Skip to content

व्यक्तित्व समीक्षा

लेखनमा उत्तिकै तागत

  • by

सिर्जनाजस्तै सशक्त व्यक्तित्व लिएर अहिले पनि ठमठम हिँडने उहाँलाई देख्दा एउटा सिङ्गो नेपालीको झलक पाइन्छ । ढाकाटोपी र राष्ट्रिय पोशाकको पहिरन त छँदैछ । उमेर अनुसार बृद्धावस्था नदेखिने रातो पिरो अनुहार अनि बोल्दै जाँदा जोशिँदै बोल्न सक्ने तागत छ उहाँमा । अझ ठूलो तागत त उहाँको सिर्जनामा छ । कैयौँ पाठक स्रोताले मुखाग्रभन्नसक्ने कविता रच्न सक्नु कम्ति तागतको कुरो होइन ।

KapilAgyat

‘गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव’

ऋषिप्रसाद लामिछानेको साहित्यिक नाम गोर्खेसाइँलो हो । राष्ट्रिय भावनाले ओतप्रोत भएर गोर्खे र जन्मक्रमले साइँलो नभए पनि ठेट नेपालीपन जनाउने क्रममा साइँलो भएर उनले आफ्नो साहित्यिक उपनाम गोर्खेसाइँलो राखेको हुनु सम्भव छ ।

वि.सं.२००९ भाद्र १० गते सोमबार ऋषिपंचमीको दिन दिनको २ः३० बजे पिता बोधनाथ लामिछाने माता हिमकुमारी लामिछानेको कोखमा पश्चिम १ नं. नुवाकोट चतुराले गा.वि.स.४ थर्पुगाउँमा उनको जन्म भएको हो । हाल उनको बसोबास चितवनको भ.न.पा.४ विशालमार्ग नारायणगढमा पर्दछ । यतिबेला उनी घरको धुरीमा पल्लव साहित्य प्रतिष्ठान को बोर्ठ टागेर तीनपुस्ते बृहद् परिवारका बीच गेट नजिकै शेरजत्रो कुकुर बाधेर मूलद्वार नेरैको एक कक्ष नेपाली भाषासाहित्यका पुस्तकहरूले भरिभराउ गराई तथा भित्ताहरू सहिद र स्रष्टाहरूका तस्वीर एवम् आफ्ना पदक सम्मान र पुरस्कारले सजाएर अतिथि कक्ष एवम् कम्प्युटर कक्षसमेत त्यसैलाई मानी इमेल-इन्टरनेटसमेत जडान गरेर साहित्य-साधनामा रमाइरहेका छन् । साहित्यको सन्दर्भ र प्रसङ्ग लिएर जोकोही उनीसग भलाकुसारी गर्न सक्ने अचेल उनको घर नै एक साहित्यिक चौतारी भएको छ । पूर्व आसाम दार्जीलिङदेखि पश्चिम महाकालीसम्मका नेपाली भाषासाहित्यका अनुरागीहरू उनको घर साहित्यिक मन्दिर सम्झी प्रवेश गरे आफू पुजारी झैँ बनी प्रसाद खुवाउनमा धन्य हुने उनको परिवारसमेत उनको इच्छा आकाङ्क्षा र योजनामा रमाइरहेको देख्न सकिन्छ । साहित्यप्रति यति ठूलो सद्भाव र उदारता अनेत्र कुन व्यापारीका घर-आगनमा देख्न पाइन्छ ।

सामान्यज्ञानका धेरै प्रश्नहरुको एउटै उत्तर

न्यूजिल्यान्डका पर्वतारोही सर एडमन्ड हिलारीले तेञ्जिङ शेर्पासँग संयुक्तरूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकै समयमा एक जना नेपालीले पहिलोपल्ट न्यूजिल्यान्ड भूमि टेकेका मात्र होइन, हिलारीकै घरमा पुगेर कीर्तिमान कायम गरेका छन् । त्यो भाग्यमानी र साहसिक व्यक्ति को हो भन्ने धेरैलाई थाहा नहुन सक्छ तर उहाँले ‘न्यूजिल्यान्डमा पहिलो नेपाली’ भनेर वर्गसाथ किताव नै लेख्नुभएको छ ।

पूर्वका तारा थिए भवानी घिमिरे

  • by

बारीमा मकैका बोटहरू मौलाएर बढेको सानो जङ्गलजस्तो थियो-हाम्रादेखि पल्लोघर । इँटाभट्टा वालाले भाडामा लिएका थिए । भट्टा भने त्यस घरबाट अलिपर आग्नेय कोणमा थियो । मजदुरहरूको कार्यक्षेत्र त्यही भए पनि अर्थमन्त्रालय भुक्तानी तथा कोष तहबिल शाखाझैँ थियो त्यो घर । पछि त्यो इँटाभट्टा भद्रपुरका प्रख्यात साहित्यकार तथा पत्रकार एसएल शर्माले पनि साझेदारीमा केही दिन सञ्चालन गर्नुभयो । मैले उहाँलाई एकपटक हजुरले भट्टाको कारोवार रहरले कि करले ?

अक्षरमा रमाउने कवि अब सम्झना मात्र

  • by

वि.सं. २०६७ जेठ २५, साविकझैं बिहानको भात खाएँ । बाहिर कौशीमा बसी बिहानभरि घुमेर आउँदा किनेर ल्याउने गरेका पत्रिका पल्टाएँ । पहिलो पेज थोत्राबासी र नेताहरूका त्यही राजनीतिक कुरा, त्यही अडान, त्यही ढ्वाङ् ठटाइ, त्यही धम्की, त्यही घुर्की र गन्थनदेखि सबिस्तार हेर्दै जाँदा अन्तिम पेज पल्टाउने बित्तिकै देब्रे कुनाको (भ्रम नहोस् एकताका कुनै दलको मुखपत्रमा एक शीर्ष कविले ‘देब्रे कुना’ नामक कोलम लेख्ने गर्नुहुन्थ्यो) माथि नै एक शीर्षकमा आँखा पर्‍यो- ‘उपेन्द्र रहेनन् ।’

मायालु दाजु कृष्णचन्द्रसिंह प्रधान

  • by

हिमानी पत्रिकाको मुखपृष्ठजस्तो सुन्दर मुहार थियो उहाँको !

मलाई हिमानी पत्रिका निक्कै नै मन पथ्र्यो पढ्न पनि, त्यसभित्र हुन पनि । एकताका कृष्णचन्द्र दाइ त्यो पत्रिका लिएर हिँड्नुहुन्थ्यो । म सधैँ त्यसभित्र हुन रहर गर्थें । एक समयमा त्योभित्र हुनु भनेको नेपाली साहित्यको एउटा कालखण्डभित्र हुनु हुन्थ्यो ।

भानुभक्तमा रहेको लोकतान्त्रिकता

  • by

नेपाली भाषामा रामायण लेखेर भाषिक, साहित्यिक र केही हदसम्म सांस्कृतिक हिसाबले पनि नेपाललाई एकीकरण गर्न सकेका भानुको देन राष्ट्रियताका सन्दर्भमा उच्च दर्जाको मानिइआएको छ। भानुभक्तलाई हेर्ने अर्को व्यावहारिक पाटो पनि छ। उनी पण्डित थिए, असल वन्धुवान्धव थिए, खेताला-गोठाला थिए र थिए गाउँघरमा परअाउने व्यवहारका सहजकर्ता।

कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला

  • by

अखबार पढ्ने र साहित्यमा रुचि राख्नेहरूले सबैभन्दा बढी रुचाउने मध्येका लेखक खगेन्द्र संग्रौला जन्मिदा (२००३) देशमा जहानियाँ राणा शासनले रातको अन्तिम प्रहर काटिरहेको थियो । सारा देशलाई अन्धकारमा राखेर आफ्नो सत्ता सुरक्षित गरिरहेका तानाशाहको शासन कालमा मानिसहरूका लागि बाँच्नु नै सबै थोक थियो ।

यथार्थवादी गजलसङ्ग्रह

  • by

नेपाली साहित्यमा डेढदशक यता गजल विधाले हस्तक्षेप गर्दै आइरहेको छ । लोकप्रियताको शिखरमा रहेको यस विधाका सयौँ कृतिहरू प्रकाशित हुँदै आइरहेका छन् । सभा-गोष्ठीहरूमा गजलकै बाहुल्य प्रष्ट देखिन्छ । नयाँ-पुराना सबै स्रष्टाहरूलाई यसले आफूतिर अत्यधिक आकर्षित गरिरहेको छ । गजल विषयक ग्रन्थहरू पनि धमाधम प्रकाशनमा आइरहेका छन् ।

सुन्दर कविताहरूको सँगालो

  • by

नवराज सुब्बा नेपाली साहित्यमा कवि र निबन्धकारका रूपमा परिचित नाम हो । ‘जीवन मेरो शब्दकोशमा’ (कवितासङ्ग्रह २०६३) र ‘मनको मझेरी’ (निबन्धसङ्ग्रह-२०६४) प्रकाशन गरेर साहित्यिक जगत्मा पृथक् पहिचान र प्रभाव देखाउन सफल नवराज सुब्बाले ‘बीच बाटोमा ब्यूँझेर’ (कवितासङ्ग्रह-२०६५) पाठकसमक्ष पस्केका छन् ।

नेपाली राजनीतिक कथाहरू: लोककथाको महत्त्वपूर्ण कृति

  • by

कथा आजको अत्यन्तै लोकप्रिय विधा हो । कथामा धेरै प्रयोगहरू पनि भएका छन् । आजको सर्वाधिक चर्चा र आकर्षणको विषय राजनीति हो । राजनीतिकै कारण देश र जनताले दुःख पाएको अवस्थामा राजनीति विशेष चासोको विषय हुँदोरहेछ । चासोकै कारण यी विभिन्न समय खण्डमा साहित्यकारहरूले राजनीतिलाई आफ्नो साहित्यिक कृतिहरूमा सम्बोधन गर्दै आएका छन् । कवितामा मात्र होइन गद्याख्यानमा पनि राजनीतिले यथेष्ट सम्बोधन पाएको छ । कथामा त अझ विशेष रूपमै राजनीति सम्बोधित छ ।

जताततै एस.पी. र सिंहदरबारमा शङ्कर सर

  • by

‘सिम्प्ली पास्ड’ को ट्यागमा लघुताभास गर्दै ‘एस.पी.’ हुनुभएको होइन उहाँ ।न त शङ्करप्रसादको पुरातन आग्रहले खुम्चिएर आधुनिक संस्करणमा भयङ्कर कवि ठहरिन नै उहाँले आफूलाई ‘एस्पी’ को स्वरूपमा उभ्याउनुभएको हो । त्यसैले उहाँलाई बुझ्दै जाँदा र खोतल्दै गर्दा ‘सक्सेस एण्ड पपुलारिटी’ को स्वरूपमा उहाँ ‘एस्पी’ भएझैँ देखिनुहुन्छ । अथवा यसो भनौ सफलताको प्रतीकमा उहाँले शङ्करप्रसादलाई एस.पी. बनाए झैँ लाग्छ ।

नयराज पन्तको सम्झना

  • by

नेपाली गणित वाङ्मयको क्षेत्रका वरद् पुत्र नयराज पन्त वि.सं. १९७० श्रावण २६ गते आइतवारका दिन पिता कृष्णदत्त पन्त र माता यज्ञपि्रयाको कोखबाट जन्मनु भएको थियो । उहाँ वि.सं. १९९६ देखि अनवरत रूपमा क्रियाशील भएर आफ्नो अन्तिम अवस्था २०५९ कार्तिक १८ सम्म नै शिक्षाको क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँ आफ्नो सम्पूर्ण जीवन शिक्षाको विकास, उन्नयन, प्रगति र नेपाली इतिहासको खोजी, शुद्धिकरण तथा संशोधनमा नै व्यतीत गर्नु भएको थियो । विभिन्न विद्वानहरूका कृतिबाटै प्रष्ट्याइनु भएका नयराज पन्त नेपालका मात्र नभई विश्वकै एक अद्वितीय अन्वेषक, वैज्ञानिक, ज्योतिष तथा पञ्चाङ्गवेत्ता हुनुहुन्छ ।

‘सामन्तवादका पृष्ठपोषक’ होइनन् आदिकवि

  • by

२०६५ माघ २५ गते शनिबारको एक पत्रिकामा एउटा संवाद छापिएको थियो । मझपाताभरि वारपार ठूला अक्षरमा लेखिएको थियो- ‘आदिकवि होइन रामभक्त कवि’ लेखकले ‘सामन्तवादका पृष्ठपोषक कवि’ का बारेमा बनाएका अक्षरमा माधुर्य थियो तर विचारदाताका विचार काँचो हलुवाबेदजस्तो टर्रो थियो, त्यहाँ कुनै गहनता थिएन, गम्भीरता थिएन, तर्क थिएन ।

स्मृति विम्बमा कवि कैलाश भण्डारी

  • by

पशुपतिको देवपत्तनमा वि.सं. २०१६ मङ्सिर १९ गते जन्मनु भएका कवि कैलाश भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा दिनु भएको योगदान अविस्मरणीय रहेको छ । जीवनको अन्तिम घडीसम्म पनि कवि भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको विकासमा एकसाथ आफूलाई समर्पित गरिरहनु भयो ।

सम र उनको ‘आगो र पानी’

  • by

बालकृष्ण सम (वि.सं.१९५९- २०३८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले नेपाली कवितामा नयाँ विचार र दर्शनबाट मानव इतिहासको व्याख्या गरेका छन् । समले नेपाली साहित्यको नाटक विधामा सगरमाथाको शिखर चुमेका छन्, त्यसका अतिरिक्त उनका कथा, कविता, निबन्ध पनि बेजोड मानिन्छ । कलम र कुची दुवैमा सम बेजोड मानिने समको आफ्नै शैली र शिल्प परिष्कृत छ । आफ्नो सात दशकलामो साहित्यिक साधनाको यात्रामा उनी अविच्छिन्न बग्ने महानदी हुन् । उनका पद्य र गद्य नाटक, कविता,कथा, निबन्ध, खण्डकाव्य ‘आगो र पानी’ र महाकाव्य ‘चिसो चूल्हो’ का प्रवृत्तिका भावभूमिमा समका समग्र प्रवृत्तिलाई केलाइकुलाई गर्न सकिन्छ ।

महाकवि अझै अनुसन्धान बाँकी

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटानै त्यस्ता साहित्यिक युगपुरुष हुन् जसका परिचय दिँदा राष्ट्रले गौरव अनुभव गर्छ । उनी राष्ट्रको आलोक हुन्, नेपाली साहित्य इतिहासका सुनौला पृष्ठ हुन् । ती गौरवशाली व्यक्तिलाई समयमै राष्ट्रले चिन्न नसकेको तितो यथार्थ भने नेपाली समाज र साहित्य प्रेमीहरूलाई सदैव विझाइरहने कुरा हो । उनको विलक्षण प्रतिभालाई कम आँक्ने हिम्मत कसैमा थिएन, त्यसैले उनी कदरका पात्र भए । राज्यले उनलाई जुनप्रकारको सहयोग पुर्‍याउनुपर्दथ्यो र सम्मान प्रकट गर्नुपर्दथ्यो त्यो चाहिँ गर्नसकेन । दुःख र विडम्बनाको कुरा त्यही नै हो ।

कृष्णचन्द्रसिंह अवज्ञाको देउराली

  • by

कवि राजवकी छोरीको बिहे भोजमा थिएँ म, वसुन्धरामा । भोजमा बाक्लै थिए बहुउमेर, बहुविधा र बहुविचारका लेखक-कविहरू । नीलगगनबाट चट्याङ परेझैँ खबर आयो ः कृष्णचन्द्रसिंह प्रधान इहलोकमा अब रहेनन् । भोजको वातावरणमा अनायास गाढा उदासी छायो । पाको उमेरका प्रधान यो सुन्दर संसारबाट बिदै हुने गरी थला परेको सुराकी मैले पाएको थिइनँ ।

बादलले ढाकेको त्यो शिखर

  • by

कृष्णचन्द्रसिंह प्रधानको देहावसानले साहित्य जगत्मा ठूलो रिक्तता उत्पन्न गरेको छ । उहाँको अन्त्यकाल अप्रत्याशित भएकाले हामी चल्दाचल्दै अचानक रोकिएजस्ता भएका छौँ । उहाँको जीवनकालमा गर्ने भनी थालिएका तीनवटा ठूलाठूला कर्म थिए । त्यसो त ती कर्मको सोच र तयारी अघिदेखि नै भएको थियो । असार ९ गते तिनीहरूको अन्तिम स्वरूप खिचेका थियौँ- पुस्तुनजी, उहाँ र म धेरै बसेर छुटेका थियौँ ।

गयो, ठूलो पहिरो गयो

  • by

असारको अन्तिम साता झरी पानीले पहिरो जाने बेलैको कुरो हो । अविरल वर्षाले राजमार्गहरूमा पहिरो गएको, जनधनको क्षति भएको समाचार आउन पनि पाएको थिएन, साहित्यिक क्षेत्रमा ठूलो पहिरो गयो । निबन्ध जगत्का एउटा धरोहर, समालोचना क्षेत्रका एउटा स्तम्भ ढलेको सुन्दा धेरैको मनबाट अनायाशै आएको हुनुपर्छ -“लौ नेपाली निबन्ध साहित्यमा ठूलै पहिरो गयो ।” धेरैको मनमा गहिरो पीडा बोकाएर जानुभयो, पहिरो आउनेगरी नै जानुभयो उहाँ २०६७ सालको असार १७ गते ।