Skip to content

कथा

मगन्ते म

काठमाडौंको बसाइँ भनेपछि सधैंसधैंको हतार त हुने नै भयो । काठमाडौं खाल्डामा पढ्न होइन पढाउन कलेज धाउन थालेको पनि केही वर्ष भएको थियो । कोठाबाट कार्यक्षेत्रमा निस्कने गल्लीको केही पर गणेश मन्दिर थियो । प्राय: जसो दिन एउटा मगन्ते मन्दिरको छेउमा थोत्रो कपडा फिजाएर माग्न बस्थ्यो। ऊ पागल हो कि सद्धे हो कहिल्यै बुझ्ने फुर्सद भएन ।

त्यस टोलमा म बस्न थालेको पनि चार वर्ष भइसकेको थियो । उसले पहिलो दिनदेखि नै प्रत्येक दिन स्वागत र बिदाइ गरेकै थियो । भौतिक रूपमा अपाङ्ग नभए पनि मानसिक रूपमा त अपाङ्ग हुनैपर्छ किनकि बृद्ध अवस्था नहुँदै काम नगरेर मन्दिरको सहारा लिएर मागेर जीवन चलाउँदै थियो ।

त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल

त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल
“के भो र यसरी निन्याउरो हुनु भाको ?” पत्नीले निकै पटक सोधिसकिन् खेमजीलाई । तर उनी घर फर्किएर आएपछि यत्तिकै घोरिएका छन् । बोलेका छैनन् । फेरि पनि उनले खेरिन्- “हन के भो ! किन नबोल्नु भाको ? भन्नू कुरा के हो । केही भयो कि चूप लागेर बस्ने बानी छ…..!”
निकै खेरखारपछि खेमजीका मनका कुरा बिस्तारै प्रकट भए-
“कस्तो साइतमा हिंडिएछ । अहिलेसम्म सम्झनासाथ रौं ठाडा भइरकेका छन् !”
“कुरा के हो भन्नु न त !”

कुकुर

विहान उठेर नजिकै भित्तामा झुण्डिएको भित्तेपात्रोमा नजर डुलाएँ । आज गुरु पुर्णिमा रहेछ । मनमनै सोचेँ, ‘फेसबुकमा आचार्य गुरुको फोटो राखेर गुरुहरु प्रति सादरभाव प्रकट गर्नुप¥र्याे ।’ आचार्य गुरु मेरो आदर्श व्यक्ति हुन् । म जहाँ जस्तो स्थितिमा छु उनकै मार्ग दर्शनले छु ।

प्रतिशोध

डाँडाभित्र लुकेको सूर्य बिस्तारै देखा पर्न थालेको छ । कैयौँ रातहरू उसले नांगो आकाशमुनि काटेको छ, गाह्रो–पर्खाल, घरको ठोस रूपभन्दा बाहिर । रातको नीरवता र अन्धकार भयानक बनेर प्रकट भइरहने बितेका रातहरूको तुलनामा यसपटक फरक थियो । उसमा अतिरिक्त साहसको सञ्चार भएजस्तो अनुभव गरिराखेको थियो । के गएको रात उसका लागि माइलस्टोन हुनसक्छ उसको जीवन ?

नारीदिवस

बेलुका चाँडै घर पुग्छु भन्दाभन्दै प्रवेशजीलाई घर पुग्न ढिलो भो । डराउँदै डराउँदै घरमा पसे । पस्नासाथ डाँट आइलाग्यो—
“अनि किन यति ढिलो भो आज ?” पत्नीको प्रश्न थियो ।
“फोन गर्दा कतिपटक काटेको ? बरु भ्याउँदिन भनेको भए ता हुन्थ्यो नि ! ?” उनी अझ तिखो वचनमा कड्किइन् ।
“हैन, बाइकमा थिएँ, कता उठाउनु नि बाटोमा ? तिमीले नै भनेको हैन बाइकमा हिंडेको बेला फोन नउठाउनु भनेर ?”

माया (लघुकथा)

एउटा गाउँ थियो जहाँ एक जोडी बुढा बुढी बस्दै आएका थिए। बुढी सोझी अनि इमानदारी थिइन्। तर बुढा भने अलि खराब अनि जँड्यहाँ पाराको थियो। उनीहरुको सन्तान भने थिएनन्। यसै कारणले हो कि बुढो अलि पिउने गर्थ्यो।

बुढेसकालको सहारा

“मेरो छोरा हिजो सानो थिइस् । मेरो हात समातेर पाठशालासम्म पुग्थिस् । अनि, यही हात समातेर आज ठुलो भइस् । अहिले मलाई तेरो हात समातेर हिड्ने सहारा चाहिएको छ । के तलाई मसँग बस्ने फुर्सद छैन ? बाहिर मात्र कति सुख, सम्पत्ति, इमान, स्वाभिमान र इज्जत खोज्छस् ! यी तेरा बाबा आमाका डुब्दै गरेका आँखामा हेर्, सुख, सम्पत्ति, इमान, इज्जत र स्वाभिमान । हिजो सोचेथें छोरो ठुलो होला, सुख पाउला, धेरै धन सम्पति कमाउला, हामीलाई पनि सुख देला बुढेसकालमा सहारा होला । हामीले दुख भोगे पनि तेरो सधैं सुख र सन्तोषको कामना गर्यौ । मन्दिर मन्दिर धाएर अमुर्त भगवान् को मूर्तिलाई पूजा गर्यौं । त आज हामीलाई छोडेर कसरी शहर जाने कुरा गर्दैछस् हँ ?”

बाबु र छोरा

थानकोटको जाममा परेर होला मलाई बानेश्वरसम्म आउन पूरै तीन घन्टा लाग्यो । पहिलो पटक थियो काठमाडौँ आएको । आउन मन त कहाँ नभएको हो र तर पनि आफ्नै बाध्यताले गर्दा पूरै उन्नाइस वर्ष लागेछ यो काठमाडौँ सहर आउनलाई ।

साँझको छ बज्दै छ । झमक्क अँध्यारो परिसक्यो । नयाँ ठाउँ ठेगाना त छ, पत्ता लगाउन पो गाह्रो हुने हो कि ?

KapilMani

हराएको मान्छे

शुक्रवारको दिन बेलुकीको झण्डै ५ बज्न लागेको थियो । गाडीहरू तछाडमछाड गर्दै को अगाडि जाने भन्ने होडबाजीमा आलोपालो मिच्दै मान्छे तानातान गर्न लडिबुढि गरिरहेका थिए । हातमा कालो ब्याग समातेर उनी अर्थात झरना गाडीछेउ आइपुगिन् । म नजिकै ओर्लने भएकाले गर्दा बाहिर नै उभिएको थिएँ । खलासी भाइले तुलसीपुरसम्म हो भनेर उनलाई सिटमा लगेर राखिदियो ।

कुर्था सुरुवाल, लामो कालो कपाल, ओठमा हल्का रातो लिपिष्टिक, आँखामा गाजल एकोहोरो हेरी नै रहे । केही छिनमा गाडी भरियो र आफ्नो गन्तव्य तय गर्यो ।

नहुनुभन्दा कानो मामा ठिक

भूवन २ वर्षको हुँदा आमा बितिन् । हजुरबाबा हजुरआमाको उसले अनुहार देख्नै पाएन । छिमेकमा पनि त्यस्तै थियो । पल्ला घरे आमैकोमा रुँदै जाँदा अभागी होस् अभागी ! आमा टोकिहालिस् अब कसरी बाँच्छस् भन्थिन् । उसलाई के थाहा आमा टोकेका कुरा । ऊ भोक लाग्यो भन्थ्यो र रुन्थ्यो ।

पल्लाघरे आमै दयालु थिइन् । खाजा बनाउन लागेको भए खाजा, बिहानको खाना भए खाना ला खा भन्थिन् । उनको भन्थिन्, ‘अर्काका पुतको कल्याण गरे मात्र आफ्ना पुतको कल्याण हुन्छ ।’

यस्तो पनि हुन सक्छ !!

वर्णनात्मक लघु कथा
बालकलाई डल्ले भनिन्थ्यो । भर्खर दुई वर्ष लाग्दै गरेको भए पनि छोरो बडो चञ्चल थियो । उभिएर हिंड्न थालेको केही महिना भइसकेको थियो । हरेक कुरा चलाउने छुने खोल्ने तान्ने च्यात्ने पोख्ने फ्याँक्ने भाँच्ने आदि कुराहरुबाट ज्ञान हासिल गर्न बालखको दिमाग तीब्र थियो । तातो चिसो छुनु हुने नहुने गर्ने र नगर्ने आदि कुराको ज्ञान उसमा पसिसकेको थिएन । बडो प्यारो र खेलाऊँ खेलाऊँ लाग्दो थियो तापनि कसैको काखमा अडिन छोडेको थियो । डल्ले नै एकजनाको ढुक्क ड्युटी थियो ।

केही दिनका सपनाहरू

सायद पैँतीस–छत्तीस वर्षपछि होला म आज यसरी केटाकेटीसरह निर्धक्क लाजविहीन खेतमा दौडिरहेछु । वाह ! पहेँला जोडी पुतलीहरू उड्दै बस्दै गरिरहेका छन् । लाग्छ, तोरीको फूल नै उडिरहेको छ जस्तो । हामीले प्रकृतिसँग जोरी खोजेर सक्तैनौँ । आत्मविभोर भएर म चारैतिर फनफनी घुमेर हेर्छु । फेरि दौडिदिन्छु, अगलबगल हेर्छु । बौलाहा जस्तै भएर लडीबुडी खेल्न मन लाग्छ । मन र मस्तिष्कभरिभरि यस दृश्यलाई उतार्न मन लाग्छ । कति चञ्चली थिएँ, म यही खेतमा त हो लडीबुडी गर्दै ठूली भएकी ।

क्रन्दनपूर्ण सुहागरात

विवाहको पहिलो रात अर्थात सुहागरात। दिनभरिको वैवाहिक समारोहबाट क्लान्त भएको शरिरलाई अस्वभाविक निद्रामा पल्टाइएको रात। कुकुरहरू पनि भुक्दा भुक्दै भुक्न छाडेर अल्पस शयन गरेको रात। चराचुरुगिं पनि हाँगा-हुँगीमा, गुँड टोड्कामा दिनभरिको आफ्नो थकानलाई मेट्दै गरेको रात। पशु-चौपाया सधैझैँ गोठगोठमा बसी-बसी निद्रामै ओक्राउँदै गरेको रात। त्यो निर्जन र चकमन्न रात। निमेशभरकै बेहोसीबाट होसमा आउनेबित्तिकै मनमायाको तल्लो पेट बेजोडले हुडलिन्छ।

सन्तेको रातो कुकुर

सन्ते ११ पुगेर १२मा भर्खर टेकेको छ। बिहान झिसमिसेमै उठेर पुतपुती दौडिन्छ। खै कताबाट हो उसले सुसेली हाल्न, गीत गाउन, नाच्न पनि जानेको छ। ऊ बढो रमाइलो र हँसिलो पनि छ। हिड्दा-हिड्दै नाचिदिन्छ, कुरा गर्दागर्दै गाइदिन्छ। यो उमेरै उसको यस्तै हो। धेरै धेरै कुराहरू सिक्ने, जान्ने र नक्कल गर्ने समय हो यो उसको। त्यही उमेरका कारणले आजभोलि उसले उसको स्वभाव देखाउन थालेको छ। गाउँभरीका केटाकेटी जम्मागरेर पुत्ला बनाएर नारालगाउदै मूर्दावाद र जिन्दावाद भन्दै हिड्छ ऊ। कहिले झुम्राहरू जुत्ताको मोजामा भरेर गोलोबनाएर भलिवल खेल्छ। कहिले बारीको डिलमा टिन ठटाएर नाचेर गाएर बाँदर धपाउँछ।

प्रतिशोध

“हेल्लो प्रकाश!” प्रभातले मलाई सिधा नहेरिकनै हात अगाडि बढायो। मैले बलैले हात लगेर मिलाएँ। एकाएक म पुरानो स्मृतिमा पुगे। जतिबेला मेरो मन फाटेको थियो। मन रोएको थियो। मन दुखेको थियो। मनमनै मैले उसलाई पाखे भने। कोदे भने। मलाई उसले सुन्नेगरी भन्ने विचार थियो तर भनिन । उसको टाउकोदेखि खुट्टासम्म हेरे। भनिरहनु नपर्ने ऐनाजस्तै स्पष्ट लाग्यो। के छ खबर? भन्दा टाउको हल्लाए र मर्सिटिज गाडी र त्यस भित्र रहेकी मेरी श्रीमतीलाई देखाउदै अघि बढे।

बाइस वर्षअगाडि प्रभात र म हात्तीसार क्याम्पसमा आइएस्सी पहिलो वर्षमा सँगै पढ्थ्यौ। ऊ हेर्दा हाइफाइ र स्मार्ट थियो । ऊ मधेसबाट पढ्न आको म पहाडबाट। हाम्रो चिनजान औपचारिक मात्र थियो।

प्रेम

“आ हजुर यो खप्परमा सौता नै लेख्या जस्तो छ… !” मनमायाले एकाबिहानै लोग्नेसँग गुनासो पोखिन् ।

“धत्तेरी ! किन एकाबिहानै यस्तो अलच्छिना शब्द बोल्छ्यौ ए बुढिया…।” श्रीमती चाहिँले के भन्न खोज्दै थिइन्, बोल्नै नदिई बीचैमा बुझो लाइदियो हरिलालले ।

देवी

उमेशलाई अचेल सबैले पागलप्रेमी भनेर चिन्छन्। हुन पनि प्रेममा असफल भएपछि अचानक ऊ साहित्यकार भएको छ। पहिलो प्रेमको यादकै सहारामा जिउने, जिन्दगीमा कहिल्यै माया नगाँस्ने र बिहे नगर्ने कसम खाएको छ। जो भेटे पनि केही न केही साहित्यिक रचना सुनाइहाल्छ। उसको रचनामा प्रेमपछिको बिछोड झल्कन्छ। संयोगान्त रचना उसलाई खासै मन पर्दैन। कहिलेकाहीं त ऊ आफ्नै रचना सुनाउँदा-सुनाउँदै धुरु-धुरु रुन्छ। त्यतिकै उसलाई मान्छेले पागलप्रेमी भनेका होइनन्। अचेल उसले एउटा अन्त्यहीन यात्रा थालेको छ।

RajanThapa

ब्ल्याक नाइट गाउन

बर्खा आफ्ना अन्तिम दिनहरूमा काठमाडौँको खाल्डोलाई भिजाउने प्रयत्नमा थियो ।

घडी हरेँ पौने छ बजिसकेछ । ओहो ! छ बजेदेखिको निम्तो छ । साथीको दाइको रिसेप्सन पार्टीमा । पार्टीहरूमा जान रमाइलो लाग्छ मलाई । अरू कुरामाभन्दा पनि यस्तै पार्टीमा प्रायः सबै साथीभाइहरू भेटिन्छन् । अरू बेला सबै आआफ्नै काममा व्यस्त भए तापनि यस्ता पार्टीहरूमा सबै जनासँग भेट हुँदा रमाइलो हुने गर्छ ।

LalitaDoshi

रातका पतिहरू

एकाएक सडकमा छाएको चकमन्नताले लुनालाई कताकता शून्य लाग्छ। केही दिन अगाडिदेखि नै सडकनजिकैका घर थर्काउने खालको लाटीको आवाज कसैले सुन्न पाएका हुँदैनन्। लाटीका विषयमा भन्नुपर्दा, लाटीलाई परासी बजारमा सबैले चिन्छन्। प्रत्येक मान्छे ऊसँग परिचित छन्; कोही अपरिचित छैनन्। मानौँ सडक उसको पेवा नै हो। सधैँ सडकमा हे… हे… र ऐ… ऐ…. गर्दै चिच्याउने उसको आवाज कसैले थुन्न सकेका छैनन्। ऊ कान नै नसुन्नेचाहिँ होइन। कसैले ऐ भनेर बोलायो भने ऐ को प्रतिउत्तर ‘ऐ’मै दिन्छे। लाटीको अतित भने गर्भमै छ।

प्रेम र विश्वास

“ओहो! रक्षा कता हो? के छ खबर?” कसैले आकाशवाणी गरेर बोलाएझै लाग्यो। को रहेछ मेरै जस्तो नाम गरेको व्यक्ति, पछाडि फर्केर हेरें।

“रक्षा केहो बिर्सियौ? हामीसँगै स्कुल पढेको के त। हेर कति चाडैं बिर्सिएकी म कल्पना क्या !”

“अरे, तिमी कल्पना?”

“हो नि, तिमीले त बिर्सिछौ क्यारे !”