कथा
टोपी
आफू सुत्ने कोठाभित्र काटिमा झुन्डिएको निलो गाडा रंगको टोपीले बिरुको ध्यान खिच्छ । जसमा अगाडिपट्टि ठुलो अक्षरमा लेखिएको हुन्छ “EPS” । सात महिना आघि त्यस टोपी कम्पनीको कोठा प्रवेशसँगै सबैभन्दा पहिले शिरबाट फुकालेर आफू सुत्ने स्थानको ठिक माथि दायातिर परखालमा सुरक्षित झुन्ड्याएको थियो । शुरुताकामा त्यस टोपीप्रति गहिरो माया बसेथ्यो उसलाई । गहिरो माया यो अर्थमा कि कोरिया प्रवेशको अवसर ईपिसले दिएको हुनाले ईपिएस अंकित टोपी थियो त्यो । ईपिएस प्रणालीको चिनारीको रुपमा टोपी पहिरिए पनि आफूले ईपिएसको चिनोको रुपमा स्वीकार्दै त्यस टोपीलाई आफ्नो सन्तानलाई झै प्रेम दर्शाएथ्यो ।
बिहेको पहिलो रात
मेरो त यतिछिटै बिहे गर्ने कुनै रहर थिएन तर मैले नमान्दा नमान्दै पनि बाबाममीले सारै कहर गर्नुभयो । कि त मैले उहाँहरूसँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँहरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो ! जिन्दगीको सवाल थियो, यी बूढाबूढी भएका बाआमा त डाँडामाथिका जूनघाम भइसकिहाले ! जिन्दगी काट्नुपर्ने मैले हो । उहाँहरूले जेजे भन्यो त्यही, जोजोसँग भन्यो त्यहीसँग बिहे गर्नुपर्ने भन्ने के छ र ? भनेर मन दह्रो पारेर अहिले म बिहे गर्दिनँ भन्छु भन्ने सोचेर उहाँहरू भएको ठाउँमा गएँ ।
स्मृतिमा टेकबहादुर
गाउँबाट अलि टाढा गहते चौरको पूर्वपट्टिको काँडाघारी सरकारी जग्गालाई टेकबहादुरका भाइ मनबहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाङ् अनि केही राजु र म्यालका रूखहरू अनि पुस माघमा शीत कहिले ओबानो नहुने ठाउँको बीचबाट एउटा गोरेटो गाउँ जंगल गर्ने बाटो थियो । त्यही बाटो माथि टेकबहादुरको घर । गाउँमा सबैले बौलाहा टेके भन्थे, मैले भने कहिले उनको पागलपना देखिन ।
सन्देश
एकजना बालकले बूढो बृद्धलाई सडकको किनारमा होसियारपूर्वक डोहोर्याउँदै हुन्छ । बूढो वृद्ध अशक्त र कमजोर भएकाले बालकले मिनेट मिनेटमा रोकाउँदै अघि बढ्छ । एक हातमा लठ्ठी र एक हातमा बालकको हात समाउँदै खोक्दै र थुक्दै बुढो बृद्ध बालकको माया र स्नेहमै उसैको ईशारामा चल्छ । अन्तत: दुबै व्यस्त सडकको एक कुनामा अवस्थित “दिस एण्ड ड्याट” रेष्टुरेन्टमा पुग्छन् ।
मेटासिट (लघुकथा)
सँगै कलेज पढेका एक जना मेरो जिग्री साथी कलेज सकिएपछि निकै कम भेट भयो । भेट हुँदा धेरै दर्शन र दार्शनिकका कुरा गर्थ्यो । धेरै उसले ओशोको बारेमा यस्तो र उस्तो भनिरहेको हुन्थ्यो ।
एकदिन म गाउँकै स्कुलमा गएको थिए कुनै काम विशेषले । म छागोबाट खसे झैं भए जब मेरो जिग्री साथीलाई दुवै हात पछाडि बाधेर दुई चार जनाले बजारतिर लैजादै थिए । म कौतुहल हुँदै हतार-हातेर दौडेर उनीहरूको नजिक गए तर मेरो साथी लगायत कसैले मलाई चिनेनन् । म पछि-पछि पछ्याउँदै निकै परसम्म गएर उनीहरूको बातचित सुन्न थालेँ –
शिक्षक साहित्य – दुम्सीको गुहार
बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई नरे माइलाका बुबाले रित्तो हात फर्काउनुभएको थियो । त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । कस्को बच्चा भन्दै नरे माइलो त्यता दौडन लागेको थियो, आमाले रोक्नुभयो र मरेको बच्चा रोएको हो, जान हुँदैन भनेर घरभित्र लगेर झ्यालढोका बन्द गर्नुभयो । त्यस दिनदेखि तामा चोरिन थाल्यो । बुबा चाहिँ दुम्सीले तामा खाँदो रहेछ कि क्या हो भन्न थाल्नुभयो । बच्चा रुन सुरु गर्दा नरे माइलाका परिवारजन कोठाभित्र पसेर झ्याल ढोका लगाइहाल्थे । केही दिनसम्म यही क्रम दोहोरीरह्यो । तामाहरू चोरिँदा भए ।
हर्के आफैं एउटा कथा
“आज पनि कान्छी गोरु लिएर खेतमा गएकी छे । हिजो दुईगरा जोतें भन्थी । बिहे गर्नु पर्छभन्दा पनि आमाबाबु पालेर बस्छु भन्छे ” – यो भनाई थियो हर्कबादुर लामाको । हर्कबहादुर लामा उमेरले सात दशक पारगरिसकेको छ । बुढी भने अलि भर्खरकी जस्ती देखिन्थी । बुढीलाई चैं सबैले पुतली दिदी भन्थे भने बुढालाई भेना भन्ने गर्थे । उनीहरूका सन्तानका रुपमा दुईवटी छोरी मात्र हुन् । छोरा पाउने रहर हुदाहुदै पनि भगवानले पत्याएनन् । जेठी छोरीको बिहे भयो दुईवटी नातिनी पनि भैसके । ऊ आफ्नै व्यवसाय गरेर बसेकीछे । ज्वाईं भने धनकमाउन खाडी मुलुक पसेको दुईवर्ष भयो कुनै खुटखबर छैन ।
शिक्षक साहित्य – देउताको मृत्यु
दस वर्षको नरे माइलो सानैदेखि एकाङ्गीपनमा रमाउने गर्थ्यो । साथीभाइ साथमा हुन्थे र पनि ऊ एक्लै हराउन चाहन्थ्यो । गोठालो गर्दा होस् कि स्कुल आउँदा–जाँदा होस् आफैँभित्र हराइरहन्थ्यो । जहिले पनि खुल्ला आकाशमुनि खुल्लै मनका साथ विचरण गर्न रुचाउँथ्यो । उसको रुचि सहकर्मीहरूलाई विल्कुलै मन पर्दैनथ्यो । त्यसैले सबैजसोले उसलाई ‘गाँडु’ भनेर गिज्याउँथे ।
भ्रम र सत्य
“जीवन ! तँ भ्रम होस्, म सत्य हुँ ।” मृत्यु दाबी गर्छ ।
“होइन, म सत्य हुँ, तँचाहिँ भ्रम होस् ।” जीवनले पनि त्यस्तै दाबी गर्छ ।
“कसरी तँ सत्य होस् ।” मृत्युले जीवनलाई प्रश्न गर्छ ।
“त्यसो भए तँ चाहिँ कसरी सत्य होस् त ?” मृत्युको प्रश्नको उत्तर दिनुको सट्टा जीवनले पनि मृत्युलाई उल्टै प्रतिप्रश्न गर्छ ।

अन्तिम पटक उस्लाई म्यासेज पठाएँ,”आजबाट म कहिल्यै तिमीलाई सताउने छैन । सधैँ खुशी हुनु तिमी । तिमीले जित्यौ अनि मैले हारेँ ।”
उसले ङिच्च दाँत देखायो । दुई हातले दुईतिरको एक एकवटा कान समायो । त्यसपछि एकपटक थ्याच्च बस्यो अनि उठ्यो फेरि बस्यो फेरि उठ्यो ।
एउटा रुपको आगमन । थोत्रा खेलौना खेलिरहेकी नानीतिर आकर्षित हुँदै “सुन्दर छोरी रमाजी!” मोबाइलमा निमग्न रमा भन्छे, “मेरी छोरी त धाइको काखमा छे दिनेशजी ।”
शाकाहारी बनौं अभियान मैले छोडेँ, हारेँ भाइ म हारेँ ।
– हामी बुढाबुढीवीच फोनमा गफ प्रायः हप्तामा एकचोटि हुन्थ्यो ।