मैले हेरेकै हुँ आँखा अन्तै फर्कायौ, क्यै छैन
आखिर माया नगर्नेलाई मन परायौ, क्यै छैन
ए ! मन र मुलुकलाई माया गर्छु भन्नेहरू हो
मेरो देह यो देश तिमीले नै नङ्गग्यायौ, क्यै छैन
छोरा बुहारीले त म बुढोलाई गाली गरेकै थिए
छोराकी आमा तिमीले पनि वचन लगायौ, क्यै छैन
साथी भएर हिजो सङ्गै हिड्ने भनी अङ्गालो मार्यौ
आज बाटो छाती र पार्टी आफै भत्कायौ, क्यै छैन
आखिर के दिऊँ के सम्झिऊँ मृग बगर गए जस्तो
मलाई सम्झिएर तिमी यस्तो बेलामा आयौ, कै छैन
