के छ कसो छ कुनै हाल खबर चाहिंदैन
त्यो कुन मान्छे हो जस्लाई घर चाहिंदैन
बस ! यत्ति एउटा चोट नै काफी छ
जिन्दगी के हो जान्नलाई टिचर चाहिंदैन
उसो भा के चाहिएको छ भनेर सोध्ने मन्छ
जस्ले भन्छ मलाई अनुहार सुन्दर चाहिंदैन
उखु खुवाउने किसान चाहिन्छ हामीलाई बरु
यो देश्मा अब गु गाने भ्रष्ट लिडर चाहिंदैन
शीतलहरमा कापिरहेको अनाथले भन्यो आमा
तिम्रो काख भए पुग्छ मलाई हिटर चाहिंदैन
सुजन बुढाथोकी
रतुवामाइ-८, मोरङ्ग
