Skip to content

विविध-विधा

डुबिरहेको डुङ्गामा सुतिरहेको माझी

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?

यो देशमा कोरोनाकै कारण नौजवान मरेर जान्छन
अनुसन्धान गर्दै चिहानमा आउँछ पिसिआर, के गर्नु?

गाली पनि मिठो हुन्छ

गाली पनि मिठो हुन्छ सुनेपछि मिलाएर
जाली कुरा सत्य भाछन्, बुनेपछि मिलाएर

चोट खाँदा पीडा भुल्छु, चोटैचोट देऊ प्रिय
चोटको माला राम्रै भाछ, उनेपछि मिलाएर

दुई मुक्तक (कोरोना)

१)
यसपाली भेट हुन दिदी देन कोरोनाले
धेरै खायो तर विश्राम लेन कोरोनाले
मान्छे साँच्चै मान्छेजस्तै बनिदेको भए
लाग्छ यति उग्र रुप लिन्थेन कोरोनाले

यस्तै यस्तै कहिलेकाही

ताल्चा मन लगाएर बस्न नसकिने
बुझेपनी उस्को कुरा मिल्न नसकिने

धेरै कुरा मनमा हुन्छन टाढा बसेपनी
सत्यकुरा बाहिर आछ्न मनै कसेपनी

बलि रहन्छ बत्ति पनि ज्योति छनजनि
स्वार्थ जीवन कतिचल्छ,जान्छ नभनि

प्राकृति को ध्वनि मिठो सगित बजेझै
अबिस्वास को आवज सुन्दा लाग्छ मरेझै

रुपले सुन्दर हुने भए किन चाहिन्छ बस्त्र
मिठास आवज एउटा दुइटा,हुन्न १६,सत्र

फलेको हागो झुकिरन्छ फल रहुन्जेल
किन गर्छौ तेरि मेरि दुइदिन बाचुन्जेल

चरित्रले कुनै कुरा कहिले लुकाउदैन
अग्लो हुन्छ सगरमाथा सिर झुकाउदैन ।।

पिर भए पछि

तिम्रो व्यबहार मलाइ सधै पिर भए पछि
सम्बन्धको खट्पट नुकिलो झिर भए पछि
हासो बोकेर दिन दिनै मर्ने गर्छु आजकाल
तिम्रा शब्दहरु धनुष अनि तिर भए पछि

म कस्तो छु !!

उनी गुलाब फुल जस्ती म कडा जस्तो छु ।
उ संस्कारले भरिएकि म छाडा जस्तो छु ।

मधुर बोली सौन्दर्य को खानी जस्ती उनि
म जती बाने पनि फुस्कने नाडा जस्तो छु ।

मिलाउन जान्ने उनी बिगि्रएको जे जति
मिलेको भत्काउने म घर भाँडा जस्तो छु ।

उनी गुलाब फुल जस्ती म कडा जस्तो छु ।
उ संस्कारले भरिएकि म छाडा जस्तो छु ।

दुई मुक्तक (धनले हैन मायाले किन्ने हो)

(एक)
धनले हैन मायाले किन्ने हो कि
सतर्क भई जहिल्यै हिन्ने हो कि
जिन्दगी जहिले सुखमा मात्र हुन्न
सत्यता छैन मानिस चिन्ने हो कि

प्यारो

पापी पेटको प्रश्न हुने सबैलाई कामै प्यारो
अराएर खाई पेल्नुहुने सबैलाई दामै प्यारो

सुस्तसुस्त भो राज्यका सबै सन्यन्त्र
अल्छी छ जाडोमा सबैलाई घामै प्यारो

IMG_20200912_084718

गजल

भुकम्पले भत्किएकाे घर बनाउँन सकिन्छ पिल्लर लगाएर
भत्किएकाे याे दिल सकिन्न रहेछ उठाउन
ढाडस लगाएर
भन्नेहरूले भन्छन् याे दिल धेरै कमजाेर छ भनेर
कमजाेर भएरै त सक्याै तिमिले ढाल्न कम बल लगाएर

तिम्रो जस्ताे ढुङ्गाे याे दिल कहाँ छ र बनेकाे सिमेन्ट लगाएर
काेमल माटाेले बनेकाे छ याे दिल धेरै धेरै मेहनत लगाएर
किन्नेहरूले किन्न आए याे दिल सस्तो छ भनेर
अनमाेल भएरै त फर्की गयाै तिमीले मात्र भाग लगाएर

तिम्रो भित्ता जस्ताे रंगिन कहाँ छ र बनेकाे रंग लगाएर
राताे माटाेले लिपेकाे छु याे दिल एकदम मन लगाएर
हेर्न आउनेले काेट्याई काेट्याई हेर्छन् भित्र के छ भनेर

खाडितिर………..!

पसिना चुहाएर गिट्टी कुट्न, त्यो खाडी तिर पठाएर
सन्चो बिसन्चो नभनी खट्न, त्यो खाडी तिर पठाएर
सरकार नाक ठुलै पार्छ,युवालाई रोजगार दिदैछु भनी
रातदिन नभनी बालुवा चाल्न,त्यो खाडी तिर पठाएर

भोगाइनै शिक्षा ः गजल

मार्मिक भोगाइ ज्यै पढ्न चाहिने त हो नि
मनभित्र त्यै शिक्षा गढ्न चाहिने त हो नि

कत्ति हसुर्छौ ए ! आफन्त हामीलाई नटेरी
मर्दा त्यै २ वित्ता डढ्न चाहिने त हो नि

उधुम बत्ती बालेको सुनहीरा जडेर के गर्ने
लाज ढाक्न त्यै २ सरो, धर्न चाहिने त हो नि

परोपकार, पुन्य हो कर्म गर परपीडा हर्ने
यसैले त्यै २“आत्मा..शरीर” तर्न पाइने त हो नि

२०७७ कात्तिक ११

प्रतिक्रियाका लागि bijusubedi@gmail.com

नमात्तिऊ … गजल

पाप कराउँछ नबर्बराऊ धुरी..धुरी ।
अन्न थुपारी नभराऊ मुरी..मुरी ।।

गरीवले पनि श्रमले खान पाउनुपर्छ
भोको पेटमा नचलाऊ छुरी..छुरी ।

आफु मात्रै मैमत्तीई डुक्रेर मोज नगर
भ्याट्ट होला नबढाऊ चुरी..फुरी ।

आउनेनै छ एकदिन सत्यको विजय
न्याय सल्काउन नबलाऊ हुरी..हुरी ।

इज्जत भनेको सबभन्दा ठूलो सम्पत्ति हो,
सभ्यता विर्सेर नभट्याऊ कुरी..कुरी ।

कोरोनाले गााज्यो जत्ति टाढियो त्यत्ति सुरक्षित,
मनमुटु गाढा पार्न ल बढाऊ दूरी..दूरी ।

२०७७ कात्तिक १०
बिजु सुवेदी विजय
प्रतिक्रियाका लागि bijusubedi@gmail.com

घरको छानामा ढुङ्गा राखेर

घरको छानामा ढुङ्गा राखेर आएको हूँ
मुग्लान म घरजग्गा राखेर आएको हुँ

नाकको परिधिमा हस्तक्षेप मान्य छैन
रूप देखाउन जुँगा राखेर आएको हूँ

सिमानामा अब एउटा

सिमानामा अब एउटा वीर गोर्खाली चाहिएको छ
त्यो हाम्रो हो र हामीलाई महाकाली चाहिएको छ

मैले जति नै आलि लगाए पनि ऊ भत्काइरहन्छ,
सायद उसलाई सोझो हैन छिमेकी जाली चाहिएको छ

तिमी को थियौ

तिमी को थियौ म को थिएँ नाता जोडियो पैसाले
मनभन्दा धन ठुलो रैछ नाता तोडियो पैसाले

दुइटा मुटु एउटै थियो यात्रा हाम्रो सँगसँगै
दोबाटो आयो कतिखेर बाटो मोडियो पैसाले

गजल : सत्ता फेरिएन

गथ्र्यो पञ्चायतले शोषणको सास्ती उधूम !
आँधी झैँ उर्लिन्थ्यो पहिले तानाशाही हुकुम !

क्रान्ति भयो रे तर पाउ यत्ति सारो मल्नु पर्ने कि
भन्दैछन् सबै रैती बनी “को पहिले भुकुम ?”

बोतल फरक रक्सी उही, भन्नैपर्ने सरकार ! अझै
फरमान आउने ठाउँ भयो अब रोल्पारुकुम ।

जताततै भयो राजनीतिको दुर्गन्धित फोहोरी खेल
खोजिरहेछु वुद्धको देशमा “खै कहाँ छ कुसुम ?”

घरको चेलीबेटी नै असुरक्षित हुन थालेपछि
लाग्छ भाला खुँडो लिएर रातभरि ढुकुम ।

२०२० अक्टोबर २१
प्रतिक्रियाका लागि bijusubedi@gmail.com

जिन्दगीमा सम्पतिभन्दा मलामी धेरै होस

जिन्दगीमा सम्पतिभन्दा मलामी धेरै होस
जवानीको भन्दा मोल खरानीको धेरै होस

लाग्दैन मलाई यो जीवनको केही अर्थ छैन
कामनाले मात्र हुदैन, संसार उज्यालो होस