मुक्तक
के सोचेँ मैले
आफ्नो या विरानो तिमीलाई खै मैले के सोचेँ अनायासै कोमल आफ्नो भावनाहरू पोखेँ नजिक हुने… Read More »के सोचेँ मैले
मेरा तिन मुक्तक
तिन थरीका मेरा तिन मुक्तकहरुः
एकः जाडाे
कठै मेराे देशलाई अहिले जाडो लागेकाे छ
मानाै मजाले माउकाे फाँचो चुस्ने कुनै पाडाे लागेकाे छ
सधैंकाे सिधा ठानिएकाे जिन्दगीकाे बाटाे पनि
अहिलेकाे जाडाेमा उकालाे ठाडाे लागेकाे छ ।
दुईः पुष
सबै भन्थे पुस भनेकाे फासफुस
घाम पनि छिनमै भासभुस
रामरी सास फेरेर बाेल्न पनि सकिन्न याे पुसमा
जति बाेलिन्छ मात्र खासखुस ।।
तीनः सरकार
सरकार हाे साथीहाे यसलाई बढी नहकार
जनताहरु पनि मन्त्रीहरुमाथि घृणा बढी नखकार
मन्त्रीजीहरु भाेलि के हाे के हाेला कसाे हाेला
यसैले जति सक्छौ अहिले नै डकार ।।
मुक्तक
सुख खोज्न धेरै टाढा धाउनै पर्दो रहेनछ
मनमा सन्तोक भए अर्को पाउनै पर्दो रहेनछ ।
चुनाबले नेतृत्वको गोठै गाउँमा आएको छ
जनताले नेतातिर धाउनै पर्दो रहेनछ ।
हामीले ता उनको गीत गाउनै पर्दाे रहेनछ
आफैं नारा लाउँदा रैछन् लाउनै पर्दाे रहेनछ
मजासँग नेतालाई चुनावमा देख्न पाइयो
जितेपछि गाउँघरमा आउनै पर्दाे रहेनछ ।।

१) वाम एकता भने पनि
१)