उठ न उठ नेपाली अब
बर्बादै भइसक्यो
जाग न जाग नेपाली अब
अबेर भइसक्यो
हेर न हेर सामन्तवाद अघि बढिरहेछ
उ हेर त उता विस्तारवाद मौलाई रहेछ
ए नेपाली नेताहरू
किन ब्युझिन्नौ तिमीहरू ?
ए नेपाली जनताहरू हो
किन जाग्दैनौ तिमीहरू ?
ए उठ न उठ विस्तारवाद र साम्राज्यवाद
उखेलेर फाल्न उठ गाउ र बस्तीबाट उठ
बरु जीवन बलिदान दिन परोस
पुर्खाहरूको इज्जत प्रतिस्ठा बडोस
साम्राज्यवाद र विस्तारवाद मौलाउनदिनुहुन्न
हाम्रो मुलुकको सिमा अतिक्रमन हुन दिनुहुन्न
अब त्यसै तिनीहरूलाई हामीले छाडनुहुन्न
त्यसैले जाग न जाग नेपालीहरू
अब त अबेर भइसक्यो
हेर हामी नजाग्दा नै
हेर हामी नजाग्दा नै
कालापानी, सुस्था सबै आफ्नो बनाइसक्यो
हेर त त्यहा ति साम्राज्यवादका नोकरहरू
हामी भाइभाइका बिचमा फाटो ल्याइसक्यो
अखन्ड राष्ट्रलाई टुक्रा टुक्रा बनाई
फाइदा पनि लुट्ने भइसक्यो
हेर त उता नेपाल आमा
सन्ततिको वियोगमा डुल्दा डुल्दा
भित्र भित्रै चिथोरिरहेकी
हामी पनि सुस्ताउदा सुस्ताउदै,
उ हेर त उता अब त अबेर भइसक्यो
विविध बहानामा उसले आफ्नो
स्वार्थ पुरा गर्ने भइसक्यो
हामी माथि उपनिबेश कायम गर्न
आफ्नो आफ्नो जाल बुनिसक्यो
त्यसैले,
उठ न नेपाली उठ अब त
अबेर भइसक्यो
जाग न जाग नेपाली अब
कालापानी, सुस्ता सबै आफ्नो बनाइसक्यो
कालापानी, सुस्ता सबै आफ्नो बनाइसक्यो
