टिपेर दिन खोज्दैछु एउटा फूल शिरमा सजाउ है
किटेर गर्न खोज्दैछु एउटा भूल दिलमा सजाउ है।।१।।
उमेर यस्तै हो भन्छन् उर्लन्छ रे खहरे भेलसरी
सिएर टाङ्न खोज्दैछु एउटा झूल निदमा सजाउ है।।२।।
यज्ञमा बसेर तिम्रो हात भन्छन् मैंले थाम्नु पर्छ रे
किनेर बाँध्न खोज्दैछु एउटा तूल छिनमैं सजाउ है।। ३।।
सजाउँला तिम्रो सिउँदो मैंले लगन गाँठो कस्दा खेरी
खिचेर राख्न खोज्दैछु एउटा फूल डिलमा सजाउ है।।४।।
दुःखसुख सँगै काट्दै जिवन एकसाथ बिताउँनलाई
पिएर बाँच्न खोज्दैछु एउटा मूल प्रितीमा सजाउ है।।५।।
