शुन्यता छ दिनभरी रमाउन गाह्रो छ
छाड्यौ एक्लै आज रात कटाउन गाह्रो छ।।१।।
तलमाथि गरेको भञ्झाङ्गको ओरालीमा
अतितका याद तिम्ले भुलाउन गाह्रो छ।।२।।
अर्कैसँग साइनो गाँस्दै मेरो समिप आइ
दिलमा मायाको फूल फूलाउन गाह्रो छ।।३।।
तिम्रो र मेरो दिल एकै ठाउँमा राखेर
पानीमा चिनीसरी त घुलाउन गाह्रो छ।।४।।