विविध-विधा
बिछोडको पिडा
कति खपु चोट व्यथा , जिन्दगी नै भार भयो
कसलाइ सुनाउ जीवनकथा , जीत पनि हार भयो
माया प्रेमले रुवाएर , आँसु पनि थाकिसके
जिन्दगानी शुन्य लाग्छ , आफै भित्र मरिसके
सङ्गै बाच्ने सङ्गै मर्ने , हाम्रा बाचा कसम हरु
बाटो तिमिले माग्या भए , मुटु झिकी दिन्थे बरु
छाडी जानै पर्ने भए , मलाइ मारी गए हुन्थ्यो
तिम्रै जस्तो यो मन पनि , ढुङ्गा सरि भए हुन्थ्यो
सक्दिन म धेरै बाच्न , विछोडको पीडा खपि
कति बसु पर्खाइमा , मृत्युको माला जपि

बिर्सुं भन्छु दिमागमा साहुको ऋण आउँछ
आऊ न बोकेर राम्रो सामाजिक विचारधारा
१.
मैले हेरेकै हुँ आँखा अन्तै फर्कायौ, क्यै छैन
कसले देश र जनताको सत्कार गर्छ यहाँ
मुसा बिरालो
खुकुरीको चोट कर्दलाई, कहाँ थाहा हुन्छ हजुर