मुक्तक
केही मुक्तकहरु
मुक्तक(१)
कुनै ढुङ्गा मन्दिरमा छ कुनै बगरमा,
कुनै फुल शिरमा छ त कुनै पतकरमा,
तिमी र म यकै मानव प्राणी नै हौ,
तर तिमी कहा छौ म कहाको बस्तिमा।
मुक्तक(२)
सायद तिमिले भुलेउ कि रिसाईछौ हो अचेल,
देख्दिन त फेसबुक इन्स्टामा कता छौ हो अचेल, बिरामी पो परेउ कि आइडि पो बदलेउ कतै,
तिम्रै गुड नाईटले निदरी आउथ्यो तेहि मेसेज कुरि बस्छु म अचेल।
मुक्तक(३)
मरुभूमिमा तड्पियको प्यासी हु म, तिम्रै लागि मर्ने पागल प्रेमि हु म,
शिवबारे तिन मुक्तक
मुक्तकः
एकः
दुई नेत्र मात्र नभई तेस्रो नेत्र छ
भन्छन् दिव्य दृष्टि तिमीभित्र छ
तिम्रो आँखाअघि हत्या अपराध र बलात्कार छ
देखेर पनि नदेखेझै गर्ने हे शिव तिम्रो चाल विचित्र छ ।
दुईः
तिमीले नै हैन भस्मासुरलाई वरदान दिएको
तिमीले नै हैन समुद्र मन्थनपछि हलाहल पिएको
हाम्रो पीडाविष पिउनु पर्ने हैन र यति आराधना गरेपछि
खै त हाम्रो बारबार गरिएको पुकारालाई सम्झिएको ।
तिनः
ए भाइ तिम्रो शिव बाँचेको छ कि मरेको छ
यसरी तिम्रो हाल जान्न खोज्नेलाई मैले भन्नु परेको छ
हेर भाइ सबै जना एकै ठाउँ कहाँ बसिरहुन्छन् र
कैलाशबाट केही दिन अघिदेखि उनको डेरा सरेको छ ।

एक
१.
मुक्तकः एक