Skip to content

कथा

शिक्षा (लघुकथा)

सीताको आफन्त बितेको थियो । दशैंको बिदामा आफन्तजनहरूको आऊजाऊ शुन्य थियो । बिदा भएकोले क्याम्पसमा पढाउन पनि जानुपरेको थिएन । बाहिर टहल्न भनेर उनी निस्किइन् ।

एउटी राधा नामकी आइमाइ केही गर्न नसकेर एकदम फोहोर अवस्थामा सडकमा लत्रिएर थलापरेर सुतिरहेकी थिइन् । उनले चित्कारले भरिपूर्ण स्वरले दुहाइ दिँदै सडकमा आवतजावत गर्नेहरूसँग आफ्ना लागि केही गर्नका लागि अनूनयविनय गरिरहन्थिन् । यहीनै उनको दिनचर्या थियो ।

परीक्षा (लघुकथा)

वारि र पारि दुईटा घरको झ्यालमा केटा र केटीको आँखा चार हुन्थ्यो । यो प्रकृया सधैं भइरहन्थ्यो । दुबैको मौन प्रेम चलिरहन्थ्यो, मनोवाद चलिरहन्थ्यो । यो जोडीलाई ती दुईटा घरको बीचको सडकमा जति सुकै गाडीको कर्कश प्वाँ प्वाँ भएपनि जतिसुकै ठुलो घटना भएपनि उनीहरुको पलाएको मौन प्रेम भङ्ग हुँदैनथ्यो । उनीहरुले आफु दुईलाई एक बनाएका थिए ।

निमोठिएको गुलाब

मङ्सिर महिना, भर्खर झरीका दिन पार गर्दै चिसोले स्वागत गर्दै गरेको महिना । यसैसँगै सुरु हुन लगेको मेरो जीवनको नौलो अध्याय । भर्खर स्कुले पढाइसकेर कलेज जीवन सुरु गर्दै थिएँ म । स्वास्थ्य मेरो पहिलो रोजाइ । अनि त्यसैलाई सफल बनाउन सुरु गर्न लगेको मेरो अध्यान एच ए ।

कलेजको पहिलो दिन थियो । म अलि ढिलो उठ्न पुगेछु । मङसिरे जाडोले हो कि कलास ६ बजे सुरु हुन्थ्यो । म ब्यूँझिँदै त्योभन्दा ५ मिनेट समय ज्यादा भैसकेको थियो । जाडोले बिस्तारा छोड्ने मन नहुँदा-नहुदै पनि म हतारिएर उठे र फ्रेश हुन लागे । कलेज जाने क्रममा ममा छुट्टै किसिमको डर पैदा भयो । पहिलो क्लास, म झण्डै आधा घण्टा ढिलो जादै थिएँ ।

मरिचेको चुपी

लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो ।

LaxmanGhamal

अन्जान संघर्षको कथा

धेरै दिन भयो उनले मलाई भेट्न खोजेको । जहिले म अफलाइन हुँदा मेसेज पठाउदा रहेछन् फेसबुकमा । अफिस सकेर कोठामा पुग्दा पाँच बजेर एकतिस मिनेट बजाएको थियो एनसेल नेटवर्कको मेरो मोबाइलले । हत्तपत्त फेसबुक खोले मेसेज आएको रहेछ उनैले पठाएका रहेछन् मेरा बालापनका हितैसी मित्र अन्जान । आज मलाई कल गर्नुहोला भनेर फोन नम्बर पनि पठाएका रहेछन् । उनको घर ताराखोला, बागलुङको पश्चिमी भेग । मेरै घर छेउमा उनको मामा घर, मामा घरमै बसेर कक्षा सातसम्म पढेका अन्जानसँगको सात वर्षको फ्रेन्डसीप हरपल मस्तिष्कमा आइरहन्थ्यो । दशै बिदामा घर गएका उनी कहिल्यै फर्केर आएनन् । चौध वर्ष पछि फेसबुकमा साथी भएको आज चौध दिन भयो । Friend request पनि उनैले पठाएका ।

एक रात

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल…

बिस्तारै जहाजले चलमलाउन थाले । साँझको ७:३० बजिसकेको थियो । जहाजको चारै तिरबाट कहिले अङ्ग्रेजी त कहिले कोरियन भाषामा जहाज उड्न लागेको जानाकारी दिदैथियो । नेपालको माटो छोड्नु अघि सबैलाई पुन: एक पटक सम्झिएँ । आमाको आसुँमा पीडा थप्न चाहिन र दिदीलाई फोन गरेँ- “दिदी अब जाहाज उड्न लाग्य्यो । आमाको आँखामा सधैं खुसी बनेर बस्नु । निदाएका सपनाहरूलाई सधैं सङ्गितले ब्यूँझाइरहनु । आमाको काखलाई कहिल्यै खाली हुन नदिनु………!”

विश्वास (लघु कथा)

एकपटक एकजना साधुलाई साहू र ज्यामीका बारे परख गर्न ईच्छा जाग्यो । साधु ज्यामी भएर साहूकोमा काम गर्न गए । उनले साहुकहाँ मेहेनत मजदुरी गर्थे । पसिना पसिना भएर काम सकाउँथे अनि आफ्नो ज्याला लिन्थे र आफ्नो कुटीमा फर्कन्थे । साहुले कहिले दुईदिनपछि दुईदिनको ज्याला दिन्थे त कहिले तीनदिनपछि तीनदिनको ज्याला दिन्थे ।

एकदिनको कुरो हो :–

ज्यामी :– सहुजी मलाई आज दुईदिनको ज्याला दिनुहोस् ।

साहू :– एकदिनको काम गरेर कसरी दुईदिनको दिने ?

ज्यामी :– म भोलि काम गरेको पैसा लिन्न नि त ।

साहू :– तिमी भोलि काममा आउँछौ भनेर कसरी विश्वास गर्ने ? त्यसैले एकदिनको मात्रै दिन मिल्छ, बुझ्यौ ?

मेहनत

धन भएका जति सहर पसेका र कम धन हुनेहरू मात्र रहेका भनेर चिनिने एउटा गाउँ छ । राजविराजदेखि सात किलोमीटर पूर्व–दक्षिणमा अवस्थित त्यो गाउँ एक समय सप्तरी जिल्लाकै शिक्षाको केन्द्र थियो । अहिले भने त्यहाँका केही नानीहरू नजिकैको स्कुल धाउँछन् । के पढ्छन् र के पढ्दैनन् भनेर सोध्ने फुर्सद तिनका अभिभावकलाई हुन्न । प्रायः काम परेको समय घरमै रोक्नु र काम नभएको बेला स्कुल पठाउनु त्यहाँको परिचय नै बनेको छ ।

कञ्चन र कल्चुँडी (लघुकथा)

“दुइटी केटीहरू थिए । एउटीको नाम कञ्चन थियो भने अर्कीको नाम कल्चुँडी । कञ्चन र कल्चुँडी एकदमै मिल्ने साथी थिए । नामजस्तै कञ्चनको स्वभाव राम्रो थियो । कञ्चन कुनै केटासँग पनि कुरा नगर्ने खालकी थिई । कल्चुँडी भने हरेकपटक कुनै न कुनै केटासँग आफ्नो लफडा भएको किस्सा जसलाई पायो त्यसलाई सुनाउँथी र आफूलाई भएको यस्ता समस्याहरूको समाधान गर्न हारगुहार मागिरहन्थी । त्यस्तोबेला कञ्चनले कल्चुँडीलाई केटाहरूको सङ्गत गरेर आफ्नो जीवनलाई नरकमा नपार्न सल्लाह दिन्थी । उनीहरू दुवैको रविसँग मित्रता गाढा भएको थियो ।” यी सबै कुराले यिनीहरूका बारेमा एसएसपी प्रमोदलाई अनुसन्धान गर्न खुराक भएको थियो ।

साइँला मामा

एउटा सानो एकनले खरले छाएर बनाएको गाइगोठ को एउटा कुना । जसमा बस्ने भागलाई बाँस चिरेर बनाएको भाटा ठोकी बारिएको र त्यै माथि गोबर माटोले लेप लगाएर बनाएको साँहीला मामाको जीवनका सुनौला सपना बुन्ने महल । एक श्रीमती र एक छोराको सानो परिवार दु:खी परिवार । त्यै घर माथि छिमेकीको जग्गामा पर्ने ठूला ठूला रूखहरू । रिप्यानले गर्दा खरको छाना छिट्टै कुहिने हुनाले प्रत्यक वर्ष कटेरो छाउनै पर्ने बाध्यता । अगाडि पट्टी बलेनीसँगै अग्लो काल्नो । वर्षा याममा लेऊ पलाएर हरीयै र चिप्लै हुने चिप्लियो भने काल्नो मुनी । पल्लो पट्टी एक हल मत्त बलिया गोरू र एउटा भैंसी । यिनै गोरूसँगै बुनेका उनका सुनौला सपनाहरू । अँझ भनौ न गोरूलाई उनले हलो भिराएर जोत्छन् वा हलो भिरेर गोरूले उनलाई जोत्छन् ?

बालकथा-०१ः हजुरी

राधा पहाडमा जन्मिन् । त्यहीँ हुर्किइन् । उनका पुर्खाले पनि त्यहीँ जीवन गुजारे । र, त्यहीँ अस्ताए ।

उनीहरू कहिलेकाहीँ नून–मसला किन्न तराई झर्थे । सहरका गगनचुम्बी महल, चिप्ला सडक र रङ्गीचङ्गी दुनियाँप्रति विल्कुलै कुनै मोह थिएन । हेर्थे, घुम्थे, किनमेल गर्थे र फेरि उकालो चढ्थे । आफ्नै पाखा–पखेरालाई स्वर्ग ठान्थे । राधाले पनि त्यही सोचसमझमा एस.एल.सी. गरिन् ।

पदमकुमारीको हृदय महान छ !

उनी ओछ्याानमा पुग्दा रातको एघार बजिसकेको हुन्थ्यो । विहानको तीन बजे उठेर घर धन्दा नसिध्याए खस्तैगरेको उज्यालोसँगै मेलापातमा निस्कन भ्याउँदिन थिइन् उनी । पहाडको बसाई र त्यसमा पनि सावाँभन्दा व्याज धेरै भएको ठूलो परिवार । रुखोबारी र आकासे खेतमात्र भएकोले एकातिर श्रम धेरै अर्कातिर उत्पादन थोरै हुन्थ्यो । उत्पादित सबै बस्तु खाइसक्ता पनि वर्ष धान्न मुस्किल पर्थ्यो । धेरै बस्तुभाउ, सस्याना छोराछोरी र समाजसेवाका नाममा गाउँ दौडिइरहने लोग्नेको दैनिकीकासामु उनको केही जोर चल्दैन थियो । रातको तीन घण्टा बाहेक खुट्टाले भुइँ टेकेर उभिउज्जेलसम्म र घाँटीबाट स्वास भित्र बाहिर गरुन्जेलसम्म उनले कसैलाई दोस दिइनन् पनि र काम विसाएर एक पल खाली बसिनन् पनि ।

काफिर

अल्लाहको दरवारमा मृतात्माहरूको लाम थियो । लस्करै उभ्याइएका मृतात्माहरूले पृथ्वीलोकमा गरेका पाप र पुण्यको लेखाजोखा गर्दै सजायँ तथा पुरस्कारको भाग लगाउँदै थिए अल्लाह ।

उनले अँझै पनि अफुलाई मुल्लाह ठानेर लामा-लामा दाह्री पालेको र टाउकामा ठूलो फेटा बाँधेको एउटा मृतात्मालाई नर्कबासको सजायँ तोकेर छेउमा उभ्याएका मात्र के थिए, त्यसैबेला उनको अनुचरले अर्को यौटा मृतात्मा ल्यायो र उनका अघि उभ्यायो ।

कसरी छुटे पिल्मोस् र नाम्लुवास

धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सोको मासु खाने चालचलन भने कायम नै थियो । यो किराती वंशको समुदायभित्र पनि वंशजीय रुपले फरक फरक वंशका समूह थियो । ती समूहहरुमध्ये खप्दुलुका सन्तानहरु हालको बुङको पिल्मो गाउँमा फैलिएर रहन थाले ।

Read More »कसरी छुटे पिल्मोस् र नाम्लुवास

एक्लो व्यग्रता

गोविन्दबहादुर मल्ल गोठालेले पल्लो घरको झ्याललाई लिएर उपन्यासै लेख्ने सामग्री पाए भने मलाई भने यदाकदा सानातिना कथा र निबन्धका लागि चाहिनेसम्मको सामग्रंीहरू मात्र पल्लो घरको झ्यालले दिने गर्छ । यसपटक पनि पल्लो घरको झ्यालले यस्तै केही सामग्री दिएको छ । त्यो दिएको सामग्री काम लाग्दो छ छैन वा त्यस झ्यालले मलाई कस्तो सामग्री दियो त ! कथाकै रूपमा पाठकहरूलाई सुनाऊँ कि ! अनुमति पाएँ भने सुनाऊँछु । उसो भए अब सुरु गरूँ है त !

कमरेड सोहन अर्थात् म

कुनै बेला म पनि भूमिगत भएको थिएँ– राज्यविरोधी गतिविधि गरिरहेको एउटा क्रान्तिकारी पार्टीको कार्यकर्ताका रुपमा ।

पुरुषत्व (सूत्रकथा)

ऊ घाँटी चहर्याउने घटिया रक्सीका घुट्का पिएर पेशेवर यौनकर्मीहरूको केश र वक्षस्थलमा छर्केको निस्सासिँदो सुवास र कृत्रिम मुस्कानमा लठ्ठिदैं वेश्यालय धाउँथ्यो ।

त्यसपछि घर आएर परपुरुषसँग बोलेको निँहुमा श्रीमतीलाई भकुरेर पुरुषत्व देखाउँथ्यो ।

घनघसे

साँझमा घनघसे पिँढीको डिलमा एकोहोरिएर बसेको थियो । उसको कुकुर काले, अघिल्ला खुट्टामा चिउँडो अड्याएर घनघसेको दाहिने छेउमा बसेको थियो । आँगनमुन्तिरको बाँसघारीमा डाङ्रेहरू (सारौं) कराउँदै थिए । घनघसे दिक्क थियो ।