बिर्सुं भन्छु दिमागमा साहुको ऋण आउँछ
जरुर दुखीको पनि पक्कै एकदिन आउँछ
घर घितो राखेर मुग्लान आएको हुँ हिजो
पैसाको खातिर को किन बेचिन आउँछ
पसिना सिञ्चित गरेर बिरुवा लगाउँदैछु
आगो बल्दा दाउरा यतिकै होमिन आउँछ
समयलाई पैसामा रूपान्तरण गर्न खोजे
हरेक दिन जसो याद पनि किन आउँछ
अन्तिम शेर –
धनमात्रै केहिरहेन बुढेसकालले छोएपछि
लाग्दैछ आयु कति छोटो एकैछिन आउँछ
दिवाकर भट्टराई
दमौली, तनहुँ