Skip to content

मुक्तक

तीन मुक्तक (कसरी रोपिए छुरा मुटुमा)

एक
कसरी रोपिए छुरा मुटुमा त्यो दर्दनाक कहानी छ
नभनी कसैलाई त्यै चरम पीडा सहने मेरो बानी छ
साहित्य रस छम्केर भुलाउदै छु आफू र दुनियाँलाई
नत्र यो सारा जगतनै डुबाउने यी आँखामा पानी छ

चार मुक्तक (जित निश्चित हुँदा पनि)

जित निश्चित हुँदा पनि हार्नुको मज्ज बेग्लै छ
पीडासबै आफैलिइ खुसी मार्नुको मज्जा बेग्लै छ
बिछोडको चोटले छाती चिरिदा कहिलेकाहीं
थकित स्वरमा आँशु झार्नुको मज्जा बेग्लै छ ।।

चलचित्र तब देखायौ

चलचित्र तब देखायौ जब मैले
आँखाको अपरेशन गरिसकेको थिए
आफ्नो गीत यसरी गायौ कि
जब मैले तिम्रो वर्णन गरिसकेको
तिमी मध्यरातमा यसरी मेरो खाटमा
नाङ्गिएर एक्लै आयौ
जब मैले परिवार नियोजन गरिसकेको थिए।

चार मुक्तक (अरुलाई चिसो पानीले)

१.
अरुलाई चिसो पानीले नसा दिन्छ
मलाई यो खुर्सानीले नसा दिन्छ
हुन सक्छ तिमीलाई तिम्रो
घटिया राजनीतिले नसा देला (२)
मलाई त यो रङ्गिन राजधानीले नसा दिन्छ !!

शायद म कवि थिएँ

शायद म कवि थिएँ अनि मात्र लेखन सकें
कि त थिएँ ज्योतिषी नै र भविष्य देख्न सकें
चाहनाको बोरा पनि भरि हुन थाल्यो अब
जिन्दगीमा हाँस्न सकें अनि मात्र भेट्न सकें

यो मन अन्तै सार्छु (मुक्तक)

यो मन अन्तै सार्छु भन्दा सरेन त सानु
नयन अन्तै चा’र्छु भन्दा चा’रेन त सानु
हरपल हरक्षण तिम्रै यादले सताउँदा
आँखाबाट आशु तार्छु भन्दा तरेन त सानु

अनि मात्र लिम्बू (मुक्तक)

धङ्कुटे,इलामे या जुम्लाली हुँ अनि मात्र लिम्बू
पहाडे हुँ मधिसे हुँ हिमाली हुँ अनि मात्र लिम्बू
राष्ट्रियताभन्दा ठुलो ! जात हुँदैन नि महाशय!
सबैभन्दा पहिले त नेपाली हुँ अनि मात्र लिम्बू

यो मन मुटुबाट (मुक्तक)

यो मन मुटुबाट तिम्रो माया घटाउन सकिन
र त दिमागबाट तिम्रो नाम हटाउन सकिन
तिमीसँगका ती रङगीन पल याद आइदिँदा
यो जिन्दगी यो समय एक्लै कटाउन सकिन ।