Skip to content

पोइल जाने प्रेमिकालाइ पत्र

पोइल जाने प्रेमिकालाई पत्र
—रत्नबहादुर कुरुपी

प्रिय पूर्वप्रेमिका !
धेरै दिनपछिको सम्झना !
आज एक्कासी तिम्रो सम्झनाले सताएकाले अलपत्रकै अलस्थामा यो पत्र लेख्दैछु । यो पत्र मेरो पहिलो नभएकेले यसलाई आश्चर्यको थैलो मान्नु पर्ने कारण छैन । आशा छ, तिमीले यो पत्र पूरा पढी मनन नगरे पनि पत्र खोली एक छिन भुली यसलाई फालिदने वा बलिदिने जिम्मा तिम्रै हातमा छाड्दै केही कुरा अपूरा नै भए पनि राखेको छु किनकि तिम्रो मायाको मिठो (नीमको पात समान) स्वाद राम्रैसँग चाखेको छु । अनि यो मेरो हाँसोको वर्षा सहर्ष स्वीकार्ने नै छौ ।
प्राणप्यारी, ताकपरे तिवारी नत्र…. मलाई त तिम्रो पुरानो प्रेमप्रसङ्ग सम्झना कति रमाइलो लाग्छ, जब तिम्रो यस संसारमा थिएन कोही त्यस बेला भविष्यको पोइ मलाई नै स्वीकारेकी थियौ । सायद ‘तरुनीमा दश जना पोइ, वृद्धामा केही न कोही’ भन्ने भनाइ तिमीले राम्रै गरी बुझेको हुनुपर्छ । तर तिमी अब अर्कातिर स¥यौ र फेरि तिमीले आफ्ना वाचा पूरा ग¥यौ किनभने तिमी यस संसारमा एक्लै जिउन सक्दिन भन्थ्यौ । त्यसैले त साँच्चै, तिमी अहिलेसम्म कहिले पनि एकछिन एक्लिन परेन । यो तिम्रो दूरदर्शिताको प्रशंसा नगर्ने को होला ? तिमीले आफ्नो जीवन ममाथि सपर्पित नगरे पनि मायामाथि सपर्पित गर्न सफल भएकी छौ । यो विश्वास गर, पक्कै तिमीले मलाई छोडेको भए पनि बाचा तोडेको छैन । यसमा मेरो अति नै सहमति छ । बरु, मलाई यसमा केही खेद (दुःख) छ । त्यो के भने मैले तिमीलाई जति दिनु पर्ने थियो त्यति दिन सकिनँ । तर तिमीले मलाई जीवनमा यति दियौ जसबाट मेरा सम्पूर्ण भावनाहरु आफ्नो हातमा लियौ र मेरा सारा इच्छा आकाङ्क्षा तनतनी पियौ । यसमा मेरो केही खेद छैन, तिमी मबाट अन्त जाऊ, आफ्नो हकाधिकार नगुमाऊ । ‘माया र मौसमको भर हुँदैन’ नि होइ र ! फेरि, तिमीले आजको ब्वायफ्रेन्ड, गर्लसफ्रेन्ड, डेटिङ, इन्गेजमेन्ट र लिभिङ टुगेदर (विवाह पूर्व युवायुवतीहरु परस्परामा सँगै बस्ने प्रचलन) को जमानामा यो अभ्यास र साहस पनि गर्नु छ कि एउटा अर्र्काे, अर्की गर्दै मायाको बर्काे धेरैसँग (जतिसक्यो रेकर्ड तोड्ने हिसाबले) ओढ्नु छ । अनि पाश्चात्य संस्कृति हुबहु अपनाई आधुनिकतामा जीवन मोड्नु छ । हुन पनि यो पहिलो भावना साटासाट गर्ने, त्यसपछि एकअर्कालाई चाटाचाट गर्ने हुँदै काटाकाट गर्नेसम्म आवस्थामा पु¥याउने अनि कुमारी आमाको जामा पहि¥याउने पश्चिमा प्रेमको रुपरङ्ग देखेर दङ्ग पर्ने बोला होइन र !
प्रिये, मुटुको धड्कन अनि मोहको चड्कन मलाई तिमीसँग विगतमा भएको लामो प्रेम सम्बन्धले धेरै फाइदा पु¥याएको छ । यदि तिमीसँग प्रेम नभएको भए म यति प्रभावकारी प्रेमपत्र लेख्न कहाँ सक्थें र ? जसबाट यसरी वियोगमा परेको बेला आगोभित्रको माछा बन्नु परे पनि पानीविनाको माछो जस्तो त बन्न परेको छैन । तिमीसँग बिछोड भएदेखि भगवानको नाममा केही काम गर्नु परेकाले यो दिमागको दाम निकै बढेको छ । यदि तिमीले मलाई सपनामा सम्झन पुग्यौ वा बिपनामा कहिलेकाहीं झझल्को आए त्यसलाई ख्यालख्यालको सम्झिनु सबै सन्चो भइहाल्नेछ । अँ, साँच्ची बरु मलाई तिम्रो पुरानै भए पनि एउटा फोटो पठाइदेउ है । किनभने त्यसबाट तिमै्र सम्झना यो मनमस्तिष्कमा तातो र ताजा राखेर मायाजालको बाजा बजाउन सजिलो हुन्थ्यो । अहिले मैले फोटो बिना तिम्रो खोटो भइसकेको रुपको वर्णन गर्न सकिनँ, यसमा मलाई क्षमा गर है ।
प्रिये ! मेरी मनकी रानी अनि चिन्ताकी खानी ! तिम्रो गुण्को बखान गनदाृ त कउउटा ारृेच आख्न नै ब सक्छ । अरु प्रेमी प्रमिकाहरु पनि मायाप्रेममा आपजातपात, सानो ठुलो धनी गरीब केही कुराको मतलब हुादैन , म मिले पुग्छ भनेर (गीत गाउादैछन्) भन्दैछन् । तिमीले त अझै यति मात्र होइन, प्रेममा धर्म र अनुशासन अनि सिद्धान्त र सीमा केही हुन्न भनेर देखाइदियौ । यो तिम्रा् उदार कुला र नाङ्गो भावना र विचारको सत्कार नमस्कार कसले –कुन पशुप्राणीले ) गर्दैन होला र ? फेरि तिमीले माया जति सँग गरे पन चोखै हुन्छ र यसमा बनदध पन िहुँदैन भचन्न्े प राम्रारी बुझेकी छौ । त्यसै भएिको होइन रहेछ–“लभ इन लाइफ, लाइफ इज ल्याङफ्याङ’ ।
अन्त्यमा प्रिये ! तिमीलाइृ थाहै छ, माया अजर अमर हुन्छ भनेर । त्यसैले यो जन्ममा हामी एकअर्काकाबाट टाढा भई भाडामा बसे पन िअर्काे जुनीमा हामी मायागाढा हने आब ासख्नु पर्छ । अनि अहिलेको दुःख सबै डााडा कटानुन पर्छ र खुसी र सुखी जीवन कटाउनुपछृ । लत यतखेर भाले कराइसककेो र बाले काम अरइकसको ेले अझै ठालाइ रहन पाइँ । अहिले लाय बिदा
तिम्रो पुरानो प्रेमी
प्रेमप्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *