नेपालमा राष्ट्रिय एकताको बिकास गराउ
हिमालको काखमुनी बसी हाँसी-खुशी रमाउ
भौगोलिक, प्राकृतिक, सास्कृतिक गरिमा हाम्रो
सामाजिक एकता नमेतिने इतिहास हाम्रो
सर्बोच्च शिखर इतिहास बिश्वमा नेपालको
राष्ट्रियता र स्वतन्त्रता मुल मन्त्र नेपालको
शान्तिको सन्देश फैलाउने राष्ट्र इतिहासमा
स्वाधिनताको लागि जनबिद्रोह इतिहासमा
शान्तिभूमि नाम बिश्व इतिहासमा नेपालको
जातीय धार्मिक भाषिक स्वतन्त्रता नेपालको
बेगल पहिचान मौलिक सस्कृति इतिहासमा
धर्म निरपेक्षता र गणतन्त्र इतिहासमा
गरीब जन जाति कृषि पेशामा नेपालको
स्वाभिमानी र शाहसी नै बिशेषता नेपालको
सीमा सुरक्षा र राष्ट्रियता समस्या नेपालको
शान्ति नै हो अपरिहार्यता आजको नेपालको
