Skip to content

कथा

प्रणय दिन

“के म तिम्रो आफ्नै मान्छे बनेर बाँकी जीवन तिमीसँगै काट्न सक्छु?”

अन्तत: उन्ले बल गरेर म्यासेन्जरको लेखन पँक्तिमा शब्दहरूलाई भरेर यति एउटा वाक्य बनाई र पठाई । पठाउनु अघि उन्को मनमा अनेकौँ कुरा मात्र खेलेन । डर पनि उतिनै उम्रिएको थियो । भएभरको शक्ति निकालेर यति लेखेकी थिई उनीले । उनिले यानकि सुष्मा आलेले ।

अहँ! अब उनी बोल्दिनन् !

“ह्याप्पी बर्थ डे डियर!” … समय: विहान ३.४३ बजे।

“ह्याप्पी बर्थ डे!” … समय: विहान ३.५७ बजे ।

विहान-विहानै उनको जन्मदिनको शुभकामना आएको रहेछ इमो मा। बिहान उठ्न ढिला भएकोले हतार-हतारमा म्यासेज त पढें तर त्यसको रिप्लाई दिन सकिनँ। अफिस पुगेर रिप्लाई गरिहाल्छु भन्ने सोंचेर कोठाबाट निस्कें।

महङ्गी (सूत्रकथा)

पैसा बोकेर ऊ सिरक किन्न बजार गयो ।

महङ्गी यति बढिसकेछ कि ऊसँग भएको पैसाले सिरक त के खोल पनि नआउने रहेछ ।

त्यसपछि ऊ रक्सी धोकेर साँझमा घर फर्क्यो ।

GaurabhRai

उल्झन

“अरुको लागि मरिमेट्छौ, आफ्नो घर-परिवारको वास्ता छैन। तिमीसँग बिहे गरेर मैले कुकुरले नपाउने दु:ख पाएँ। अब म तिम्रो घर-बार हेर्न सक्दिनँ। आजदेखि नानीहरूको जिम्मा तिम्रै भयो।”

केही दिनदेखिको ब्याकलग (बाँकी रहेको काम) तुराउने हतारो। बिहान सवेरै उठेर ड्युटि जानु पर्ने। विहान विहानै ईश्वरको भजन तथा शुभ-प्रभात जस्ता अभिवादन सुन्नु पर्ने बेला विरक्त लाग्दो भाइबर म्यासेज पढेर चमारसीङ को शिर चकराउँछ। अफिस जान तयार चमारसीङ फेरि थचक्क खाटमा पसारिन्छ। मन भक्कानिएर आउँछ उसको अनि शिरानीलाई अँगालो हालेर मन भरिको बह आँशुको रुपमा पोख्न थाल्छ।

बिदाको सपना

प्रत्येक दुई हप्ताको कामपछि तेस्रो हप्ता आरामको लागि समय दिने मेरो कम्पनीले यो पटक पनि नियम अनुसार नै मलाई छुट्टी दिएको थियो । आकासले पनि आफ्ना नाङ्गा शरीर भरी दिनभरि सूर्यलाई नचाएर लागेको थकानलाई मेटाउनका लागि सुस्ताएको थियो मसँगै रातको छहारीमा । जसरी म सुस्ताइरहेको थिएँ आफ्ना दिनभरिको पसिनाले भिजेको र कामको दुखाईले थिचेको मेरो शरीरलाई लम्पसार फालेर ।

जाडो (सूत्रकथा)

कठ्याङ्ग्रिदो जाडोले उसको निद्रा परेको थिएन ।

लुगलुग काम्दै ऊ पातलो बर्को ओढेर न्यानो हुने प्रयास गर्दै थियो ।

यताउता फर्कदाँफर्कदैं बिहान भयो ।

प्रेम, एक सपना र ऊ

आज पनि त्यही टुँडी खेल छेउको लिस्नो क्याफेमा मलाई नै कुरेर बसिरहेकी थिई उ, हुन त उसको र मेरो फेसबुके चिनजान भए पनि व्यवहारमा हामी वर्षौँका साथी जस्ता, भेटघाटको इतिहास पनि खासै लामो थिएन, दुई हप्ता अघि ईलाम अस्पतालमा अप्टोमेट्रिष्टको रुपमा उसको नियुक्ति भएर ऊ यहाँ आए पछि, तेस्रो भेट थियो यो ।

म हतार हतार उसको नजिक पुगेँ । उसको अघि टेबलमा कफि रित्याइसकेका दुई वटा खाली कप थिए । मलाई लाग्यो धेरै समय पर्खाएँछु । म के बोलुँ सुझिरहेको थिएन ।

एफबीको प्रेम

कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएनसँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले एक स्माइली र ‘वाउ’सँगै पठाएँ । केही वेर रिप्लाई आएन । कलेजको साथीसँग कुराकानी सुरु गर्दै थिएँ रिप्लाई आयो,‘किन वाउ चाहिँ?’ लेखेँ, ‘सो यु आर नाउ ट्वेन्टी फाइभ इयर्स, आइम टू ।’ तुरुन्त एक स्माइली आयो र केही छिनमै, ‘बट यु आर टु लेट, आइम अल्रेडी इङ्गेज्ड’ जवाफ आयो । ‘हेहेहे……’ लेखेँ अनि साथमा ‘ह्याभ यु गट एनि यङ्गर सिस्टर?’ भनी पठाएँ । जवाफमा ‘सिल्ली ब्वाय’ भनेर लामो हासो पठाइन् ।

सिरक (सूत्रकथा)

शिशिरको ठण्डी रात । गरिबीको कारण पुरानै पातलो सिरकले काम चलाउने सल्लाह भयो ।

हिउँ पर्यो, जाडो अचाक्ली बढ्यो ।

जाडो ढाक्न उनीहरूले त्यही पुरानो सिरक तानातान गरे । च्यातियो ।

यात्रा


नटुङ्गिने यात्राको गन्तव्यमा अनेकौ सोच र जिम्मेवारीको भारि बोकेको काँध, उकुश मुकुसको वातावरण अनि दिशाहीन यो बटुक, साथ् दिदै छन् मेरा सोचले, आत्माविश्वासले अनि २-४ जना सहयात्री हरूले पक्कै पनि एकदिन मन्जिल पाउने अठोट का साथ् डगहरू लमकदै छन्, एक अलौकिक संसारको विचरण गर्ने अभिलाषा र महत्वाकान्छा को सहयोगमा, सपना हरू साकार होलान वा नहोलान तर बिश्वास छ अवस्य एकदिन पुरा हुनेछ ।

राजनीति को यो रंगमंचको यात्रामा थुप्रै पात्रहरूको भिडमा आफुलाई प्रतिष्ठापित् गर्ने होड र दौडको दयनिय वातावरण्मा देशको सिमाना मिच्दै, संरचनाहरू भत्काउदै, बिखन्डन गर्न लालाहित, अर्थतन्त्रकै मेरुदण्डलाइ भाच्दै, कसैको इसारामा नाची हिड्ने, कुर्सि र सत्ताको मोहजालमा सम्बृद्ध र उन्नत नेपालको खोक्रो भाषण दिदै १००औ वर्ष पछाडि धकेल्दै तछाड मछाड गर्दै उफ्री रहेका छन्, नाची रहेका छन् बेसुरे लयमा अनि तिनैका श्रोताबिन्द हरू सोहि लयको मोहजालमा पर्दै तिनैलाई शिखर मा राख्दै तिनैको नाचगानमा रमेको देख्दा आस्चर्य लाग्छ यो कस्तो यात्रा हो ? कस्तो गन्तब्य ?

मोबायल एसएमएस काण्ड (पहिलो भाग)

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनले कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्नु पर्ने भयो भने टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरूमा मोबायलबाट आफ्ना साथीहरू, संस्थाहरू र इष्टमित्रहरूलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् । उनलाई रमाइलै लाग्ने गरेको छ । तर…

कैले भैरब

आज भोलि वसन्तपुर क्षेत्रमा दैनिक जति भीडभाड हुन्छ त्यति भीडभाड त उहिले हाम्रो पालामा इन्द्रजान्त्रामा पनि हुदैन थियो । अलिकति छिसिक्क केही हुन पाएको छैन तुरुन्तै मानव सागर ओइरिहाल्छ । आज दिउँसो हनुमानढोका चौकी अगाडि त्यस्तै मानव सागर उर्लिएर नाराबाजी गर्यो । कुरोको चुरो त बुझ्नै पर्यो । गएर कान थापेँ । पशु अधिकारवादीहरू रहेछन् । एउटा नरपशुले आफ्नो घरमा पालेको पशुमाथि अप्राकृतिक व्यवहार गर्ने गरेको आरोपमा समातिएको रहेछ । उक्त नरशुलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने माग गर्दै चौकी घेरिएको रहेछ ।

निमोठिएको गुलाब – २ (आशहिन गन्तव्य)

दिन झन-झन् बिक्षिप्त बन्दै थियो । मनमा उनको यादसिबाय केही थिएन । निद्राले त आँखाबाट बसाइँ सरिसकेको थियो । दिन त जसोतसो काट्थें तर रात कटाउने साथी आँसु मात्रै थियो । आँसुले सिरानी भिजाएरै सारा रात कट्थें । मोबाइलको घण्टी बज्नासाथ उनको याद झन बल्झिएर आउँथ्यो । आउने प्रत्येक कलमा उनैको बोली चाहन्थ्यो मनले । तर उनको नाम लेखेको कल आएन । अहँ आउँदै आएन ।

आजकल मेरो दिनचार्य पुरै फेरिएको थियो । साथीहरूसितको साथ छुटेको महिनौ भैसकेको थियो । मनिसको आगमन र बोली सुन्दा पनि रिसको पारो चढेर ह्वात्तै माथि पुग्थ्यो । मेरो यो पारा देखेर मेरो साथी ऐन निकै चिन्तित बनेको थियो । दिनौं जसो फोन गर्थ्यो उसले, घुम्न जाने फिल्म हेर्ने जाने कुरा गर्थ्यो । तर म बहाना बनएरै टार्थें ।

अधुराे प्रेम

एउटा सानाे गाउँ थियाे ,गाेरेकाे सुन्तली सँग संसार बसाउने दाउ थियाे । बजाईयाे बाजा दुबै तर्फबाट ,नाचे मान्छेहरू भाँचे कमर ,ठिटा तरूनिकाे छुट्टै माहाल थियाे ,बुढापाकाहरू पनि गुट गुट बनेर गफ गरिरहेका िथए काेही भन्दै थे भाग्यमानी रहिछे केटी राम्रो खान्दानिया असल लाेग्ने पाई । काेही थ्पदै थिए केटी पनि त असल मेहनतीली छ ।भाग्यमानी रहेछन दुवै उत्कृष्ट जाेडी हुनेछ यीनीहरूकाे ।अाहा कति मिलेकाे जाेडी !

बालकथा-०२ः सरी

हजुरीले बच्चाहरूलाई नेपाली बोल्न सिकाइन् । लेखपढमा रुचि जगाइदिइन् । आठ–दश वर्षका भइँन्जेल उनीहरूले कखरा नसिकेको कुरा समेत बुझिन् । घरमा ती बच्चाहरू टेलिभिजन हेर्न भने माहिर थिए । जीवन, जगत् र व्यवहारका कुराहरू मनग्यै बुझ्थे । बाबुआमाको बेहोसी चालाका सिकार थिए । घरभरि आधुनिक सुविधाका सामानहरू थिए । बच्चाहरू त्यसैमा रमाएका थिए । बच्चाहरूले के पढे र के सिके भन्ने बुझ्ने काम कसैबाट हुन्नथ्यो । हजुरीले बच्चाको भविष्य अभिभावकले नै नष्ट पारेको निष्कर्ष निकालिन् ।

मलमासको अन्त्यमा

‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग परिचय भयो । आज उसैको स्पोन्सरसिपमा खान आकी छिन् मसरुम पिज्जा । आफ्नै व्यवसाय भएको इन्द्रसँग दोस्तीको सुरुवात गरेदेखि उनले यस्ता धेरै मौका पाएकी छे खान ।

आज धरानको बुढासुब्बा जाने दिन हो सिमरनको । सिमरनले नाईँ भनेकी हुन् तर नास्ती गर्न सकिनन् इन्द्रको प्रस्तावमा । उनलाई राम्रोसँग थाहा छ कि इन्द्रकी श्रीमती सिमरनकै गाउँले छिमेकी दिदी हुन् ।

जादुको कुर्सी

एका देशमा एउटा ठूलो गाउँ थियो । प्रकृतिको सुन्दरताले भरिपूर्ण त्यो गाउँ जहाँका हावाहरूमा सुगन्धित फूलका बास्नाहरूले भरिएका, पानीहरू पहराको यौवनले भरिएका, जहाँका फूलहरू अप्सराका मुहारको प्रतिविम्बहरूले भरिएका, जहाँका माटोहरू बुद्धका बानीहरूले भरिएका थिए । मान्छेहरू थिए, देउताका पुनर्जन्म लिएका जस्तै । सुन्दर गाउँ जस्को नाम सुन्दै मान्छेहरू धन्य महसुस गर्थे । संसारभरि सबै देशहरूमा त्यस गाउँको नाम फैलिएको थियो ।

फेसबुक च्याटिङमा श्रृङ्कारकाण्ड (भाग एक)

केही दिनदेखि साथी उमेशको स्वभावमा केही तलमाथि देखिन थालेको छ । ऊ मेरो अन्तरङ् र घनिष्ट साथी । आजभोलि उसले मसँग पहिलेको भन्दा केही फरक व्यवहार गरेको जस्तो देखिन्छ । मन पेटका सारा कुरा खोतलखातल पारेर मसँग पोखिने उमेश किन यसरी अन्तर्मुखी भएको हो मलाई पो चिन्ता परेको छ । आज एक मौका मिलाएर उससँग गफगाफ गर्ने सुर कसेर मैले कलेजको फूलबारीमा गएर उसलाई एकान्त पार्ने काम गरें अनि उसको यो अन्तर्मुखी स्वभावको विकास र यसको आगमनका बारेमा जान्ने इच्छा गरें ।

क. हतियार

लगभग पाँच महिना पुगेछ । आमाको पाउमा निहुरेर आशिष माग्दा “सदैव हाँसी खुसी रहनु, सहरको रम्झम देखेर जन्मगाउँ र आमालाई नबिर्सनु” आशिष लिएर बताससँगै उडेका जहाज सङ्गै नयाँ ठाउँमा आइपुगेको । नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ परिबेश । जसरी आमाको गर्भबाट जन्मेको बालक नयाँ सँसारमा सिँगौरी खेल्दै हुर्कन्छ । त्यसै गरी सिँगौरी खेल्दा खेल्दै बिताएछु पाँच महिना । भौतिक, आर्थिक र प्राबिधिक विकासले धेरै अघि बढिसकेको ठाउँ । त्यै ठाउँको प्रवेशबाट नै बन्द कोठा भित्र भित्ता र हातेफोनमा चल्ने चित्रहरू हेरेरै पुर्याएछु पाँच महिना ।

कुन्दिनी

पिता जयश्वर र माता फुलमतिको सहवासबाट पाँचौ सन्तानको रुपमा जन्म लिएकी कुन्दिनीमाथि चार दिदी र मुनि एउटा भाइ छ । कुन्दिनी तीन वर्षकी लाग्दा उसकी आमाको कोखबाट उसको भाइको जन्म भएको थियो । चार दिदीले भोग्नु परेको दुख उसले भोगिन कारण भाइ जन्मिएको श्रेय उसको भाग्यलाई गएको छ । आमा फुलमति पनि छोरो जन्मिएपछि सुख पाएकी छिन् । चार दिदीको विवाह भैसकेको छ । जेठी र माइलीलाई चोरेर लगेका रे, साइली र काइलीलाई पिता जयश्वरले नै पराईको हातमा थमाइदिए । भाइ जन्मिएपछिको दश वर्ष भाइसँगै रमाउँदै बिताएकी कुन्दिनीलाई वरिपरिका छिमेकीले भन्छन् – निकै भाग्यमानी रैछे यो कुन्दिनी । भाइले पाउने माया यसले पनि पाएकी छे ।