Skip to content

चार मुक्तक (अरुलाई चिसो पानीले)


१.
अरुलाई चिसो पानीले नसा दिन्छ
मलाई यो खुर्सानीले नसा दिन्छ
हुन सक्छ तिमीलाई तिम्रो
घटिया राजनीतिले नसा देला (२)
मलाई त यो रङ्गिन राजधानीले नसा दिन्छ !!

२.
मैले मनपराएको चन्द्रमामा पनि
अलिकति दाग थियो
रातोरातो गुलाफभित्र कहाँनिर
चाहिँ अनुराग थियो?
आउँथिन उनी वसन्तमा मात्र
अनि गीत गाउथिन (२)
बाहिर कुहुकुहु गर्ने कोइलीको
भित्रीरुप चाहिँ काग थियो
मैले मनपराएको चन्द्रमामा पनि
अलिकति दाग थियो !!

३.
जब यो मान्छे कसैलाई मनपराउँछ
तबतब ऊ अर्कै दुनियाँमा ऊ हराउँछ
आउछिन उनी मेरो सपनामा
अनि मलाई तर्साउछिन (२)
कराउँछ सप्नामा सुजन बिप्नामा डराउँछ
जब यो मान्छे कसैलाई मनपराउँछ
तबतब ऊ अर्कै दुनियाँमा हराउछ!!

४.
यो लोकको मान्छु हु परलोकको देव हुँ म
गङ्गगली र गोवन सर्पको आवेग हुँ म
हे ! सञ्जोग त मेरो तागतको रोक्न नखोज (२)
त्यो रकेटको त्यो प्रवेग हुँ म
देव हु म…..
गङ्गगली सर्पको
आबेग हु म….

Leave a Reply

Your email address will not be published. Required fields are marked *