Skip to content

व्यक्तित्व समीक्षा

अविस्मरणीय व्यक्तित्व मोतीराम

  • by

नेपाली भाषाको श्रीवृद्धिमा मोतीराम भट्टको महत्त्वपूर्ण योगदान छ । तीस वर्षको कलिलो उमेरमा बिते पनि नेपाली साहित्यमा बहुप्रतिभाशाली व्यक्तिको रूपमा यिनको स्मरण गरिन्छ । छोटोे उमेरमा मोतीरामले नेपाली भाषाप्रति लगाएको गुन ज्यादै अतुलनीय छ । नेपाली भाषालाई छापेर विश्ववाङ्मयमा पुर्‍याउने, आदिकवि भानुभक्तको खोजी गरेर उनलाई नेपालीमाझ चिनाउने, गजललाई नेपालमा भित्र्याउने एवं नेपाली पत्रकारिताको थालनी गर्ने बहुप्रतिभाशाली व्यक्तिका रूपमा उनको नाम नेपाली साहित्य आकाशमा चम्किरहेको छ ।

साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैपर्व

  • by

नेपाली साहित्यिक क्षेत्रमा भएका माथि उल्लिखित आन्दोलनहरूलाई नियाल्दा नेपाली साहित्यिक आन्दोलनमा कतिपय लेखकले सम्झनासम्म पनि नगरेको तर बिर्सनै नहुने अर्को एउटा साहित्यिक आन्दोलनको नाम हो- मकैपर्व । विक्रम संवत् १९७७ सालमा श्री ३ चन्द्रशमशेरका पालामा कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले छपाएको कृषि शिक्षावली ‘मकैको खेती’ नामक पुस्तकलाई लिएर उठेको काण्डलाई नै ‘मकैपर्व’ भनिन्छ ।

देवकोटा दृष्टिको विश्वशक्ति

विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक र बौद्धिक विविध दृष्टिले सर्वमान्य व्यक्तिसत्ताको महत्ता विश्लेषण गर्न मिल्छ तथा तिनलाई गौरवशाली पुरुषको दर्जा दिन सकिन्छ ।

कवि शिरोमणिको भविष्यवाणी नै ठीक

  • by

वि.सं. २०४२ सालमा ‘व्यथा’ (साहित्यिक त्रैमासिक) को कविवर भरतराज पन्त विशेषाङ्कभन्दा २०६६ मा प्रकाशित कविवर भरतराज पन्त स्मृतिग्रन्थ आकारले निकै मोटो छ र यसमा लेख्नेहरू पनि निकै छन् ।

मनभित्र देवकोटा छचल्किँदा

  • by

छपन्न वर्ष लामो कालखण्ड । सिङ्गो एउटा मान्छेको जीवनभित्र । मान्छे उभ्याउने डोबहरूसित । छचल्किरहेथे । अनिदि्रत तन्द्रासित मानो मन एक सागर । न प्रकार एउटा सिङ्गो आकाश । जसको न लम्बाइ । न चौडाइ । न उचाइ । न गहिराइ । न आकार । न प्रकार । शून्यमा शून्यसरी बिलाउने मानिस । शून्यमा शून्य जस्तै आकाश । न यसको छ ब्यास । न कुनै प्यास । छिल्लिन खोज्यो छिल्लिन्न । यो हर्मन हेसले अपन शङ्कर लामिछानेको प्याज माथिको अमूर्त चिन्तनभन्दा भिन्न । हर्मन हेसले मान्छेलाई प्याजसित तुलना गरे ।

आदिकवि भानुभक्तको सम्मानमा कन्जुस्याइँ किन ?

  • by

ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृतशिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताका सूत्रमा उन्न नेपालीभाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान हो । कारावासमा बस्दा समेत अटुटरूपमा काव्यसाधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सीमित गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपालीभाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो । यसर्थ राष्ट्रले दिएको ‘आदिकवि’को उपाधि पनि अपुग हुनजान्छ परन्तु देशव्यापी रूपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ ।

वासु शशीका नाटक

  • by

वासु शशी (वि.सं. १९९३-२०४९, जय बागेश्वरी, काठमाडौँ) बहुमुखी प्रतिभासम्पन्न विशिष्ट स्रष्टा हुन् । उनी कवि, गीतकार, उपन्यासका अनुवादक र नाटककारका रूपमा देखिएका छन् । नेपाल भाषा र नेपाली भाषा दुवैमा रचनात्मक योगदान दिने शशीले पद्मोदय हाई स्कुलमा ८-९ कक्षामा पढ्दै गर्दा वि.सं. २००७-००८ देखि कविता लेख्न थालेका हुन् भने त्यतिखेरैदेखि नाटक पनि लेख्न थालेका छन् । उनले कविता नेपालीबाट र नाटक नेपाल भाषाबाट लेख्न थालेको थाहा पाइन्छ ।

तारिणीप्रसाद कोइरालाका क्रान्ति-कथाहरू

  • by

परिचय तथा प्रवृत्ति- वि.सं. १९७९ वैशाख १८ गते एक होनहार पुत्रको जन्म नेपालमा भयो, ती व्यक्तित्व हुन्- तारिणीप्रसाद कोइराला । उनी आधुनिक नेपाली कथाका क्षेत्रमा विजय मल्ल र भवानी भिक्षुको हाराहारीमा देखिएका मनोवैज्ञानिक कथाकारका रूपमा परिचित छन् । वी.पी. कोइरालाले कथाका क्षेत्रमा सर्वप्रथम भित्र्याएको मनोविज्ञानलाई विजय र भिक्षुले मात्र अनुकरण गरेनन् यसका अनुशीलनकर्ता तारिणीप्रसाद पनि भए । वी.पी. बाटै प्राप्त यौनवादलाई भिक्षुले उच्छृङ््खल बनाउन चाहेनन् भने तारिणीले चाहिँ आफ्नै दाजुको बिंडो थामेर यस धारालाई स्पष्ट वा छर्लङ्गै पार्ने जमर्को गरेको पाइन्छ- उनका कृतिहरूका अध्यात्मबाट ।

सजायँको डरले ‘गोठाले’ बनाइएँ

  • by

साँच्चै भन्ने हो भने म अहिले बाँच्न सङ्घर्ष गरिरहेको छु । ८८ वर्षको उमेर टेक्नै लागेको त्यसमा पनि अनेकौँ समस्या र रोगले मेरो जीवन सङ्घर्षमा बितिरहेको छ । जीवनभर साथ दिने श्रीमतीको ६ महिनाअघि निधन भयो र आफ्नै काखमा हुर्केको छोरो रमेशको ६५ वर्षको उमेरमा ४ महिनाअघि निधन भएपछि अचेल म बढी पीडित बन्न पुगेको छु ।

भवानी भिक्षुः शतवाषिर्की विशेष ‘नेपालको छोरा, म कसरी अनेपाली’

  • by

भवानी भिक्षुको जन्म वि.सं.१९६६ साल जेठ २१ गते बृहस्पतिवार भएको हो । पश्चिम नेपालले दुईवटा सुपुत्र जन्माउने सौभाग्य प्राप्त गरेको छ । एउटा गौतम बुद्ध जसलाई ‘एसियाको प्रकाश’ भनिन्छ र जसमाथि नेपालले मात्र होइन विश्वले नै गर्व गर्न थालेको छ । हाम्रो देश नेपाल गौरवान्वित भएको छ, सम्मानित भएको छ र लाभान्वित भएको छ । हाम्रो शिर सगरमाथाभन्दा पनि बढी उचो भएको छ, उन्नत भएको छ । अर्को सुपुत्र भवानी भिक्षु हुन जसमाथि नेपाली वाङ्मय गौरव गर्दछ ।

स्त्री मोह, डी.पी. भण्डारी र रोटीको जोहो

  • by

डोटीको निरौलीमा वि.सं. १९९३ मा जन्मेर काठमाडौँमा स्थायी बसोबास गर्ने दुर्गाप्रसाद डी.पी. भण्डारीका नामले नेपाली निबन्ध क्षेत्रमा परिचित छन् । त्रिभुवन श्विविद्यालयमा लामो समयसम्म अङ्ग्रेजी साहित्यको प्राध्यापन गरेपछि अहिले उनी अवकाशप्राप्त जीवन व्यतीत गर्दैछन् । लेखनकार्यमा सक्रिय उनको मृगस्थली (२०५७), नीरो बाँसुरी बजाइरहेछ (२०६०) र रोटी र फूल (२०६३) तीन निबन्धसङग्रहले समकालीन विषयहरूको बौद्धिक विश्लेषण गरेको छ ।

लामखुट्टेलाई टोकाउनुभन्दा रातभरि कविता लेख्थेँ

  • by

राष्ट्रकवि माधव घिमिरेको जीवन कठिन सङ्घर्षको कथा हो । ९० वर्षअघि लम्जुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको ८८ वर्ष सङ्घर्षमा बितेको छ । नेपाली काव्य र यसका पाठकलाई कहिल्यै नबिर्सने अद्वितीय र कालजयी छन्दोवद्ध रचना उपहार दिन सफल राष्ट्रकवि अन्ततः नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसम्म हुनुभयो । जुन उहाँको गुप्ततवरको योगसाधना, त्याग, समर्पण, इमान्दारीता, सङ्घर्ष र दुखलाई सहजै टेक्नसक्ने क्षमता नै हो दुःख ।

दौड र परिक्रममा पछि

  • by

लेखनको मापदण्ड लेखनसँगै गाँसिन्छ कि अर्थोकसँग गाँसिन्छ । प्रश्नै गर्न नपर्ने कुरो हो यो । लेखनको माध्यमबाटभन्दा अर्कोकबाट चर्चित र वरिष्ठ हुनेहरूको स्रष्टालाई । लेखनलाई धर्म र कर्म माने पनि धर्म र कर्मको मर्म नबुझ्नेहरूले गर्दा सत्यसत्य भन्नैपर्छ- ‘लेखन’ लेखनका माध्यमबाट मात्र चर्चामा आउँदोरहेनछ । लेखनलाई धर्म र कर्म बनाएर निरन्तर ५० वर्षदेखि साधानारत मोहनराज शर्मा पनि सहजै भनिदिनुहुन्छ-“लेखन त एकतर्फी मात्र भयो, त्यसलाई जोड्ने काम त सञ्चार जगत्ले नै गर्छ ।”

स्मृतिमा इश्वरदाइ

  • by

जटिल जिन्दगीको अभिशप्त समय । त्यही समयको एउटा नायक हुनुहुन्थ्यो ईश्वरबल्लभ । कठिनाइहरू फुकाउन खोज्दाखोज्दै कठीन बन्थ्यो शैली र हाडे ओखर फोरेर गुदी खाँदाको सुस्वाद्य लेखकीयले अविस्मरणीय बनाउँदै लगेको बेग्लै परिचय बन्यो उहाँको । आयामेली आन्दोलनले प्रतिनिधित्व गरेको उहाँको व्यक्तित्वलाई तेस्रो आयामकै सन्दर्भमा विश्वविद्यालयमा अध्ययन-अध्यापन र बुझ्ने-बुझाउने कोसिस गरियो । इन्द्रबहादुर राईबाहेक वैरागी काइँला र उहाँलाई यदाकदा साहित्यिक कार्यक्रमहरूमा अलि परैबाट देख्दै आएकी थिएँ- २०४६ सालपछि जब म यो सहरमा भित्रिएँ । अक्सर लाग्ने गथ्र्यो- “तीनै जना प्रतिनिधिहरूलाई एकसाथ भेट्न पाए पनि हुने ।”

गोपाल हुँदा हुन् त !

  • by

गोपाल योञ्जन बितेको १३ वर्ष लागेछ । आजीवन नेपाली संगीतका नयाँनयाँ मोड र घुम्तीहरूको चिन्तनमा उनले सिर्जना गरेका आधुनिक संगीत र राष्ट्रिय गीतले उनलाई आज पनि सम्झाइरहन्छ ।
उनका सदाबहार संगीत सुनेर सम्मोहित नहुने पुस्ता छैन । आजको पुस्ता पनि उनको सिर्जनासँग पराजित छ । तर, गोपाल योञ्जन भन्ने व्यक्तिलाई चाहिँ आजको व्यस्तताले भुल्दैछ कि भन्ने अनुभव हुन थालेको छ ।

सिंगो आकाशको अर्थ

  • by

“मैले सिंगो आकाश कहिल्यै पनि देख्न पाइनँ,” केही दिनअघि गीतकार तथा संगीतकार भीम विरागले कुरैकुरामा भन्नुभएको यो वाक्यले भित्रैसम्म नराम्ररी हल्लाइदियो । कुरा भाग लगाएर बेचेको खसीको मासुबाट सुरु भएको थियो । केही दिनअघि भीम विराग दाइलाई भेट्न गएका बेला निस्केको प्रसंग हो यो । उहाँलाई खसीको मासु मन पर्छ भन्ने थाहा भएकाले कुरैकुरामा मैले आफ्नो घरछेउमा भाग लगाएर बेच्ने खसीको मासुको प्रसंग कोट्याएको थिएँ ।

भरतराज पन्त सम्झना र श्रद्धाञ्जली

  • by

नेपाली कविता साहित्यका क्षेत्रमा भरतराज पन्तलाई एउटा अद्वितीय प्रतिभासम्पन्न व्यक्तित्वको रूपमा लिइन्छ । धैर्य, सहिष्णुता, आत्मबल, आत्मविश्वास र अठोट आदि विभिन्न किसिमका सद्गुणहरू उनीभित्र खचाखच भरिएका कारणले नै विभिन्न किसिमका कठिन परिस्थितिका बीच पनि उनले नेपाली साहित्यको क्षेत्रमा आफ्नो कीर्तिमान कायम गर्नसकेको देखिन्छ । आफ्नो जन्म भएको तीन वर्ष पनि पुग्दा नपुग्दै आफ्नी आमाको निधनको पीडा भोग्नु परेको यिनले १९९० साल माघ २ गते गएको महाभुकम्पको प्रकोप पनि सहनु परेको थियो । यस अवस्थामा करिब दुई वर्षसम्म भत्केको घरको छिँडीमा नै जसोतसो जीवन गुजारा चलाएपछि वि.स. १९९२ मा त्यो क्षतिग्रस्त घर छाडेर उनको परिवार काठमाडौंको कुश्लेचौरमा बस्न पुगेको थियो ।

गीतका आकाश

  • by

“केहुनुपर्ने मान्छे, के भएँ ?” उनी कस्थहिलेकाहीँ यो ७४ वर्षे उमेरको शिखरमा उभिएर आफ्नो जीवनको समीक्षा गर्छन् । अनि, आश्चर्य लाग्छ आफैँलाई । तर, नियतिको निर्णयका अघि मान्छे जाबोको इच्छाले मात्र कहाँ हुँदोरहेछ र ?
गीतकार, गायक, संगीतकार भीम विराग आफ्नो अतीतको लामो यात्रालाई बराबर फर्केर स्मरण गर्छन् । त्यस दिन, त्यो घटना नभएको भए सायद उनी राष्ट्रकै चर्चित खेलाडी हुनेथिए ।

महान हस्ताक्षरको उपेक्षा

  • by

पारिजात दिदी बितेको पन्द्रह वर्ष भएछ । उनको पुण्यतिथिमा ५ गते म्हेँपीस्थित सालिकमा फूल चढाउन आउनेको सानो हुलमुलमा पंक्तिकार पनि मिसिएको थियो । संख्यामा केही घटीबढी भएकोे उही परिचित अनुहारहरू , सुकन्या दिदी अनि ससाना स्कुले केटाकेटीहरू । खादा, अबिर, फूलमाला र पुष्प गुच्छाहरूमा पारिजातप्रतिको श्रद्धा चढाउनेहरूको त्यो सानो हुलमुलमा मिसिँदा पंक्तिकारलाई दिदीको सालिकले स्नेही भएर सोधेको जस्तो लाग्यो, “यसपालि त घर आएछौ नी…।”

जरिवाना एकसय एक रुपियाँ मृत्यु पनि एक सय एक वर्षमा

  • by

जन्मेको ठाउँ उघ्रेको बल्ल सुनौलो बिहान ।
छेपारो उखान पारेर हुन्न राष्ट्रको निर्माण
सगरमाथा हिमाली राष्ट्र मिलेर उठाऔँ ।
गाउँमा फर्की उन्नति गरी गाउँलाई बनाऔँ ।।