Skip to content

राष्ट्रिय कविता

नौलो सिर्जना

  • by

नेपाली बन्न हामीले नेपाल राख्नपर्छ है,
नयाँ विवेक पालेर उपद्रो मास्नपर्छ है ।

अठोट नव सोच्दामा पर्दैन फस्न कष्टमा,
सुन्दर कर्म गर्दामा पर्दैन पर्न भ्रष्टमा ।
बोली आदर्श भैदेमा मतिच्यूत हुँदैन र,
व्यवहार नभै राम्रो खराबी ल्याउँदैन र !

हिमालको देश नेपाल

शान्ति प्रिय देश हाम्रो विश्वक्षेत्रको माझ
उच्च उच्च हिमालहरूको रहेको छ यहाँ रास

आकृष्ट पारेको छ पर्यटकहरूलाई सगरमाथाले
विश्वमा नाम राख्न सफल सगरमाथाले

म र मेरो देश

करोड आत्मा लिएर हातमा, नेपाल यसस्वी
सगरमाथा भएर बस्यो, संसारी तपस्वी
म यहाँ जन्में यो मेरो देश, म आफैं नेपाली
चम्केर सधैं रहन्छन् मेरा, पहाडी हिमाली

बादलको छाया नेपालको मायाँ, लिएर बस्छु म
हरिया, सेता नेपाली पहाड, मुसारी बस्छु म
यो देश मेरो सुसार गरि, बस्तछु खालि म
अँगालो हाली सगरमाथा चुमेर बस्छु म

बिचरा देशकै चिन्ता

  • by

मन्दिरहरूमा वर माग्दै ढुङ्गो पुज्दै देशकै चिन्ता,
सत्ता हुँदा भाडमा देश कुर्सी गुम्यो त्यसकै चिन्ता ।

कुर्शी गुम्ने सबै जनलाई टाढा पर्दा त्यसको चिन्ता,
अवसर हुदा आफ्नै चिन्ता सारा गुम्दा देशको चिन्ता ।

एकजुट भई बनाउँ देश

अब नहिँने सही बाटो
हिँडने चाहिँ कैहिल्यै हो,
एकजुट भई बनाउँ देश
देखाउने बेला अहिल्यै हो ।।१।।

देश रहे हामी रहन्छौं
अनि रहला संस्कृति,
दाजुभाई नल्याउ है
बिन्ती देशमा विकृति ।।२।।

उठेर अब जुट्नु पर्छ

एक सय चार सालको कालो औंशी रात
सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास
जनता नास्ने भुत रे’छ, कुरा गाँइगुई चल्यो
एक कान, दुई कान, हुदैं मैदान, मुलुकभरि फैल्यो

अब त अबेर भइसक्यो

उठ न उठ नेपाली अब
बर्बादै भइसक्यो
जाग न जाग नेपाली अब
अबेर भइसक्यो
हेर न हेर सामन्तवाद अघि बढिरहेछ
उ हेर त उता विस्तारवाद मौलाई रहेछ

धर्ती हाम्री माता जननी

धर्ती हाम्री माता जननी
हिमाल सबैको शिरको टोपी,
हामी सबै अधि बढौं
अब शान्तिको बिऊ रोपी ।।१।।

बाउन क्षेत्री नेवार भन्छौं
मधेसी तामाङ्ग लिम्बू राई,
किन कुरा बुझदैनौं अब नि
हामी सबै भाइ–भाइ ।।२।।

मेरो देश

भौगोलिक प्राकृतिक साँस्कृतिक बिबिधताले
हाम्रो देशलाई मौलिक बनाउने
सामाजिक प्राचिन कलाकृतिले आतिथ्यता
प्रदान गरी अतिथि आगमन बढउने

BishnuPun

मेरो प्यारो जलजला

  • by

निलो निलो
आकाशभन्दा
धेरै तल तल
बस्तीहरू भन्दा केही
माथि माथि
क्षितिजसँग
अमर प्रित गाँस्दै
निर्जन टाकुराबाट
सिर्जनाको संगीत
गुञ्जाइरहने
मेरो प्यारो जलजला ।

मेरो देश सुन्दर छे र सु-सम्पन्न छे

  • by

कसैले कस्तो देख्लान
कसैले बेग्लै देख्लान
र कसैले रुँदै गरेको देख्लान
तर म देख्ने गर्छु
मेरो देश सदा सुन्दर र
बसन्तको नयाँ पालुवा झैं

मातृभूमिको झझ्ल्को

  • by

प्रभातको शुन्यलाई चिर्दै
जब घाम मध्यान्तरमा पुग्थ्यो
टावरहरू तातो घामले डढ्दै
तातै बालुवाको लेप लगाउँदै
सडक् वरिपरि उभिएका
खजुरका बोटहरूलाई छल्दै