Skip to content


भौगोलिक प्राकृतिक साँस्कृतिक बिबिधताले
हाम्रो देशलाई मौलिक बनाउने
सामाजिक प्राचिन कलाकृतिले आतिथ्यता
प्रदान गरी अतिथि आगमन बढउने

चाँदी झै टल्कने हिमालले डाँफे झैँ मुस्काइदिने
पटकी बाधेका पहाडले कम्मर मसक्क मस्काइदिने
तन्ना झै बिच्छायका तराइले घुघुरा बजाइदिने
सानो मुलुक भए पनि अथितिको हृदयमा
ठुला ठुला शब्द घन्काइदिने

प्रकृतिको सुन्दर पहाड पखेरा छाङ्गा छहरा
बनजङल लेकबेशी डाँफे मुनाल शोभायमान
हिमाच्छादित शिखर सदा हरित बनसम्पदा
लुकामारी खेल्नाले आतिथ्यता इज्जतको
उचाइ निजी पहिचान हाम्रो आतिथ्य परम्परा

बसन्तमा रमाउन गृष्ममा उमङ्गित हुन
शिशिरमा सुस्ताउन चाहनेलाई बिबिधता
बतुलेर नबिनता दियर घुमाइरहन सक्छन
अतिथिलाई आदर सत्कार गरेर

बेदानरहित बनाउछन सौखको सगरमाथा
कामनाको कन्चनजङ्घा ममताको माछापुच्छ्रेले
स्वर्ग उतार्छन कोशिको कलकल राजपुरको रौस
सैलुङ्को मरमर अनि फेवाको गाम्भ्रीयले

स्वोर्गको आभास दिलाउने नविनता
हृरदय पगाल्ने अविस्मरनिय हार्दिकता
आतिथ्य प्रदान गर्न स्वागत सत्कार
ब्यवहारमा विविधता सहजता र स्वाभाविकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *