Skip to content

शीतलहर बढ्दो छ


शीतलहर बढ्दो छ न एउटा गतिलो घर छ
गार्हो छ गरीबको जिन्दगी बहुद कष्टकर छ

चुसेर मेरो ओठ र भोट मागेर लागेपछि उसले,
कहिले पनि बुझेन कि त्यहाँ तेरो के हालखबर छ

दिलदेश र अफिसमा बैमानलाई नियुक्ति गरियो
खै यहाँ इमान पढाइ र प्रेमको कहाँ कदर छ ?

विश्वास गरेर मैले के तिमीलाई छातीमा राखेथे
आजसम्म पनि मेरो मुटुमा लात्तिको असर छ

उत्ता धनवानहरू रण्डिथानमा तातिरहेछन, अब ऊ
मर्छ जो सँग मफ्लर छ स्विटर छ न तातो हिटर छ

शीतलहर बढ्दो छ न एउटा गतिलो घर छ
गार्हो छ गरीबको जिन्दगी बहुद कष्टकर छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *