Skip to content

कोरोना छायो औँशी ल्यायो


कोरोना छायो औँशी ल्यायो पुर्ने कहिले छाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

हाँस्ने चाह छ सबैको, रुने कसलाई मन छ र
मुटु नै मिची छातीमै थिची हाँस्नु पर्यो तर
कोरोना आयो आँसु ल्यायो हाँसो कहिले पाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

बाँच्ने चाह छ सबैको, मर्ने कसलाई मन छ र
चितामै बली चिन्तामै जली बाँच्नु पर्यो तर
कोरोना धायो दुःख ल्यायो सुख कहिले पाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

डम्बर बिकेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *