लेखनमा उत्तिकै तागत
सिर्जनाजस्तै सशक्त व्यक्तित्व लिएर अहिले पनि ठमठम हिँडने उहाँलाई देख्दा एउटा सिङ्गो नेपालीको झलक पाइन्छ । ढाकाटोपी र राष्ट्रिय पोशाकको पहिरन त छँदैछ । उमेर अनुसार बृद्धावस्था नदेखिने रातो पिरो अनुहार अनि बोल्दै जाँदा जोशिँदै बोल्न सक्ने तागत छ उहाँमा । अझ ठूलो तागत त उहाँको सिर्जनामा छ । कैयौँ पाठक स्रोताले मुखाग्रभन्नसक्ने कविता रच्न सक्नु कम्ति तागतको कुरो होइन ।

ऋषिप्रसाद लामिछानेको साहित्यिक नाम गोर्खेसाइँलो हो । राष्ट्रिय भावनाले ओतप्रोत भएर गोर्खे र जन्मक्रमले साइँलो नभए पनि ठेट नेपालीपन जनाउने क्रममा साइँलो भएर उनले आफ्नो साहित्यिक उपनाम गोर्खेसाइँलो राखेको हुनु सम्भव छ ।