सुरुमा शङ्केत त्यस्तो उसैले फालेको हो
यसैले त्यो रात मैले कपडा फुकालेको हो
अर्कैको भैन सफलता उनी आफै पर गैन
हाल्न त मैले धेरै ठाउँमा हात हालेको हो
चोरी भएकै छैन भन्नु भो, कुकुर महोदय !
हाम्ले हैन के तलाई त्यही चोरले पालेको हो?
मालिक उखुमा किसानको आँसु मिसिएको छ
यसैले आजकल चिया नूनिलो हुन थालेको हो
ती दुवै जना,मान्छे माथि गएको हेर्न चाहदैनन
यसैले साथी र दुश्मनले हामीलाई उचालेको हो
सुजन बुढाथोकी
रतुवामाइ-८, मोरङ्ग
