Skip to content

छोरो बा को छेउमा गएर “बा भाउ बढ्यो भनेको के हो?”
“किन चाहियो यसलाई ?”
“भन्नु न”
“भाउ बढ्यो भनेको पैसा बढ्यो, के भन्छ नि दाम बढ्यो भनेको के मोरा” ग्वाला हाँस्दै भन्यो
“उसो भए बा, दुधको भाउ बढ्यो रे, अब हामी पनि धनी हुन्छौं हैँ ?”
“कसले भन्यो बाबु तिमिलाई यस्तो कुरा ?” ग्वाला झस्कियो
छोरो जान्ने पल्टिदै “त्यो हाम्रो बा को रेडियोले भनेको नि”
ग्वाला रातो अनुहार पार्दै “कहाँबाट बढ्नु दुधको भाउ, त्यो त शहरमा पाइने प्याकेट दुधको भाउ मात्र बढेको हो नि । यो दुध त उहि ४० रुपैयाँ लिटर नै छ नि ।”
बा खोले पकाईरहेका थिए
गाई पराल चपाईरहेको थियो
छोरो फेरि रेडियो बटार्न पुगिगयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *