कथा
‘राजेश’ – ५ः दलित
विराटनगर शहर पूर्व रहेको भव्य मन्दिरको शिर उच्च छ । पूजाका लागि आउँने आउँदा छन्, जाने जाँदा छन् । आ–आफ्नो श्रद्धा प्रकट गरी पुण्य आर्जन गरेको अनुभूत गर्दा छन् । मन्दिरको छहारीमा त्यसको पूजारी भने हात मल्दै छन् ।
“पुजारीजी ! हामीलाई दलित भगवान्ले हैन, मान्छेले बनाएको हो । हामीलाई विवाह गर्न दिनुस् । सहयोग गर्नुस् । हाम्रो पवित्र सम्बन्धलाई गाढा बन्न दिनुस् । परमात्माले हजुरको कल्याण गर्छन् ।” राजेश हात जोडेको जोड्यै विन्ती बिसाउँछ ।
नयाँ खेती
गोविन्दे कोठामा धुम्धुम्ती बसेको छ । खासमा नागरिकताको उसको नाम गोविन्द कटुवाल हो । धेरैअघि एसएलसीसम्म मात्रै पढेको । उहिल्यैको पढाइ । न जागिर खायो । न कुनै गतिलो काम नै गर्यो । जवानीमा रल्लिँदै हिँड्यो । अहिले बेबहारले थिचेर उमेर नहुँदै बूढो देखिएको छ ।
ननिको छ –गोविन्दे । गाउँमा अँझै हुने नहुने सबै काम गर्छ । जवनीमा आँखा देखेन । अहिले जवानी घर्किन थाल्दै बूढो देखिएको छ । साह्रै चञ्चल छ । केही न केही उपध्रो गरिरहनु पर्ने ।
‘राजेश’ – ४ः प्रेम
प्रिय राजेश !
तिमीले लगाइदिएको कल्याणपुरे माटाको सिन्दुरले म सौभाग्यवती भएँ । त्यस भावनात्मक बन्धनले मलाई अर्को सौभाग्य दिलायो । मैले आफूभन्दा उमेरमा जेठो छोरो पाएँ । अहिले तिम्रो प्रिय साथी प्रकाश मेरो छोरो बनेको छ । हरतरहले मेरो हेरचाह गरिरहेको छ । म त त्यसकै ऋणले थिचिने भइयो भन्दै अत्तालिँदै छु ।
अल द बेष्ट
छ्या! कस्तो प्यारीको वैँशभन्दा पनि उखर्माउँलो गर्मी आज! साँच्ची…मोरीले बिहानै फोटो राखेकी थिई। कारखाना जान ढिला हुनाले प्रोफाईल हेर्न पनि पाईएन! मेरो साहुँ एकदमै किचकिचे छ…।
सधैँ मोटिका फोटोसँगै आँखा जुधाँएर बस्ने भएर हुनुपर्छ, मोटिको टाईमलाईनको नक्शा निकै प्रष्ट छ मलाई। उसको ‘विईसिङ्ग फर चेन्ज’ वाला पोष्ट पछाडि हामी एस्तै गर्मी छेल्न भद्रकाली जाँदाको फोटो थियो, आजैँ हटाईछे…सिधैँ उसको नत्थीवाला फोटो देखियो। नत्थि लगाएका यूवतीले मलाई पगालीहाल्छन्। मोरीले त नत्थि नलागाँउदै पगालेकी हो!
‘राजेश’ – ३ः नासोको सुरक्षा
रातको बाह्र नाघेको सङ्केत घण्टीको आवाजले दिन्छ । मोटरबाइक तीव्र वेगमा अघि बढ्दै छ । सप्तकोशी आफ्नो अथाह विशेषताले युक्त भएर हिँड्दै छिन् । बाइकका दुई प्राणीलाई पनि शितलता अनुभूत गराउँदै छिन् ।
त्यत्तिकैमा कोशी व्यारेजमा तैनाथ सुरक्षाकर्मीको सिठी बज्छ । बाइक रोकिन्छ । सोधपुछ सुरु हुन्छ । प्रकाश अलमलमा पर्छ । मालतीको शिर निहुरिरहन्छ ।
sci-fi बुडा
“समय यात्रा, हजुर समय यात्रा, तपाई हलिउड फिल्म हेर्नुभो भने, रोचक विषय…, अँ, तपाईहरू हेर्नुहुन्छ, सोच्नुहुन्छ भने विचित्रै, अचम्मै को कुरो छ यो,” एकतमासले ती बुढा बोलिरहे,”सम्झदाँ म यहाँ पनि छु, र म यही समयका लागि बनेको, म… म नै भएर पनि फरक हुँ,”हिजो” पनि कतै ब्राह्मणमा बाँचेको छ, बुझ्नुहुन्छ,”भोलि” पनि छ कतै, ती प्रत्येक दिन फाइलमा लेखिए जस्तै हामीभन्दा उपल्ला वर्गका अर्का जात, ती मानिस होइनन्, तिनीहरू राख्दछन् ।” केशर लाइब्रेरीको भत्किएको भित्ताहरू हेर्दै बुढा आँखाँ तेर्साउँदैँ मतिर हेर्छन् । म यी बुढा पनि अङग्रेजी फिल्म हेर्दा रैछन् भन्ने सोच्छु ।
लिभिङ टुगेदर
गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले पुग्दो वा कोही आफन्त भएको खण्डमा काठमाण्डौ जाने नत्र सदरमुकाम जाने चलन नै हो । सदरमुकाम आउने पात्र मध्ये कविता पनि एक हो । उनको वाल्यकालको नाम लालजति भएपनि कक्षा पाँचतिर उनकै नेपाली शिक्षकले ‘शार्दुल विक्रिदित छन्द जस्तै राम्री देखिने मान्छेको नाम पनि लालजति रे, भएन यो त’ भनेर नयाँ न्वारान गरिदिए ‘कविता’ । कविता साँचै छन्दको कविताभन्दा नि सुन्दर रुपकै छिन् आजसम्म ।
बाखो
सधैंजस्तो आज पनि म बाटोमा हिड्दै थिए । चैतको महिना तातो हावा चलिरहेको थियो, आकाश खुल्ला थियो । तर मनमा बादल जस्तै धेरै समस्याहरूले सूर्यको किरण आक्रमण गरेजस्तै मनमा टासिएको थियो । मन अन्धाकार, सोचको तिब्र गतिका कारण म छिटो छिटो आफ्नो गतव्य तर्फ हिंडिरहेको थिएँ ।
कालो चस्मा, रातो टि-सर्ट अनि कन्रबर्श जुत्तामा पनि म निकै ह्यान्सम भए जस्तो आफूमा फिलिङ आएको थियो । खै ? योभन्दा पहिले यस्तो फिलिङ मेरो मनमा कमै आउन्थ्यो । आज आफूले आफैलाई कुनै कट्रर युवा पुस्ता भनेर साबित गरेको थिए । त्यो अरूले भनून, नभनून त्यसको कुनै वास्ता थिएन । मतलब थिएन । जे बाँकी मतलब थियो त्यो आफैमा थियो ।
‘राजेश’ – २ः सिन्दुर
लोकमार्गमै लेपासिएको कल्याणपुर चौकलाई एघार बजे रातको अन्धकारले खर्लप्पै निलेको छ । दुई प्राणी हर्दम पश्चिमतिर हेरिरहेका छन् । मोटर साइकल आयो कि आँखा च्यातेर नियाल्छन् । ठूला गाडी आउँदा भने उत्ति साह्रो हेक्का राख्दैनन् ।
दुई घण्टे प्रतिक्षा मालतीलाई सकस भएछ । उनी भुइँमै थ्याच्च बस्छिन् । राजेश पनि उनैलाई साथ दिन्छ । दुवैले पहिलो पटक एक अर्कालाई स्पर्श गर्छन् । अपूर्व आनन्दानुभूतिले दुवै पग्लन्छन् ।
सिकाइ र शिष्यगण
आजका शिष्यहरुको ज्ञानको तहलाई; उनीहरुको सिकाइको स्तरलाई एक सानो बोधकथाबाट सुरु गर्न चाहन्छु । यो कथा प्राचीनकालका गुरुशिष्यको बीचमा घटित कथा थियो । तर पनि कथाले यसयुगका मर्महरू बोकेको छ । अहिलेको यथार्थलाई पनि यसले चित्रण गरेको छ ।
एकजना गुरुको आश्रममा थुप्रै शिष्यहरू ज्ञान आर्जन गर्न जम्मा भएका थिए । गुरुकुलमा गुरुको सान्निध्यमा रहेर धेरै कुरा जाने, धेरै कुरा सिके । ज्ञानमा चेलाहरुलाई पारंगत बनाइसकेपछि उनीहरुलाई लिएर एकदिन गुरु यात्रामा निस्के । त्यो जमानामा यातायातको साधनमा गोरुगाढा मात्र उपलब्ध थियो । यात्राको सर्वोत्कृष्ट साधन नै रथ र गोरुगाढा थिए । टाढाको बाटो गोरुगाढामा चढेर उनीहरू प्रस्थान गरे ।
हलेदो नकोट्याऊँ
अड्डाका कर्मचारीहरुको वनभोजका दिन । अफिसका सबैजसो कर्मचारीहरू बनभोजमा गएका । दिउसोभरिको खानपानमा तिनीहरू व्यस्त । कोको केकेमा व्यस्त भए थाहै भएन । धेरै साथीहरू यस्तोमा केकेमा व्यस्त हुन्छन् त्यो सबैलाई थाहा भएकै हुन्छ हलेदो जानेपछि के कोट्याउने ।
दिउसो भरि तिनीहरुमध्ये केहीको धन्दा भनेको तास र दारुतिर गयो । कसले बनाए, खुवाए, खाए, त्यो सब कुरा यो धेरैले केही थाहा पाएनन् । आखिर उनीहरू व्यस्त हुन्छन् त उनीहरुलाई के थाहा होस् ?
राहत
च्याँसेलाई यसपालिको दशैँमा पनि मासुभात मजाले खान पाइएला भन्ने आशा छैन । सात वर्ष अघि नै ऊ सातौँ महिनाको हुँदा आमाको मायालाई दैवले चुँडेपछि उसको बाबु सुर्के माइलाले काममा सँगै लान्थ्यो । एक छेउमा एक्लै खेलेर बस्ने कुरामा च्याँसे अभ्यस्त भइसकेको छ ।
सुर्के माइलो आफू डकर्मी भएर पनि के गर्नु ! एउटा भएको सानो झुप्रो समेत भूकम्पमा लडेर लथालिङ्ग भएको छ । अलिअलि कमिएको पैसा त लत्ताकपडा र भाँडाकुँडा किन्दैमा सकियो । गाईबस्तु बस्ने कटेरोमा आफू बस्न थालेपछि कलौरी गाई र अधियाँ पालेको हरिबहादुर साहुको थोरे पाडो पनि खुल्लै छन्, बारीमा ।
उनी त्यसपछि कहिल्यै माइत आइनन्
बुद्धि र मति बिग्रेपछि मान्छेको भाग्य र जीवनको मोड नै अन्तै बदलिदो रहेछ । गल्ती उनको मात्र थिएन, बा-आमा अर्थात परिवारको थियो र समाजको पनि । यस्ता गल्ती (Mistakes) थुप्रै भएका छन् हाम्रो समाजको माझ ! जसले गर्दा एकातिर परिवारजनलाई तनाव भएको छ भने अर्कोतिर स्वयंको जीवन अनिश्चतमात्र हैन आत्मा हत्या सम्को निर्णय लिन पुगेका छन् । यदि त्यस्तो हुने नै हो भने फेरि किन जन्माएर हुर्काउनु पर्छ त ? सही समाधान यो होइन, यसलाई चेतना र विवेकशील मनको अभाव मात्र हो भन्दा हुन्छ। यस्तै घटना भएको छ एउटी चेली उमा खरेल (काल्पनिक नाम) सँग ।
तिम्रो यादमा
जब घाम लाग्छ म तिमीलाई खोजिराको हुन्छ
जब जुन पर्छ म तिमीलाई खोजिराको हुन्छु ।
यो माया प्रेम पनि यस्तै रहेछ – जब साथमा हुन्छौं तब कल झगडा । एउटा सानो कुरालाई पनि ठुलो बनाएर हामी एकअर्कालाई गलीगलैज गर्छौं । जब ढाटा हुन्छौं हामीहरू आफ्नो गल्तीलाई मान्छौ । संन्सारमा माया प्रेम भने यस्तै रहेछ । एउटा परीले मेरो मन मुटु चोरेर लगिन्, अहिले उनकै यादले मलाई तड्पाउदैछ ।
अज्ञात हाँसो
म अलि चञ्चल स्वभावको पशु, झ्यालबाट वसन्त दृष्य देखि लिएर स्त्री प्रजातिहरुको क्याम्पस आवत जावतसम्म हेर्न भ्याउँथे । साथी भने सधैं वाइट बोर्ड प्रेमी, बदलामा म अचम्म मानिदिन्थे । उसका दुई आँखाहरू बिचरा, कठैबरा कदापि देखिदैनथे बरु देथिन्थ्यो यूद्वमा तैनाख सीपाईका चनाखो आँखा जस्तै । चिल्लो अनि चिप्लो पल्टाईराखेको सेतो खाली पाना माथि लम्पसार सुताईराखेको कलम थकित झै देखिन्थे । हिटलरको जस्तो गुरुको आदेश सिरोपर गर्दै हामी बोर्डमा ध्यान दिइरहेका थियौ । हिसाब सकेर कत्ति खेर सार्नु भनेर हामी भने पर्खिरहेका थियौ (कोही हाई काट्दै, कोही एक आपसमा पेनले घोचाघोच गर्दै)।
शहरले छुटाएको प्रेम
विमानस्थलमा ओर्लिएपछि एउटा संयुक्त फोटो लिन तम्सिराखेको बेला पुलिस आएर धपाइहाल्यो । हामीले आफ्नो इच्छा एयरपोर्ट बाहिर बाहिर नै पुरा गर्योँ । चिया खाने सल्लाह अनुसार किराति भावमा ‘लु यो पसलमा छिरुङ पो’ भन्दै शमालजी अगाडि लागिहाले । छिर्ने बाटो साँगुरो थियो, त्यसैले भित्रबाट निस्कदैँ गरेका एक युवासँग झण्डै ठोक्किन पुगेँ, त्योभन्दा बढी त उसले खाँदै गरेको चुरोटको धुँवाले आँखा पोल्यो । त्यसपछि भित्र छिरेपछि पो देखियो, घरभित्र त खुल्ला ठाउँ रहेछ त ।
चिया खान मागेको त हामीलाई काठमाण्डौमा खाइने खालको चिया दिइएन, मैले आपत्ति जनाएँ, ‘चिया भनेको किन यो कालो न कालो चिया?’

“के छ यार खबर?” कफि पसलमा पत्रिका हेर्दै गर्दा अप्रत्यासित रूपमा आएको यो आवाजले झस्कँदै पछाडि फर्केँ। मेरो कलेजको सहपाठी हात मिलाउन अगाडि बढाउँदै मुस्कुराइ रहेको थियो।