जल्दैछ आगो शङ्काको त्यहीँ अल्झेँ सँगसँगै बल्दैछु
आफ्नो भन्नेले धोका दियो पीडामा आफै जल्दैछु ।
छातीभित्र मुटु कसैको मनमा लुक्न नसकिने रहेछ
झुठो बोल्छन् मान्छेहरू मनमै बस्ने कुरा कथा रहेछ,
मनमै कुरा लुकाउने भेटेपछि जीउँदै आज जल्दैछु
आफ्नो भन्नेले धोका दियो पीडामा आफै जल्दैछु ।
जनम जनम साथ दिने बाचा गर्ने पापी मन देखें
सँगै बसी अर्काको चिन्ता गर्ने मान्छे पनि भेटें,
यस्तै होला धोका दिनेहरू संसारमा सामुन्ने देख्दैछु
आफ्नो भन्नेले धोका दियो पीडामा आफै जल्दैछु ।