Skip to content

कथा

एक्लो व्यग्रता

गोविन्दबहादुर मल्ल गोठालेले पल्लो घरको झ्याललाई लिएर उपन्यासै लेख्ने सामग्री पाए भने मलाई भने यदाकदा सानातिना कथा र निबन्धका लागि चाहिनेसम्मको सामग्रंीहरू मात्र पल्लो घरको झ्यालले दिने गर्छ । यसपटक पनि पल्लो घरको झ्यालले यस्तै केही सामग्री दिएको छ । त्यो दिएको सामगंी काम लाग्दो छ छैन वा त्यस झ्यालले मलाई कस्तो सामगं्री दियो त ! कथाकै रूपमा पाठकहरूलाई सुनाऊँ कि ! अनुमति पाएँ भने सुनाऊँछु । उसो भए अब सुरु गरूँ है त ! सुरु हुन्छ अब कथा— पल्लोघरको झ्यालले ल्याएको परिणाम एक्लो व्यग्रता ।

रहर (कथा)

दुबईको अजमान शहरस्थित द फोर्स कम्पनीमा कार्यरत थिएँ । छ महिना भयो घरबाट आएको पनि हातमा एउटा नयाँ मोबाइल छैन । साथीहरूसँग सापटी गरेर घरमा पठाएको पैसा सबै साथीहरू दिएर सकें । आज तीन तारिक, तलब आएको दिन । हातमा नयाँ कटकटी नोट सत्रशय दिराम थियो ।

यति पैसा जम्मा गर्न मलाई तीन महिना पन्ध्र दिन लाग्थ्यो । आधुनिक जमानामा चलेको समयलाई टक्कर दिन मैले आफ्ना आकंक्षाहरू आइफोन किन्न थालेको थिएँ । सबै पैसा लिएर त्यही शहरको महलमा पुगे । महलभित्र चिसो बतासले एकचोटी घरतर्फ सोच्न पुर्याइदियो ।

युद्धमा बेचिएको यौवन

“दाइ जाने हो ?” जीवनले मेरो एकोहोरोपनालाई भंग गर्दै भन्यो ।

साँझको खाना खाएर थ्रि-न-थ्रि राइफललाई बेडको कुनातिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्धको उद्गम स्थल रोल्पामा फसेको मेरो जीवनको छुटकाराको लागि अवसरहरू सोच्दै थिएँ । बाहिर कतै टाढा पड्किएका बम र बन्दुकका आवाजहरू मेरो कानमा लगातार प्रतिध्वनित भैरहेको थियो ।

चौहत्तर सालको मिट मसला

साहित्यकारले भेटे कथा बनाउँथे । मेरो चैँ आफ्नै व्यथा हो । समय २०७४ साल बैशाख १ गते शुक्रबार अर्थात् आजको दिन । बिहानै उठियो । रातिका जूठा भाँडामा जुटियो । उताबाट केटाकेटी घोक्रो सुकुञ्जेल चिच्याउँछन्- “डेडीडेडी आज न्यू यिएर अरे त, खसीको मासु नल्याउने ? अंकलहरुले त ल्याइसके त….. ।”

अर्को कुनाबाट आमा चैँ गर्दनको नशा खपैँचा पर्ने गरी छोराछोरीको शर्तमा चोचो मिलाउँदै सही थाप्छे- “कुन्नि केको बियाँलो हो नि, जुरुक्क उठेर जानू नि…. ।”

पितामाताको नाममा किस्नेको पत्र

माझघरे खँड्काको जङ्गल पस्न बाँकी रहेको एउटै छोरो किस्ने हराएको पनि निकै वर्ष भइसकेको थियो । यस विचमा उनले पहाडको आफ्नो गाउँ, जिल्ला र मधेशमा समेत थाहा पाएका र उसले जान सक्ने ठाउमा सोधी खोजी गरे, मान्छे लाए, सुराक लाए, दसी प्रमाणका लागि अनेक उपाय गरे तर छोराको कुनै अत्तो पत्तो भएन । पुलिसलाई गरेको… Read More »पितामाताको नाममा किस्नेको पत्र

किस्ताबन्दी (पहिलो किस्ता)

यादव दाइ शिक्षा कार्यालयको उच्च पदका कर्मचारी हुन् । उनी अफिसको कर्मचारीहरुको दर्जामा हाकिमभन्दा थपक्कै पछिको दर्जामा पर्छन् । अफिसमा माथिकै दर्जाका भएर पनि घरमा भने उनी बिहानबिहानका भान्से मात्र हुन् । घरको व्यवस्थाअनुसार बिहानको खाना तयार गर्ने पालो उनको हो । आज पनि समयमै उनी दाल, भात तरकारी पकाउँदै छन् । उनकी श्रीमती पनि… Read More »किस्ताबन्दी (पहिलो किस्ता)

मायाको यो रुप

तीन वर्ष पुग्दानपुग्दै शारदाले छोरालाई किन्नर गार्डेनमा भर्ना गर्न लगिन् । एक त भर्खर अस्तिसम्म पनि दूध चुसिरहेको थियो छोरो अर्को ता काखबाट एकै छिन प,िन अलग गरेकी थिइनन् । यसरी अलग नगरिएको छोरालाई अलग गर्न नै नसकेर उसलाई छोडेर घर फर्कन खुट्टै लागेनन् । अझ दिउसो भरि उनबाट अलग हुँदा के हुने हो उनले… Read More »मायाको यो रुप

जगतको सृष्टि बारे थारु संस्कृतिको कथा

प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरूको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।

एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्परुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए ।

एसएमएसको स्वाद

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरुमा मोबायलबाट आफ्ना साथीहरु, संस्थाहरू र इष्टमित्रहरुलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् ।

पाँच डलरकाे नाेट

कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडी एकजना छिमेकी दाईलाई पछ्याएर गाउँदेखि उकालो हिँडेको ऊ अर्थात शिरिषे रेम्नीसीङ ठिक दोस्रो दिनको वेलुका लुक्लामा पाउँछ आपूmलाई । झोलामा एक भारी सपना खाँदेर बोकेको १३ वर्षे किशोर छक्क पर्छ लुक्लाको वस्ती देखेर । सबभन्दा त हुतहुती सुरु हुन्छ उसको मनभित्र कि कहिले भोली विहान हुन्छ र त्यो परको एयरपोर्टमा प्लेनहरु आको हेर्न पाउनु । वेलुकी नै सँगैको दाईले घुमाए उनलाई तामाङ टोल, पासाङल्हामु गेटदेखि निकोल निक्की हस्पिटलसम्म । आकाशमा मात्र कहिलेकाँही देखेको प्लेन आप्mनै आँखाअघि पहिलोपटक देखे उनले लुक्ला एयरपोर्टमा । दाईका केही चिनजानका साथी भेटिए बजारमा, त्यसमध्येमा भेटियो

लाटी

वर्षाको महिना भए पनि भनेको समयमा वर्षा हुँदैन । त्यसैले गर्दा मनोहराको फाँटमा नै भएको भए पनि खेतमा कुलो नलगाई धान रोपाई गर्ने कुनै सम्भावना नै रहँदैन । भोलि हाम्रो पनि बेसीखेतको रोपाई थियो । आजै राती गएर खेतमा कुलो लगाउने पालो यसपाली हाम्रो परिवारमा साहिलो काका र मेरो भागमा परेको थियो । काका त पहिले नै खाना खाएर बेसी झरी सक्नु भएछ । म घर पुग्दा अलि ढिला भएकाले अब एक्लै बेसी झर्नु पर्ने भयो ।

रत्नप्रसाद एम डि

रेडियोले फुक्यो, टेलिभिजनले सुनायो, बतास झै दौडिए खबरहरु, रत्न प्रसादजी एम डि भए । थुप्रै मान्छेहरु बधाई दिनका खातिर रत्नप्रसादको घर र कार्यालयमा नै पुगे । रत्नप्रसादलाई आफ्नो नजिकको हाकिम ठान्नेहरु, संगै दारुपानी तास कौडा गरेका आधारमा नजिक भएको महशुस गर्नेहरु, उसकै मातहतको विभागमा काम गरेका आधारमा नजिक भएको महशुस गर्नेहरु त बधाई भन्न जाने नै भए, त्यसदेखि बाहेक राजनैतिक आस्थाका आधारमा मन नपराउँनेहरु, रत्नप्रसाद माथीका हाकिम र नेताहरुको नजिक भएको पहिलेदेखि नै मन नपराउँनेहरु, र यथार्थमा नै यो नियुक्तिलाई मन नपराउँनेहरु त झन बधाई दिनेमा पहिलो लाईनमा नै पुगेका थिए ।

विश्वासघात

बाआमाको एक्लो छोरा अमित निकै खाइलाग्दो थियो पढाइमा अब्बल अमितले आई कम पास गर्नासाथ लोकसेवा पास गरी नायव सुब्बाको नोकरी हात पारेको थियो । उसले नोकरी सुरू गरेपछि बिहे गर्ने सोंच बनायो ।

त्यो दिन अमितको बिहे पन्चेबाजा घन्काएर गर्दा उसका बाआमाहरू कम्ता खुशी थिएनन् । बिहेपछि घरजम गरेर खान सक्ने खालको क्या गजबकी श्रीमती भेट्याएछ खाइलाग्दो सुन्दर अनि मिहेनेती केटी भनी गाउँको पधेरा, मेलापात गाउँकी नयाँ बेहुलीको चर्चै चर्चा हुन्थ्यो गाउँमा ।

BinodKhadka

बुढो मोची

बाहिर प्रचण्ड गर्मी छ । ह्युमिडिटी बढिरहेको छ । अफिसबाट वासस्थानमा फर्केपछि पहिलो काम शरिरवाट जुत्ता अलग्याउनु हो । शरिरमा शक्ति पनि यति कम भएछ कि आफ्नो खुटृाको जुत्ता उतार्न पनि निहुरिन मन छैन । उभिएको उभियै जुत्ता फुकाल्ने प्रयास के गरेको थिए एकातिरको जुत्ताको तलुवा प्वाकल्याक्कै निक्लियो । सायद तातो भूईमा टेकिरहँदा जुत्तालाई पनि खपि नसक्नु तातोले गलाएकोले होला अलिकति बल पर्दा पनि प्वाकल्याक्कै निक्लेको ।

ब्रह्माजीलाई निवेदन

श्रीब्रह्माधिपतिज्यू,
चौधै भूवन शिक्षाभवन; ब्रह्मलोक ।

विषय- लथालिङ्ग व्यवस्थापन बारे ।

महोदय,

उपर्युक्त सम्बन्धमा म रहरलेभन्दा पनि वाध्यताले कहर काटेर आएको मनुष्य चौध सय परिवारको एक पूराण वाचक सदस्य भएको छु । सृष्टि गर्न जानेपछि तपैँले नै व्यवस्थापन गर्नुपर्छ भन्ठानी निवेदन टक्रयाउने हिम्मत गरेको हुँ ।

तातोको मूल्य (सूत्र-कथा)

उसले बूढापाकाले भनेको सम्झ्यो – “जाडो भगाउन रूई, दुई र फुई चाहिन्छ ।”

रूई किन्न पैसा पुगेन, दुईको लागि उसको जोडी थिएन । त्यसैले दिनभर झिक्राझाक्री दाउरा र घसमल जोरजाम गर्यो ।

रात परेपछि जाडो छिप्पिदैं गयो । उसले फुई जोर्यो र त्यसैको तातोमा सेकिएर कैयौं दिनदेखि नपुगेको निद्रा निदायो ।

RameshBhattaraiSahridahi

पश्चातापबाट प्राप्ति

गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पर्थ्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै गाली बर्सिन्थ्यो ।

एकदिन डाँडागाउँबाट उसको घरमा मामा आउनुभएको थियो । उहाँले उसलाई माया गरेर भन्नुभयो–“ओहो ! भान्जा बाबु त लाठे भइसकेछन्, अनि पढाइ कहाँ पुग्यो ?”

आशक्ति र कर्तव्य

  • by

दुई जना साधु एक दिन कतै गैरहेका थिए । बाटोमा नदी पर्दथ्यो । नदी पार गर्न लाग्दा उनीहरूले नदीमा एउटी आइमाई डुब्न लागेको देखे । दुवै जना महात्मा जस्ता लाग्ने साधु थिए । शिर मुडिएका र भगवा पहिरिएका थिए ।

एउटाले भन्यो,”त्यो आइमाई नदीमा डुव्दैछ उसलाई बचाउनु पर्यो ।”

अर्कोले भन्यो,”भाइ तिमीले त त्यस आइमाईलाई हात पनि लगाउनु हुदैन ।”

पीडामुक्तिको उपाय

मध्यमस्तरीय परिवारको उमेश १५ वर्षदेखि बोतलमा डुबेको कहैल्यै निस्कने नाम लिएन । बाबुआमाको मनोकाङ्क्षालाई रत्तिभर सम्बोधन गरेन । चार/चार वटी श्रीमतीले त्यागिदिँदा पनि होस् फर्काएन ।

पन्ध्र वर्षदेखि लागेको रक्सीको लत पैँतालीस वर्षसम्ममा पनि छुटेन । त्यस्ता महान् मूर्ख महाराजजीको अमृत तर हामीले भन्ने गरेको दारूपानी छुटाउने अचुक ओखति वा उपाय भए सर्वस्व दिएर भए पनि प्रयोग गराउने थिएँ ।

प्रशंसाको मूल्य

निकैबेर गमेपछि लालबहादुर धनबहादुरको घरतिर सोझियो । धनबहादुर पिँढीमा बसेर तमाखु खाइरहेको थियो । ऊ त्यहाँ नपुग्दै कुकुर झम्टिहाल्यो । खासमा उसलाई कुकुर मनै पर्दैनथ्यो । अरुबेला भए ढुङ्गो टिपेर लखेटिसक्थ्यो । तर आज माहोल अर्कै थियो ।

“तपाईंको यो कुकुरले त सारै राम्रोसँग पो सुरक्षा गर्दोरहेछ त है !”