तिम्रो मुस्कान सरी अर्को स्वर्ग कहाँ भेटौँला
कैलेसम्म यसै गरी म आँखा भरी देखौँला
निर्दोषी छ्न आँखाहरू केही भन्न खोजे जस्तो
हजार कुरा सोध्नलाई म तिम्रै बाटो छेकौँला ।
प्रित अंकुराउन दिलमा बेहद चाह चाहिन्छ
थोरैले हुन्न सागरमा जलझैं अथाह चाहिन्छ
कहिले काहिं गुमनाम हुन्छ दिल जति छल्के पनि
प्रित जोगाउन कहिलेकाहिं थोरै अफवाह चाहिन्छ
-राजेश श्रेष्ठ
थाहा-१, मकवानपुर
पति सौदीमा एक अग्लो कसैको घर बनाउँदै छन्
मालिक नरिसाओस् भनेर हार्दिक अभिवादन जनाउँदै छन्
परिवारबाट टाढा हुनुको पीडा उता उनलाई निकै छ
तर यता उनकी पत्नीसँग एक विदेशीले हनिमुन मनाउँदै छन् ।
तपाइँको हासो ज्यान मरा रैछ अलि ख्याल गर्नु
बैशमा अाँखा लगाउने धेरै हुन्छन् अलि ख्याल गर्नु
तपाइँको हासो देखेर कति मानिस पागल भइसके
मेरै साथी पनि कन्ट्रोलमा छैन अलि ख्याल गर्नु
एक्लै एकान्तमा कहि कतै रून पाए हुन्थ्यो ।
हृदयका पिडाहरू पखाली धुन पाए हुन्थ्यो ।।
बाचे,र त खै, के गर्न सकियो जिन्दगिमा
त्यसैले त सुटुक्कै परलोक हुन पाए हुन्थ्यो ।।।
१)
हजार सपना त्यसै आँखाभरि देख्नु, बेकार भो
छताछुल्ल रहरहरू अन्जुलीले छेक्नु, बेकार भो
मेटेर नै मेटिन्छ र कहाँ पुछेर नै पुछिन्छ र कहाँ
अनायासी तिम्रो नाम दिलमा लेख्नु, बेकार भो
मखमली अनि दुबो सरी मौलाओस भाइचारा यही छ चाहना
प्रगतिपथमा लम्किरहुन पाईला सधैं उच्च रहोस मनोभावना
भाइबैनीमा सदभाव रहोस् चारैतिर सुखशान्ति छाओस् देशमा
फूलैफूलको पर्व तिहारको सबैमा सुख सम्वृद्धिको शुभकामना
मन मुटु माझ सधै पिर छ, आउदै छ दशै तिहार
आफ्नो त फुटेको तक्दिर छ,आउदै छ दशै तिहार
ठूला ठालुलाई त हरेक दिन दशै छ, हाम्रो यो देशमा
तर नेपालीका अघि काडे भिर छ, आउदै छ दशै तिहार
घर व्यवहार खै कसरी धान्नु, महङ्गिले आकाश छुदाँ
यो दशैं पनि खै कसरी मान्नु, महङ्गिले आकाश छुदाँ
जाउ बाबा भन्छन छोराछोरी नाना ल्याउन बजारतिर
चिची पापा खै कसरी छान्नु, महङ्गिले आकाश छुद
तिम्रो रुपको अगाडि अरु फिक्का लाग्छ
मलाई तिम्रो रुप नै सुनको सिक्का लाग्छ
छोडेर जान्छु भनेर कहिल्यै नभन है प्रिय
तेस्तो बेकार कुरा सुन्दा मलाई दिक्का लाग्छ