Skip to content

सँगै तर्ने भन्दै नदी मलाई वारी छाडी पारी गयौ

सँगै तर्ने भन्दै नदी मलाई वारी छाडी पारी गयौ
सुख देखी पराईको साथ चोट बोकाइ छाडी गयौ।।१।।

सँगै जिउने भन्थ्यौ नि नविन नौला सिर्जना गरेर
मलाई छाड्यौ भेल बाढीमा पराईलाई तारी गयौ।।२।।

बैंशको मात हो रोहित सुन्दरीका भर पर्नु भन्थे
साँच्चै रैछ सत्य कथन गुँड अन्त कतै सारी गयौ।।३।।

दिवा स्वप्न देखाएर मलाई भुलाएर एक्लै छाडी
गुँदी नै गुँदी खोज्दै खादै खादै कोया पनि दारी गयौ।।४।।

यौवनमा नशामा लठ्ठी मात्तिएर पराईसाथमा
समाज भर गाह्रो पार्दै मलाई जिउँदै मारी गयौ।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *