फेरी एउटा फड्को मार्दै अघि अघि सरेजस्तो
आभास अपार खुसी दिलमा टन्न भरेजस्तो।।१।।
नयाँ शरद् ऋतु टेक्दै उमङ्गले हर्षित भइ
लागेको छ सङ्लो नदी जंघार फड्की तरेजस्तो।।२।।
धेरै नै बिते दिन मिलनमा रमाइ रहँदा
आँधी चल्यो छुट्यो रुखका फल झरेजस्तो।।३।।
साँच्चै नै त्यो फूलको सुगन्ध अझै आइरहन्छ
दुनिँयाले भन्छन् भँवराको नक्कल गरेजस्तो।।४।।
डुबेको छैन सूर्य अझै उजेलो हुन्छ जिवन
घाम लाग्ला पक्कै नै प्रभातमा लाली चढेजस्तो।।५।।
