मगन्ते म
काठमाडौंको बसाइँ भनेपछि सधैंसधैंको हतार त हुने नै भयो । काठमाडौं खाल्डामा पढ्न होइन पढाउन कलेज धाउन थालेको पनि केही वर्ष भएको थियो । कोठाबाट कार्यक्षेत्रमा निस्कने गल्लीको केही पर गणेश मन्दिर थियो । प्राय: जसो दिन एउटा मगन्ते मन्दिरको छेउमा थोत्रो कपडा फिजाएर माग्न बस्थ्यो। ऊ पागल हो कि सद्धे हो कहिल्यै बुझ्ने फुर्सद भएन ।
त्यस टोलमा म बस्न थालेको पनि चार वर्ष भइसकेको थियो । उसले पहिलो दिनदेखि नै प्रत्येक दिन स्वागत र बिदाइ गरेकै थियो । भौतिक रूपमा अपाङ्ग नभए पनि मानसिक रूपमा त अपाङ्ग हुनैपर्छ किनकि बृद्ध अवस्था नहुँदै काम नगरेर मन्दिरको सहारा लिएर मागेर जीवन चलाउँदै थियो ।


डाँडाभित्र लुकेको सूर्य बिस्तारै देखा पर्न थालेको छ । कैयौँ रातहरू उसले नांगो आकाशमुनि काटेको छ, गाह्रो–पर्खाल, घरको ठोस रूपभन्दा बाहिर । रातको नीरवता र अन्धकार भयानक बनेर प्रकट भइरहने बितेका रातहरूको तुलनामा यसपटक फरक थियो । उसमा अतिरिक्त साहसको सञ्चार भएजस्तो अनुभव गरिराखेको थियो । के गएको रात उसका लागि माइलस्टोन हुनसक्छ उसको जीवन ?
बेलुका चाँडै घर पुग्छु भन्दाभन्दै प्रवेशजीलाई घर पुग्न ढिलो भो । डराउँदै डराउँदै घरमा पसे । पस्नासाथ डाँट आइलाग्यो—
“मेरो छोरा हिजो सानो थिइस् । मेरो हात समातेर पाठशालासम्म पुग्थिस् । अनि, यही हात समातेर आज ठुलो भइस् । अहिले मलाई तेरो हात समातेर हिड्ने सहारा चाहिएको छ । के तलाई मसँग बस्ने फुर्सद छैन ? बाहिर मात्र कति सुख, सम्पत्ति, इमान, स्वाभिमान र इज्जत खोज्छस् ! यी तेरा बाबा आमाका डुब्दै गरेका आँखामा हेर्, सुख, सम्पत्ति, इमान, इज्जत र स्वाभिमान । हिजो सोचेथें छोरो ठुलो होला, सुख पाउला, धेरै धन सम्पति कमाउला, हामीलाई पनि सुख देला बुढेसकालमा सहारा होला । हामीले दुख भोगे पनि तेरो सधैं सुख र सन्तोषको कामना गर्यौ । मन्दिर मन्दिर धाएर अमुर्त भगवान् को मूर्तिलाई पूजा गर्यौं । त आज हामीलाई छोडेर कसरी शहर जाने कुरा गर्दैछस् हँ ?”
शुक्रवारको दिन बेलुकीको झण्डै ५ बज्न लागेको थियो । गाडीहरू तछाडमछाड गर्दै को अगाडि जाने भन्ने होडबाजीमा आलोपालो मिच्दै मान्छे तानातान गर्न लडिबुढि गरिरहेका थिए । हातमा कालो ब्याग समातेर उनी अर्थात झरना गाडीछेउ आइपुगिन् । म नजिकै ओर्लने भएकाले गर्दा बाहिर नै उभिएको थिएँ । खलासी भाइले तुलसीपुरसम्म हो भनेर उनलाई सिटमा लगेर राखिदियो ।
भूवन २ वर्षको हुँदा आमा बितिन् । हजुरबाबा हजुरआमाको उसले अनुहार देख्नै पाएन । छिमेकमा पनि त्यस्तै थियो । पल्ला घरे आमैकोमा रुँदै जाँदा अभागी होस् अभागी ! आमा टोकिहालिस् अब कसरी बाँच्छस् भन्थिन् । उसलाई के थाहा आमा टोकेका कुरा । ऊ भोक लाग्यो भन्थ्यो र रुन्थ्यो ।
विवाहको पहिलो रात अर्थात सुहागरात। दिनभरिको वैवाहिक समारोहबाट क्लान्त भएको शरिरलाई अस्वभाविक निद्रामा पल्टाइएको रात। कुकुरहरू पनि भुक्दा भुक्दै भुक्न छाडेर अल्पस शयन गरेको रात। चराचुरुगिं पनि हाँगा-हुँगीमा, गुँड टोड्कामा दिनभरिको आफ्नो थकानलाई मेट्दै गरेको रात। पशु-चौपाया सधैझैँ गोठगोठमा बसी-बसी निद्रामै ओक्राउँदै गरेको रात। त्यो निर्जन र चकमन्न रात। निमेशभरकै बेहोसीबाट होसमा आउनेबित्तिकै मनमायाको तल्लो पेट बेजोडले हुडलिन्छ।
सन्ते ११ पुगेर १२मा भर्खर टेकेको छ। बिहान झिसमिसेमै उठेर पुतपुती दौडिन्छ। खै कताबाट हो उसले सुसेली हाल्न, गीत गाउन, नाच्न पनि जानेको छ। ऊ बढो रमाइलो र हँसिलो पनि छ। हिड्दा-हिड्दै नाचिदिन्छ, कुरा गर्दागर्दै गाइदिन्छ। यो उमेरै उसको यस्तै हो। धेरै धेरै कुराहरू सिक्ने, जान्ने र नक्कल गर्ने समय हो यो उसको। त्यही उमेरका कारणले आजभोलि उसले उसको स्वभाव देखाउन थालेको छ। गाउँभरीका केटाकेटी जम्मागरेर पुत्ला बनाएर नारालगाउदै मूर्दावाद र जिन्दावाद भन्दै हिड्छ ऊ। कहिले झुम्राहरू जुत्ताको मोजामा भरेर गोलोबनाएर भलिवल खेल्छ। कहिले बारीको डिलमा टिन ठटाएर नाचेर गाएर बाँदर धपाउँछ।
“हेल्लो प्रकाश!” प्रभातले मलाई सिधा नहेरिकनै हात अगाडि बढायो। मैले बलैले हात लगेर मिलाएँ। एकाएक म पुरानो स्मृतिमा पुगे। जतिबेला मेरो मन फाटेको थियो। मन रोएको थियो। मन दुखेको थियो। मनमनै मैले उसलाई पाखे भने। कोदे भने। मलाई उसले सुन्नेगरी भन्ने विचार थियो तर भनिन । उसको टाउकोदेखि खुट्टासम्म हेरे। भनिरहनु नपर्ने ऐनाजस्तै स्पष्ट लाग्यो। के छ खबर? भन्दा टाउको हल्लाए र मर्सिटिज गाडी र त्यस भित्र रहेकी मेरी श्रीमतीलाई देखाउदै अघि बढे।
उमेशलाई अचेल सबैले पागलप्रेमी भनेर चिन्छन्। हुन पनि प्रेममा असफल भएपछि अचानक ऊ साहित्यकार भएको छ। पहिलो प्रेमको यादकै सहारामा जिउने, जिन्दगीमा कहिल्यै माया नगाँस्ने र बिहे नगर्ने कसम खाएको छ। जो भेटे पनि केही न केही साहित्यिक रचना सुनाइहाल्छ। उसको रचनामा प्रेमपछिको बिछोड झल्कन्छ। संयोगान्त रचना उसलाई खासै मन पर्दैन। कहिलेकाहीं त ऊ आफ्नै रचना सुनाउँदा-सुनाउँदै धुरु-धुरु रुन्छ। त्यतिकै उसलाई मान्छेले पागलप्रेमी भनेका होइनन्। अचेल उसले एउटा अन्त्यहीन यात्रा थालेको छ।
एकाएक सडकमा छाएको चकमन्नताले लुनालाई कताकता शून्य लाग्छ। केही दिन अगाडिदेखि नै सडकनजिकैका घर थर्काउने खालको लाटीको आवाज कसैले सुन्न पाएका हुँदैनन्। लाटीका विषयमा भन्नुपर्दा, लाटीलाई परासी बजारमा सबैले चिन्छन्। प्रत्येक मान्छे ऊसँग परिचित छन्; कोही अपरिचित छैनन्। मानौँ सडक उसको पेवा नै हो। सधैँ सडकमा हे… हे… र ऐ… ऐ…. गर्दै चिच्याउने उसको आवाज कसैले थुन्न सकेका छैनन्। ऊ कान नै नसुन्नेचाहिँ होइन। कसैले ऐ भनेर बोलायो भने ऐ को प्रतिउत्तर ‘ऐ’मै दिन्छे। लाटीको अतित भने गर्भमै छ।