विविध-विधा
दुई मुक्तक
दुई मुक्तकः
१
माग पूराका कनिका छरिराखौँ कि !
यसपटककाे वैतर्नी तरिराखौँ कि !
भाेलि के कसाे हुन्छ कसलाई थाहा छ र
बिसौँ अनसनकाे वार्ताटाेली गठन गरिराखौँ कि !!
२
उनकै लागि धसिए पनि मिठोमसिनो सुनिएन बोली
धेरै पटक खाएको छु उनका मुखको तातो गोली
सहनैमा कल्याण छ नत्र अत्याचार गर्नेको लिस्टमा दरिनेछु
उनबाट न हिजो केही प्राप्ति थियो न हु्न्छ भोलि ।।
दुर्भाग्यले थुक्छ
हिमाल मात्र कहाँ हो र पहाड पनि दुख्छ
नेपालीको चाल देखी मानौँ कोशी सुक्छ ।।
देश चर्ने साँढेलाई बाँधिराख्नु पर्थ्यो
जहाँ तहाँ चर्न खोज्ने साँढे आफैँ फुक्छ ।।
डाँगो पाल्ने काम पनि व्यर्थै लाग्न थाल्यो
घरभित्र चोर पस्ता पर जाँदै भुक्छ ।।
विदेश पस्न हतार मान्ने दाजु भाइ देखी
सगरमाथा पनि तिनको हालत बुझ्दै झुक्छ ।।
हाम्रो बानी उपर्खुट्टी लगाएर खाने
यो देखेर दुर्भाग्यले हाम्रै मुखमा थुक्छ ।।
कारागार भो
चोचो घस्नेको मारामार भो ।
टाटपल्टो जिन्दगी कारागार भो ।।
डाक्टर भन्ने के थाहा पायौ,
पानी सुद्ध बाराबार भो ।
६ महिना भो लकडाउन, निषेधाज्ञा,
राशन छैन हाहाकार भो ।
घरबेटीले पिछा गर्या गर्यै छ ,
आश्वासनले टाराटार भो ।
अफिसको समान केही काम आएन,
सस्तो भाडामा सारासार भो ।
२०७७ भदौ २९
प्रतिक्रियाका लागि bijusubedi@gmail.com
“अल बिदा राष्ट्रकवि माधव प्रसाद घिमिरे”
जुगौंजुग देशको माटो सजाएर गयौ तिमी
नेपाली भै गर्व गर्ने बनाएर गयौ तिमी ।
आँशु सबै रित्तिएछ तिम्रै शोकमा मग्न हुँदा
हाँस्दाहाँस्दै क्षितिज पारी हराएर गयौ तिमी ।
कसरी म सहुँला यी बिछोडका पलहरु
सम्झनाको महासागर खनाएर गयौ तिमी ।
आज एक्लो भएको छु राष्ट्रकवि विदा हुँदा
दिलको माया मनका भाव दबाएर गयौ तिमी ।
नेपालीको मन मन्दिरमा सधै भरी बास गर्दै
शब्दमाला अरबौंको लगाएर गयौ तिमी ।

ऊ थियो महिमा, खासै भएन
राम नै प्रेम हुन् प्रेम सीता पनि
आज नयाँ गीत यौटा गाउन मन लाग्यो
आशाको नौलो किरण बाल्नुछ अब
रुवाउने प्रेम क्षणिक हो र याद स्थायी हो
जिन्दगीको कहानीको यस्तो पर्दाफास भयो
१.
यही कोरोनाले कतिलाई नोटै नोट झारेको छ
जब केवल दुख बिधान बनिदिन्छ
पिता हाम्रा आदिपुरुष हुन् मान्नु पर्छ
कोरोनाको उपचार र परीक्षणमै झेल भो
(१)