Skip to content

विविध-विधा

चासै भएन

ऊ थियो महिमा, खासै भएन
गए पछि भेट्ने, आशै भएन

ऊ गयो जब यी, आँखा रसाए
फेर्न खोजें तर, सासै भएन

निस्तब्धता छायो, रोकियो बोली
सायद कुरा गर्ने, भाषै भएन

प्रेम

राम नै प्रेम हुन् प्रेम सीता पनि
प्रेम आराधना हो तपस्या पनि ।।

प्रेम पेवा हुने याे नठानून् युवा
प्रेम गर्छन् यहाँ ज्येष्ठ पाका पनि ।।

दुई मुक्तक

दुई मुक्तकः

माग पूराका कनिका छरिराखौँ कि !
यसपटककाे वैतर्नी तरिराखौँ कि !
भाेलि के कसाे हुन्छ कसलाई थाहा छ र
बिसौँ अनसनकाे वार्ताटाेली गठन गरिराखौँ कि !!

उनकै लागि धसिए पनि मिठोमसिनो सुनिएन बोली
धेरै पटक खाएको छु उनका मुखको तातो गोली
सहनैमा कल्याण छ नत्र अत्याचार गर्नेको लिस्टमा दरिनेछु
उनबाट न हिजो केही प्राप्ति थियो न हु्न्छ भोलि ।।

आज नयाँ गीत यौटा गाउन मन लाग्यो

आज नयाँ गीत यौटा गाउन मन लाग्यो
तिमीसँगै प्रीत फेरि लाउन मन लाग्यो

बिहानीले भाका फेर्यो दिन ढल्न थाल्यो
बालसखा ! हाम्रो गीत गाउन मन लाग्यो

दुर्भाग्यले थुक्छ

हिमाल मात्र कहाँ हो र पहाड पनि दुख्छ
नेपालीको चाल देखी मानौँ कोशी सुक्छ ।।

देश चर्ने साँढेलाई बाँधिराख्नु पर्थ्यो
जहाँ तहाँ चर्न खोज्ने साँढे आफैँ फुक्छ ।।

डाँगो पाल्ने काम पनि व्यर्थै लाग्न थाल्यो
घरभित्र चोर पस्ता पर जाँदै भुक्छ ।।

विदेश पस्न हतार मान्ने दाजु भाइ देखी
सगरमाथा पनि तिनको हालत बुझ्दै झुक्छ ।।

हाम्रो बानी उपर्खुट्टी लगाएर खाने
यो देखेर दुर्भाग्यले हाम्रै मुखमा थुक्छ ।।

सर्न पाऊँ

म भाका सुसेली यतै छर्न पाऊँ
यहीं फुल्न पाऊँ यहीँ झर्न पाऊँ ।।

यहाँ जिन्दगानी बडो धारमा छ
म आराधना ईशको गर्न पाऊँ ।।

यहाँबाट फुत्केर जानै छ गारो
ठुलो सिन्धु पौडेर नै तर्न पाऊँ ।।

कदाचित् भएछन् भने विघ्न वाधा
उताबाट चाँडै यतै सर्न पाऊँ ।।

पराया बनी देश बिर्सन्न कैल्यै
म मेरो यसै देशमा मर्न पाऊँ ।।

मुक्तक……………………(बालापन )

ढाकाटोपी दाउरा सुरुवाल,गुन्युचोलीकै रहनसहन मन पर्छ
जिन्दगीका रङ्गहरु नियाल्नलाई, मलाई एक्लोपन मन पर्छ
कति आनन्द हुन्थ्यो उबेलामा, बाआमासँग जिद्धी गर्दै गर्दा
न कुनै जिम्मेवारी न तनाव,उमङ्गको त्यो बालापन मन पर्छ

रुवाउने प्रेम क्षणिक हो

रुवाउने प्रेम क्षणिक हो र याद स्थायी हो
मलाई डुबाइने तिम्रै मायाको गहिराइ हो

ऊ फेरि मागिरहेछ दश हजार घरभाडाको
के गर्नु ? नाताले हामी आफ्नै दाजुभाइ हो

जिन्दगीको गजल

जिन्दगीको कहानीको यस्तो पर्दाफास भयो
सधैं यो मन ढुङ्गा रह्यो, थोरैमात्र कपास भयो

ठुलालाई चैन अनि सानालाई ऐन देखें,
समानता, न्याय मर्यो सधैं यस्तै बकवास भयो

पाँच मुक्तक (सर्प पाल्न सरकार)

१.
सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ
यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ
सिटामोल नपाएर मर्नु पर्छ जनताले
दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ

कसैलाई सास्ती कसैलाई मस्ती

यही कोरोनाले कतिलाई नोटै नोट झारेको छ
यही कोरोनाले कतिलाई अकालमै मारेको छ

जसले मेहनत गर्छ, उसैलाई गाल्नुसम्म गालेपछि !
अरूको आँशु खाने वर्गलाई सजिलो पारेको छ

कारागार भो

चोचो घस्नेको मारामार भो ।
टाटपल्टो जिन्दगी कारागार भो ।।

डाक्टर भन्ने के थाहा पायौ,
पानी सुद्ध बाराबार भो ।

६ महिना भो लकडाउन, निषेधाज्ञा,
राशन छैन हाहाकार भो ।

घरबेटीले पिछा गर्या गर्यै छ ,
आश्वासनले टाराटार भो ।

अफिसको समान केही काम आएन,
सस्तो भाडामा सारासार भो ।

२०७७ भदौ २९
प्रतिक्रियाका लागि bijusubedi@gmail.com

बाबा सम्बन्धी गजल

पिता हाम्रा आदिपुरुष हुन् मान्नु पर्छ
राम्रोसँग सम्मान दिन पनि जान्नुपर्छ

सबैभन्दा महान आमा हुन् भन्छौ भने
उनैले समेत मानेको व्यक्ति ठान्नुपर्छ

कोरोनाको उपचार

कोरोनाको उपचार र परीक्षणमै झेल भो
जनता मारेरै पनि पैसा कमाउने खेलभो

तनाबै तनाव छ, घरमा खाने सामल छैन
निषेधाज्ञा बालुवा पेलेर निकालीने तेलभो
कोरोनाको उपचार र परीक्षणमै झेल भो
जनता मारेरै पनि पैसा कमाउने खेलभो

“अल बिदा राष्ट्रकवि माधव प्रसाद घिमिरे”

जुगौंजुग देशको माटो सजाएर गयौ तिमी
नेपाली भै गर्व गर्ने बनाएर गयौ तिमी ।

आँशु सबै रित्तिएछ तिम्रै शोकमा मग्न हुँदा
हाँस्दाहाँस्दै क्षितिज पारी हराएर गयौ तिमी ।

कसरी म सहुँला यी बिछोडका पलहरु
सम्झनाको महासागर खनाएर गयौ तिमी ।

आज एक्लो भएको छु राष्ट्रकवि विदा हुँदा
दिलको माया मनका भाव दबाएर गयौ तिमी ।

नेपालीको मन मन्दिरमा सधै भरी बास गर्दै
शब्दमाला अरबौंको लगाएर गयौ तिमी ।

बुझ्नै सकिन

खेती थियो या नियति, त्यो तिम्रो प्यार बुझ्नै सकिन
मलाई ग्राहक बनाई गरेकि रैछौ प्रेमको व्यापार बुझ्नै सकिन
बाबु आमा काे खुब इज्जत र सर्वत्र प्रभाव छ भन्थि..
खै! कस्ले सिकाएछ उसलाई यस्तो संस्कार बुझ्नै सकिन

#कुश्मा१०_पर्वत

SagarSubedi

दुई मुक्तक (जनप्रतिनिधिहरु)

(१)
जनप्रतिनिधिहरुलाई सुबिधा हरवार चाहिन्छ
तलव भत्ता बढेकै छ,बस्नलाई दरबार चाहिन्छ
बाढी पहिराले जनता रातभरि सुत्नै नपाउँदा
चर्पी जाँदा पनि नेताज्यूलाई चौकिदार चाहिन्छ