Skip to content

व्यक्तित्व समीक्षा

क्लिष्ट कविता, सरल व्यक्तित्व

  • by

टक्क इस्त्री लगाएको कालो सुट, पोलिस गरेको टलक्क टल्कने कालो जुत्ता, सुन्दर ढंगले बनाएको कालो कपाल, पातलो कालो फ्रेम भएको चस्मा, सेतो सर्ट, घाँटीमा धर्के टाई र दाइने हातमा सल्किरहेको चुरोट, अंग्रेजी मात्र बोल्न मन पराउने, यस्तो थियो कवि मोहन कोइरालाका कविताहरू पढेर उहाँलाई नभेट्दै मैले आफ्नो मनमा बनाएको उहाँको तस्बिर ।
सायद म काठमाडौँमा टी एस इलियटको अर्को रूप हेर्न चाहन्थेँ ।

हाइकुमा समर्पित

  • by

हाइकुको देश जापानमा एक जना नेपाली कविले हाइकुको खेती सुरु गरेको सुन्दा अचम्म लाग्यो । चासो रहिरहदाँ गजलकार कृसु छेत्रीसँग अनलाइनमा भेटभयो । जापान घुमेर आएका गजलकार छेत्रीले मेरो कौतुहलता मेट्ने कोसिस गर्दै भने- चितवनका प्रकाश पौडेल ‘माइला’ ले जापानमा हाइकु सिर्जना र प्रकाशनमा मरिमेटेका रहेछन् । उनी आजकल जापानका टोकियो, योकोहामा, ओसाकालगायतका सहरहरूमा विभिन्न साहित्य सत्संगहरू आयोजना गर्न र विशेष गरी हाइकु सिर्जनाको अभियानमै जुटेका रहेछन् ।

डेनमार्कका नेपालविद् हायन्स जोर्गेन्सन्

  • by

जिन्दगीमा हिमाली भूमि नेपालमा कहिल्यै नआई तथा कुनै पनि नेवारसँग प्रत्यक्ष भेटघाट नै नगरी जर्मनको लोकसाहित्य सङ्ग्रहालय तथा अक्सफोर्ड विश्वविद्यालयको राजकीय पुस्तकालयमा उपलब्ध नेपालभाषाका पाण्डुलिपिहरूको स्वतन्त्र अध्ययन गरी बीसौँ शदीको मध्यभागतिर युरोप महादेशमा नेपालभाषाको प्रचार प्रसारमा महìवपूर्ण योगदान दिनेहरूमा एकजना प्रमुख हुनुहुन्छ- डेनमार्कका डा. हायन्स जोर्गेन्सन । उक्त काममा उहाँले निर्वाह गर्नुभएको महìवपूर्ण भूमिकालाई ध्यानमा राखेर नै उहाँलाई नेपालविद् भनिएको हो ।

मनको उज्यालामा तरंगीत सङ्गीतयात्रा

  • by

संसार कस्तो छ भौतिक आँखाले उनले देखेका छैनन् । मनको आँखाले भने उनी यो जीवनलाई गीत-सङ्गीत जस्तै अनुपम ठान्छन् । बाहिरी संसार अँध्यारो भए पनि भित्री संसार भने उनका लागि उज्यालो छ । उनी अर्थात् दृष्टिविहीन गायक कृष्णभक्त राई सङ्गीतका बेजोड शिल्पी हुन् । २०५२ सालदेखि नेपाली सङ्गीतको क्षेत्रमा निरन्तर समर्पित कृष्णभक्तलेे छ सय गीतमा स्वर र दुई सय गीतमा सङ्गीत दिएका छन् ।

महाकविको योगदान र समको कविता

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली समाजले एक महान् स्रष्टा एवं एक सिर्जनशील व्यक्तित्वको रूपमा सधैँ सम्मान गरिरहने छ । नेपाली साहित्यिक आन्दोलनका एक प्रणेताको रूपमा सधैँ सम्भ्िfmरहने छ । उहाँ आफूसित एउटा सशक्त कम्पन र एउटा नयाँ हलचल लिएर आउनु भएको थियो । त्यसले नेपाली साहित्य, नेपाली भाषा र संस्कृतिमा नयाँ गति प्रदान गर्‍यो । उहाँको पद्य र गद्य रचनाहरूको भावभूमि, शैली र विचार- यी सबैले नेपाली साहित्यलाई नयाँ युगमा प्रवेश गरायो ।

आदिगायक तथा सङ्गीतकार सेतुराम प्रधान

  • by

आदिगायक सेतुराम प्रधान संवत् १९४० सालमा काठमाडौँको असन कमलाक्षीमा जन्मेका थिए । कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये सेतुराम कान्छा छोरा थिए ।

सेतुराम बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे । उनी आˆना बाबु कृष्णधर प्रधानको पछि लागेर कहीँ कतै पुग्दा हार्मोनियम भेटे भने त्यहीँ पनि पलेँटी कसेर बजाउन थालिहाल्थे र गीतमा आफूलाई डुबाउँथे ।

मृत्युभन्दा पनि पर पुग्नु भएको छ शशि

  • by

६ दशकको उमेर पनि छुन पाउनु भएन वासुशशिले झण्डै दुई दर्जन कृति छाडेर वि. स. २०४९ सालको चैत ४ गते उहाँको निधन भयो । बाँचुञ्जेलको समय विविध क्षेत्रमा लगाएर सक्रिय जीवन बाँच्ने वासुशशि अन्तत उहाँले भने जस्तो उहाँका पाठकहरूले उहाँका रचना कृति मार्फत उहाँलाई सझिरहेका छन् ।

चराहरुको चिरवीर र मोहन कोइरालाको मोह

  • by

नेपाली संस्कृति सिमसार प्रधान हो । यो देशमा धेरै नदीनाला भएकोले यहाँ सिमसारको सङ्ख्या असङ्ख्य छ । यो निर्जीव, निष्प्राण होइन, सजीव र सप्रमाण हो किनभने यसमा तीन तìवहरूको सम्मिश्रण हुन्छ । यी तीन तìव हुन् – जल, जमिन र जीव । सिमसारका राजदूत मोहन कोइराला आज सशरीर, सप्रण र सजीवरूपमा हामीबीच हुनुहुन्न । उहाँ यस्तो देशमा गइसक्नुभएको छ जहाँ जान राहदानी र प्रवेशाज्ञा आवश्यक पर्दैन ।

बिर्सनै नसकिने स्रष्टा भीमनिधि तिवारी

  • by

उमेर गणना गर्ने हो भने भीमनिधि तिवारी धेरै बाँच्नु भएन । १९६८ सालको फागुन ३० गते काठमाडौँको डिल्लीबजारमा जन्मिनु भएका तिवारीको २०३० सालको जेठ १९ गते निधन भयो । विषाक्त रक्तरोगको उपचार गर्न नपाएर ६२ वर्षको उमेरमै उहाँको निधन भयो । साहित्य साधना र सिर्जनामा जीवनको चार दशक बिताउनुभएका भीमनिधि तिवारी जस्ता स्रष्टाले उपचारमा समेत यो मुलुकले ध्यान नदिएको उदाहरण बन्नुभयो उहाँ । बाँचुञ्जेलको जीवनलाई सक्रिय र सिर्जनशील भएर बाँच्नुपर्छ, आˆनो भाषा र साहित्यका लागि सक्दो गर्नुपर्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेर जानुभयो भीमनिधि तिवारीले धेरै कृति लेख्ने र छपाउने स्रष्टाको रूपमा आफूलाई चिनाउने उहाँले हात नहालेको विधा पाउनै गाह्रो पर्छ ।

माछी मारन हे..नेपाली गायनकी बेपत्ता हीरा

  • by

विश्वव्यापारीकरण र उपभोक्तावादले नबोल्नेको चामलभन्दा बोल्नेकै पीठोको व्यापार चम्काएको छ । गाउन जान्ने तर हाइ ! हलो ! गर्दै सङ्गीतकारका घरमा धाउन नजान्नेहरू अन्ततः ‘कुवेर राई’ को संस्करण बन्न बाध्य छन् । कतिले बुझ्छन् गीतको गहीराइ, सङ्गीतको मर्म र स्वरको सरगम । त्यही धाउन जान्नेहरूको भीडमा हराएकी एउटी गाउन जान्ने गायिका हुन्-हीरादेवी राई ।

बीपी कोइराला र राजा वीरेन्द्र

२०३४ साल जेठको तेस्रो हप्तातिर तत्कालीन वागमती अञ्चलाधीशको कार्यालयबाट बीपी कोइरालाको स्वास्थ्य परीक्षण गर्न जानु भनी मलाई फोन आयो । भोलिपल्ट दिनको १२ बजेतिर म बीपीलाई हिरासतमा राखेको ठाउँ, प्रहरी तालिम केन्द्र महाराजगन्ज पुगेँ । त्यहाँ पुग्दा थाहा भयो कि बीपीले नै बोलाउनुभएको रहेछ । आफ्नो मुटु धड्कँदा बीच-बीचमा रोकिने भएकोले मुटुको रोग लागेको आशंका बीपीलाई भएछ ।

बर्खान्तको बेला डेरिडाको सम्झना

  • by

आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । यसबेला हामीलाई उनको सम्झनाले सताउनु स्वाभाविक लाग्दछ किनभने तिनै मूल्यहरूको अभावले जगत जर्जर हुँदैछ ।

आधुनिक कथासर्जक मैनाली र कथादिवस

  • by

“आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो, जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ” अर्थात् कथाकार गुरूप्रसाद मैनालीको यी सुन्दर अभिव्यक्तिहरू आजभन्दा बहत्तर वर्ष पहिले नासो कथाको माध्यमद्वारा नेपाली समाज र साहित्यका पाठकसामु सार्वजनिक भएका हुन् । ऐतिहासिक साहित्यिक पत्रिका शारदामा संवत् १९९२ सालमा ‘नासो’ शीर्षकको कथा प्रकाशित भएपछि मैनालीको साहित्ययात्रा प्रारम्भ भएको हो ।

नेपाली नाट्य इतिहासमा बालकृष्ण सम

  • by

नाट्य सम्राट बालकृष्णसमका बाजे जनरल डम्बर शमशेरको ज्ञानेश्वरमा रोमानी ढड्ढमा बनेको पाँच तले भव्य महल थियो । त्यस महलको केही अंश आज पनि रहेको छ । त्यसै पाँच तले भव्य महलको एउटा कोठामा नाट्य सम्राट बालकृष्ण समको वि.सं. १९५९ साल माघ २४ गते शुक्रवारका दिन राति जन्म भयो ।

उमेर गए पनि तरुनै !

  • by

ट्रयाक सुट लगाएर दौड्ने हो भने ८९ वर्ष टेक्न लाग्नुभएका यी वयोवृद्ध साधक कुनै खेलाडीभन्दा कम फुर्तिलो देखिनु हुन्न । ललितपुरको बखुम्बहालदेखि काठमाडौँको इटुमबहालसम्म म्याराथन गर्ने हो र उहाँलाई सहभागी गराउने हो भने पक्कै पनि उहाँले दौड पूरा गर्नुहुन्छ । साधा जीवन उच्च विचारको उदाहरण खोज्नुपर्‍यो भने उहाँलाई अघि सर्दा नि हुन्छ । अध्ययन, लेखनमा मात्र संस्कृतिलाई बोक्ने होइनकी पहिरन, बसाइका समेत संस्कृतिलाई उत्तिकै ख्याल राख्ने सत्यमोहन जोशी यतिखेर ८९ वर्षको शिखर आरोहण गर्ने क्रममा हुनुुहुन्छ ।

शंकर लामिछानेको सम्झना

  • by

आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा ‘चेतनप्रवाह शैली’ -स्टि्रम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी ।

जोशीको जंकु अर्थात् बूढो पास्नी

  • by

राजधानीमा आयोजित एक कार्यक्रममा सत्यमोहन जोशी कार्यपत्र प्रस्तोता थिए । जोशीलाई दर्शकदीर्घाबाट दह्रै प्रश्न आएछ- ‘तपाई भन्न सक्नुहुन्छ, बुद्धको सबैभन्दा पुरानो मूर्ति कहाँ छ ?’ हाम्रालागि सामान्य लाग्न सक्छ तर जोशीका लागि निकै गम्भीर प्रश्न थियो त्यो । उनी संकटमा परे । आखिर उनले चलाखपूर्ण उत्तर दिए । भने- ‘उत्तर नदिउँ भने संस्कृतिविद् भइखाको यति पनि थाहा रहेनछ भन्नुहोला । यहाँ छ भनेर उत्तर दिउँ भने भोलि मूर्ति हराउँछ ।’ आजसम्म उनले यसको उत्तर कसैलाई दिएका छैनन् । यही कुरा उनको जीवनमा ठूलो शिक्षा बनेको छ । थाहा छ वा जान्दछु भनेर जहाँ पायो त्यहीँ प्वाक्क बोल्नु घातक पनि हुन सक्छ ।

रमेश विकलः कथादेखि कथासम्म

  • by

अनौठो संयोग मान्नुपर्छ विकलको पहिलो र अन्तिम दुवै सिर्जना कथा नै बन्न पुगे। २००५ सालमा हस्तलिखित मासिक पत्रिका ‘सन्देश’बाट सुरुभएको उहाँको साहित्यिक जीवन र २००६ साल चैत महिनाको शारदामा प्रकाशित “गरिब” कथाबाट प्रारम्भ भएको कथाकार विकलको व्यक्तित्व मधुपर्कको यही अङ्कमा प्रकाशित लामो कथा “किराँत प्रदेशको दुर्दान्त शिकारी”बाटै विश्रान्तिमा लीन हुन पुग्यो । उहाँको अन्तिम हरफ अस्पताल जानुअघि लेखिएका आत्मवृत्तान्तका तिनै तीन पृष्ठ हुन पुगे पनि अन्तिम पूर्ण सिर्जना चाहिँ मधुपर्कको यही कथा बन्नपुग्यो ।

प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा

  • by

नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि विमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी जनवादी शिविरका सौन्दर्यमूल्यमा अनेक मान्छेको सरोकार व्यक्त गर्छन् । राजनीतिक दल, पेशागत समुदाय र व्यक्तिहरूको इमानदार प्रयासप्रति कवि सक्रिय ऐक्यबद्धता जनाउँछन् भने विकृतिविरुद्ध पूरै शक्तिले आक्रमण गर्छन् ।