Skip to content

हुँदै हुदैन यहाँ कदापि


हुँदै हुदैन यहाँ कदापि मूल्याङ्कन हुदैन
जबसम्म तिम्रो प्रसस्त श्रोतसाधन हुदैन

त्यो बेला अर्कै थियो त्यसैले रामले जित्यो
यो कलियुग हो अहिले सत्यको समर्थन हुदैन

यो संसारमा स्वय म र समय नबद्लिएसम्म
यो मुलुकजीवन र युगमा कुनै परिवर्तन हुदैन

सपना देख्न थाले मैले कस्तो गजल लेख्न लागे
देख्यो भेट्यो बिग्रियो लेख्यो मेट्यो झन हुदैन

यस्तै हो,उ हजार युवतीसँग बराल्लिरहन्छ
जीवनमा जबसम्म एउटीको आगमन हुदैन

सङ्गक्रमित र पीडितलाई न्याय नै मिल्ने छैन
जबसम्म शोषक र भाइरसहरुको पतन हुदैन

बामगठबन्धन बन्छ कानून बन्छ त्यो कुन देश हो
जहाँ कार्यन्वन हुदैन आममान्छेको शासन हुदैन

नेता र प्रेमिका कहिले पनि फर्किएर आएनन सायद
सोच्यो कि मनमा माया छैन र अर्को निर्वाचन हुदैन

सरकार किसानको अपमान भएरै यस्तो भएको हो
यो देश्मा अब कहिले पनि उखु उत्पादन हुदैन

सुजन बुढाथोकी
रतुवामाइ-८, मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *