनमा गर्छु यही कामना।।१।।

जीवनमा कहिले पनि नहोस् पराजय अनि हार
विश्व नै जित्नुस् है सामर्थ्यले गर्छु यही कामना।।२।।

ज्ञानको ज्योति बलोस् सधैं तपाईँ हिड्ने बाटोमा
छेक्ने काँडा हटोस् टाढा टाढा गर्छु यही कामना।।३।।

दुई शब्द कोरेर आज जन्मदिनमा तपाईँको लागि
सदैव अपार सख खुसी छा‌इरहोस् गर्छु यही कामना।।४।।

कमेन्ट सुझाव दिन छाड्दा झन् गल्ति गर्न मन लाग्यो

कमेन्ट सुझाव दिन छाड्दा झन् गल्ति गर्न मन लाग्यो
भाव मिठो र आत्मियताको चुटाइ खान मन लाग्यो।।१।।

गजल लेख्दा मन बहकाइ मिठा भाव समेटेर
काफीया रदिफ छुटाएर समिप पर्न मन लाग्यो।।२।।

गजल यात्रा थालनि भो अग्रजको साथ माग्न भनि
नजानेझैं अन्जानमैं सिक्दै सिर्जना कोर्न मन लाग्यो।।३।।

गजल लेख्दा कतै काफिया छुटाइ कतै दोर्याएर
सामिप्यता गाँस्दै उनै मित्र नजिक सर्न मन लाग्यो।।४।।

शुन्यता छ दिनभरी रमाउन गाह्रो छ

शुन्यता छ दिनभरी रमाउन गाह्रो छ
छाड्यौ एक्लै आज रात कटाउन गाह्रो छ।।१।।

तलमाथि गरेको भञ्झाङ्गको ओरालीमा
अतितका याद तिम्ले भुलाउन गाह्रो छ।।२।।

अर्कैसँग साइनो गाँस्दै मेरो समिप आइ
दिलमा मायाको फूल फूलाउन गाह्रो छ।।३।।

तिम्रो र मेरो दिल एकै ठाउँमा राखेर
पानीमा चिनीसरी त घुलाउन गाह्रो छ।।४।।