Skip to content


हामी सक्छौँ वरपर डुलौँ, ज्ञान विज्ञान खोजौँ
शिक्षा-दीक्षा हितकर हुने भावना स्वच्छ रोजौँ
हामी हाम्रो मुलुकभरको दुःख देखी नतर्सौँ
छाडौँ अल्छी, कुनियत सबै देशलाई नबिर्सौँ ।

हेरौँ हाम्रा नजर भरका उच्च आदर्श देश
हामी लागौँ प्रगति पथमा बन्छ नेपाल बेस
स्वार्थी नेतागण किन भए ? मात्र तीदेखि तर्सौँ
ज्यानै अर्पौँ तर पनि कठै ! देशलाई नबिर्सौँ ।

जे जे पर्ला ! अब अघि बढौँ, क्रान्तिदेखि नतर्सौँ
मौका हेर्दै, गतिविधि बुझौँ, देशलाई नबिर्सौँ ।
खोजौँ आफ्नो हक, बिहकमा भित्रभित्रै नपिल्सौँ
प्राणै त्यागौँ तर पनि यहाँ, देशलाई नबिर्सौँ ।

– चुँदीरम्घा, तनहूँ ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *