व्यक्तित्व समीक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
ऊर्दूका महाकवि गालिबले लेखेका छन् ,
थी खबर गर्म, कि गालिब के उडेंगे पुर्जे
देखने हम भी गए थे , प तमाशा न हुआ ।
यस्तै तमाशा हेरे नेपालीले देवकोटाकालीन नेपालमा । देवकोटा अघिल्लो शदीका यस्तै एक मिथक बने । उनको जीवन, जगत् र कृतिले नेपाल र नेपालीलाई अत्यधिक प्रभाव पारेको छ । उनले कविता गीत, निबन्ध सारा विधामा आफ्नो उपस्थितिलाई सदैव तज्जन्य आकर्षण दिए । उनी सर्वत्र, सदैव एक सरल प्राणीका रूपमा देखिए ।
देवकोटाः जीवन्त कविता !
एकै देवकोटा अनेक भइदिन्छ । प्रत्येक कवितामा लक्ष्मीप्रसाद देवकोटा आफैँ अस्तित्व बनेर फुकिदिन्छ । लाग्छ, देवकोटाका फक्र्याईमा म नि मुस्काइरहेको हुन्छु । लाग्छ, उनका कवितामा ब्रहृम-विवेकका स्वानुभूति हाँसिदिन्छ मुसुक्क । मुसुक्क ओठहरूका फक्र्याईमा देवकोटा ः जीवन्त कविता बनिदिन्छ । कहिले कण्ठाग्र पारिदिन्छु महाकवि देवकोटा-सिर्जनाका वाणीहरूलाई । कहिले स्वरभरि गीत गाइदिन्छु! ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?’
देवकोटाको भूमिकाकारिता
महान् साहित्यकारका विषयमा जति लेखे पनि कमै हुन्छ । त्यसैले ईसापूर्वदेखि अहिलेसम्मका त्यस्ता साहित्यकारका बारेमा बेलाबेलामा लेख रचनाहरू, किताबहरू प्रकाशित भइरहेका पाइन्छन्, तापनि तिनीहरूका बारेमा लेख्नु सजिलो कुरा चाहिँ होइन किनभने तिनीहरूका कृतिको अध्ययन र मूल्याङ्कन लाखौँ अध्येताले अनेक कोणबाट गरिसकेका हुन्छन् ।
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
पीडा, वेदना र करुणासँग कवि-महाकविको अन्तरङ्ग सम्बन्ध रहन्छ भन्ने धारणा काव्यजगत्मा पाइन्छ । क्रौञ्चमिथुनमध्ये काममोहित भाले क्रौञ्चलाई व्याधाले मारेर खसालिदिएको र पोथी क्रौञ्च पतिवियोगले पीडित भएर रोइरहेको दृश्य देखेर शोकार्त भएका महषिर् वाल्मीकिको मुखबाट निस्केको ‘मानिषाप प्रतिष्ठांत्वम गमः शाश्वती ः समाः/यत्क्रौञ्च मिथुनादेक मवधीः काममोहितम्/’ भन्ने श्लोक उनको पहिलो कवितात्मक अभिव्यक्ति हो भन्ने उनकै कथनहरूबाट थाहा पाइन्छ ।
मन परेका कविः महाकवि
२०६६ सालको लक्ष्मीपूजाका दिन यस धराधाममा पाइला राखेका र त्यसको झन्डै पचास वर्षपछि २०१६ साल भदौ २९ गते यस धरतीबाट सदाका लागि बिदा लिएका देवकोटा । जन्मँदा उनी परिवारका मात्र थिए- पुत्रोत्सव पनि केवल परिवारका लागि मात्र हुन पुग्यो भने उनी यस लोकबाट सदाका लागि टाढा हुँदा चाहिँ उनी नेपाली साहित्यजगत्का बने, नेपालका बने- त्यसैले उनको मृत्युशोक सबै नेपालीका लागि हुन पुग्यो, राष्ट्रका लागि नै हुन पुग्यो ।
महाकवि र उनको साहित्यिक पत्रकारिता
शब्द चातुर्य नै साहित्य हो भन्नेलाई म ठीक जवाफ दिन सक्तिन । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निम्ति लेख्दिन, लेख्तछु- लेख्नका लागि र आएका विचार मानवहरूलाई सच्चा प्रकाशमा गर्नाका निमित्त । प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो जस्तो झल्काझल्की फेला पर्यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत भावले कला बिग्रन्छ । मन तीन मासाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ।
महाकवि देवकोटा र मार्क्सवाद
लक्ष्मीप्रसाद देवकोटा पण्डित परिवारमा जन्मेर धार्मिक वातावरणमा हुर्केका थिए । त्यसैले उनी युवावस्थाको पहिलो चरणसम्म ईश्वरवादी थिए, भाग्य र परलोकमा विश्वास गर्थे । उनका सुरुका कृतिहरूमा यत्रतत्र यी कुरा व्यक्त भएका छन् । उनको १९९० सालको नाटक ‘सावित्री सत्यवान्’ धार्मिक र ‘ईश्वरीय आस्थाको’ ज्वलन्त नमुना हो ।
महाकवि देवकोटाको लोकप्रियता र त्यसका केही आधारहरू
लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यजगत्का एक महारथी मात्र थिएनन् त्यसबाहेक अझै उनी आफ्नो अद्भूत प्रतिभा, बहुआयामिक चरित्र र बहुपक्षीय योगदानहरूका कारण तत्कालीन नेपाली समाजका एक सुप्रतिष्ठित राष्ट्रिय व्यक्ति अनि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आधुनिक नेपालका एक सम्मानित प्रतिनिधि-पुरुष पनि हुन पुगेका थिए । त्यसैले उनी आफ्नै विधामा मात्र सीमित रहिरहन खोज्ने अन्य निकै स्रष्टाहरूभन्दा अलि फरक श्रेणीमा पर्दछन् ।
अस्तायो भानु
रोगले गाँजेपनि जाँगरले धानेको उहाँको शरीर राजनीतिमा लागेपनि साहित्य र साहित्यिक पत्रकारिताले चिनाएको उहाँको चिनारी सडक कविता क्रान्तिदेखि राजनीतिक क्रान्तिसम्म उत्तिकै सहभागी हुने उहाँको व्यक्तित्वसङ्घर्ष र रोगसँग जुद्धाजुद्धै, कैयौँ योजना र आकाङ्क्षा बुन्दाबुन्दै ८० को उमेरसम छोएको उहाँको जीवनले अन्ततः २०६६ सालको भदौ ४ गते मोती जयन्तीको मध्यरात विश्राम लियो ।
रमेश विकलः ‘शारदा’ देखि ‘शारदा’ सम्म
साहित्यिक बजारमा एउटा मान्यता राख्ने गरिएको छ, कलम बोक्नेहरू सबै लेखक हुँदैनन् र हाम्रै देशको सन्दर्भमा हेर्ने हो भने यो मान्यताले एउटा महफ्वपूर्ण अर्थ बोकेको देखिन्छ । साहित्यिक इतिहास पल्टाउँदा त्यो इतिहासले यसको पुष्टि गर्छ । जस्तो कि, नेपालको जेठो साहित्यिक पत्रिका ‘शारदा’ (स्थापना दर्ता नं. ००१) का पृष्ठहरूमा अंकित थुप्रै नामहरू, जो नेपाली साहित्यको धरोहरका रूपमा रहेका छन्, आफ्ना उत्कृष्ठ लेखनीका कारणले नै ती स्रष्टाहरू स्थापित भएका हुन् ।
