एक्लो व्यग्रता
गोविन्दबहादुर मल्ल गोठालेले पल्लो घरको झ्याललाई लिएर उपन्यासै लेख्ने सामग्री पाए भने मलाई भने यदाकदा सानातिना कथा र निबन्धका लागि चाहिनेसम्मको सामग्रंीहरू मात्र पल्लो घरको झ्यालले दिने गर्छ । यसपटक पनि पल्लो घरको झ्यालले यस्तै केही सामग्री दिएको छ । त्यो दिएको सामगंी काम लाग्दो छ छैन वा त्यस झ्यालले मलाई कस्तो सामगं्री दियो त ! कथाकै रूपमा पाठकहरूलाई सुनाऊँ कि ! अनुमति पाएँ भने सुनाऊँछु । उसो भए अब सुरु गरूँ है त ! सुरु हुन्छ अब कथा— पल्लोघरको झ्यालले ल्याएको परिणाम एक्लो व्यग्रता ।

“दाइ जाने हो ?” जीवनले मेरो एकोहोरोपनालाई भंग गर्दै भन्यो ।
साहित्यकारले भेटे कथा बनाउँथे । मेरो चैँ आफ्नै व्यथा हो । समय २०७४ साल बैशाख १ गते शुक्रबार अर्थात् आजको दिन । बिहानै उठियो । रातिका जूठा भाँडामा जुटियो । उताबाट केटाकेटी घोक्रो सुकुञ्जेल चिच्याउँछन्- “डेडीडेडी आज न्यू यिएर अरे त, खसीको मासु नल्याउने ? अंकलहरुले त ल्याइसके त….. ।”
प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरूको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।
केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरुमा मोबायलबाट आफ्ना साथीहरु, संस्थाहरू र इष्टमित्रहरुलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् ।
वर्षाको महिना भए पनि भनेको समयमा वर्षा हुँदैन । त्यसैले गर्दा मनोहराको फाँटमा नै भएको भए पनि खेतमा कुलो नलगाई धान रोपाई गर्ने कुनै सम्भावना नै रहँदैन । भोलि हाम्रो पनि बेसीखेतको रोपाई थियो । आजै राती गएर खेतमा कुलो लगाउने पालो यसपाली हाम्रो परिवारमा साहिलो काका र मेरो भागमा परेको थियो । काका त पहिले नै खाना खाएर बेसी झरी सक्नु भएछ । म घर पुग्दा अलि ढिला भएकाले अब एक्लै बेसी झर्नु पर्ने भयो ।
उसले बूढापाकाले भनेको सम्झ्यो – “जाडो भगाउन रूई, दुई र फुई चाहिन्छ ।”
दुई जना साधु एक दिन कतै गैरहेका थिए । बाटोमा नदी पर्दथ्यो । नदी पार गर्न लाग्दा उनीहरूले नदीमा एउटी आइमाई डुब्न लागेको देखे । दुवै जना महात्मा जस्ता लाग्ने साधु थिए । शिर मुडिएका र भगवा पहिरिएका थिए ।