Skip to content

घरीघरी स्मित हाँसो वाण हानेर हिड्नु हुन्छ

घरीघरी स्मित हाँसो वाण हानेर हिड्नु हुन्छ
भर्दै उमङ्ग यो मनको भय त्रास गिड्नु हुन्छ।।१।।

साँच्चै असल हजुरको चाला साह्रै मन पर्यो
अन्जानमैं सुख दिइ किन मलाई पिर्नु हुन्छ।।२।।

सहयोग धेरै पाएँ मैंले फर्काउनु कैले मैंले
पूर्व जन्मको भार भन्दै ऋण कति तिर्नु हुन्छ।।३।।

मन फराकिलो पार्दै दिन दुःखीको सेवा गर्न
सेवा नै धर्म हो भन्दै झुकेर किन गिर्नु हुन्छ।।४।।

दुःख मैंले खेप्नु परोस् भन्दै सबैलाई हँसाइ
समाजका दुःख पिडा कति आफ्नैझैं भिर्नु हुन्छ।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *