Skip to content


रोटे पिङ खेल्न नपाई अनि न टीका लगाई
यो दशैं पनि बित्ने भो यसै घरमा नआई

जमरासँगै आशीर्वाद दिने जननी कस्ती छन् ?
दाजुलाई सम्झी बहिनी पनि रोएकी जस्ती छन्
पियारी भोकै बसेकी होलिन् प्रसादी नखाई
यो दशैं पनि बित्ने भो यसै घरमा नआई

दशैंको खुसी मान्न म आमा अर्को साल आउँला
नरोए प्यारी पिरती नौलो त्यै बेला लाउँला
भाग्ने भो खुसी मबाट टाढा यो मनमा नछाई
यो दशैं पनि बित्ने भो यसै घरमा नआई ।

-रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *