गीति कविता
नूतन वर्षको प्रतीक्षामा
एउटै हाम्रो संसार जस्तो नापोको कागज,
वर्षीय पात्रो फाटियो हाम्रो समय घर्कियो ।
महिना पनि वर्षको जस्तो वितेको हा ! क्षण,
एघार पन्ना धुजाका धुजा मक्किई च्यातियो ।
बोकेको भारी बोझीलो ज्यादै कुप्रियो शरीर,
पात्रोमा हेर्दा पन्ना नि छैन मौलायो कोरोना ।
माछाको कीरा टल्केको हेर जाली छ बाह्रको,
आशाको नयाँ लिएर पन्ना बैशाख आउँला ।
कोरोना कहर
हे ! श्रेष्ठ जीव मानव तिमी चुक्यौ कि चुकिनौ
मृत्युको डङ्क बजेको हेर चाख्यौ कि चाखिनौ
तिम्रो त्यो दर्द कत्तिको हुन्छ मलाई थाहा छ
मेरो त्यो पीडा जत्ति नै भए तिमीले बुझिनौ
फुलले भन्थे नटिप अब मलाई दुख्दछ
बोटले पनि त्यसैनै भन्थे भोअब नकाट
देवको नाम लिएर तिमी आतङ्क फैलायौ
बलि र भोग भनेर तिमी सुगन्ध मनायौ
मेरी आमाको सिउँलो पु्छिएको देखें
वैरीलाई पर परै छेक्ने कोही छैन
नेपालीको मनको बह देख्ने कोही छैन ।।
ठान्दा होलान् वैरीलाई भगाइन्छ यस्तो
सत्रहजार आफ्नै दाजु भाइ मारे जस्तो ।।
कलाकारको गाउँदा गाउँदै गलो बसेको छ
मित्रताको नाममा आज ब्वाँसो पसेको छ ।।
मित्र देख्नु पर्ने ठाउमा शत्रु लेख्न थालें
धरापमा मेरो देश मैले देख्न थालें ।।
देश थाम्ने युवा उतै ताबेदारी गर्छन्
ओखतीको थोपो बिनै आमाबाबु मर्छन् ।।
सपना पनि रगतले मुछिएको देखें
नेपालको सिउँदो मैले पुछिएको देखें ।।
लिपुनिर बाउको शिर तछारेको देखें
आमालाई माझ सडकमा पछारेको देखें ।।

गोधूलि यो साँझलाई आज मेरो साथमा
ढुङ्गो हो कि मन तिम्रो, बुझ्दैन भावना यो मनका
हजुर बिना प्राण छैन, कसम हजुर
भन्नलाई गाह्रो हुन्छ भावनाका कुरा
अज्ञानको छ निद्रा निद्रा टुटाउने छन्
न खुलेका कथाहरू तिमीलाई नै भन्न सक्छु
जल्दैछ आगो शङ्काको त्यहीँ अल्झेँ सँगसँगै बल्दैछु
तिमीले साथ छोड्यौ भने यो जीवन अब साँच्दिन म
रोटे पिङ खेल्न नपाई अनि न टीका लगाई