Skip to content

गीति कविता

आमा

कालो–कालो रूप थियो गालामा थियो कोठी
चाँदीझैँ कपाल थियो छोटो लगाउँथिन् धोती
आँखा थिए निर्मल ठूला सलक्क परेका आँखीभौँ
गए तिनका दिन कठै ! राम्रो नलाईकनै ।

कस्तो रैछ माया तिम्रो धारै धार थियो…

टुक्रा टुक्रा मुटु मेरो पारेर गयौ
कस्तो रैछ माया तिम्र्रो धारै धार थियो
मायाको नासो अब याद मात्रै रहयो
खुशी अनि जित तिम्रै हार मेरो भयो

म बाँचेर के अर्थ

यो मेरो भौतिक शरीर रचना, मिल्काई दिऊँ कतै
आडम्वरी यो मायाबाट छुटन, जीवन सेलाऊँ त्यतै
कसैको चित्त बुझाउन नसके, धर्ती बोझ के गर्नु
सभ्य समाजमा हुर्कन नपाए, त्याँ के संघर्ष गर्नु ?

मिचिन्छ यहाँ – मेरो देशमा !

मेरो देशमा !
कुखुराको सुली, छोरीको फुली र बर्दीको फुली बेचिन्छ यहाँ
केटाकेटी, अबलाको कुरा छोडौ हजुर ! घरकै मुली बेचिन्छ यहाँ

गाईहरुको चक्काजाम छ यहाँ, रोडमा बच्चाहरू किचिन्छ यहाँ
मेरो देशको नबोल्ने सीमाहरू दिनदहाडै मिचिन्छ यहाँ !

इमान हराएपछि

प्रिय मान्छे बिरानो बन्छ स्वार्थ पलाएपछि
बाटो नि फरक हुन्छ आगो जलाएपछि
गोरेटोमा यात्रा जारी हुँदा हुँदै
मनहरू पागल हुन्छन् इमान हराएपछि

हजारौ गल्ती तिम्रा मायामा भुलिदिन्छु

हजारौं गल्ती तिम्रा मायामा भुली दिन्छु
आँसुमा डुब्छौ कति माफिको हाँसो दिन्छु

जानेरै भए केही अन्जान थिए कति
मुटुको कुनातिर माया थ्यो अलिकति
छोडेर झुट सबै सत्यता अंगाली देऊ
एक त्यान्द्रो चोखो माया समाती साथ दिन्छु

जीवन रंग


बाटो लामो अनेक रंगमा फुल्दै हिडे म
हर्षहरू बाड्दै आए आँशुहरू भुल्दै हिडे म ।

हर बिहान तर्दै साँघु बेसी खोलामा
फर्कन्छु सपना बोकी मनको झोलामा
बाटो लामो अनेक रंगमा फुल्दै हिडे म
मिलनको यादमा बाँचे चोट भुल्दै हिडे म ।

नपाउने जूनको लागि

भोकै तिर्खै कति बसेँ पिरतीमा उनको लागि
ब्यर्थै त्याग गरिएछ नपाउने जूनको लागि

आँखा जुँध्दा पिरतीको खेती भयो नयनमा
नभित्र्याउँदै बग्यो बाली सेती भयो नयनमा
कोही लडे सुनको लागि कोही लडे नूनको लागि
म चाहिं लडेँ माया भन्दै नपाउने जूनको लागि

डल्ला फोर्दै जाऔँ

कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ
गह्राभरि जाँगर पोखी डल्ला फोर्दै जाऔँ

स्वाभिमान थिचिन्छ कि थिच्न दिनुहुन्न
साँध किल्ला मिचिन्छ कि मिच्न दिनुहुन्न
सगरमाथा जस्तै उच्च शिर हुनुपर्छ
यो देशलाई जोगाउने वीर हुनुपर्छ

चाल रहेछ ! मृगको रुप

चाल रहेछ ! मृगको रुप मखमल
उनलाई देखेपछि भएँ अलमल

पत्थर पत्थर रहेन मैन भयो मुटु
त्यै आँखामा आँखा भए लुटुपुटु
ऊ आएर अँधेरी नै भयो झलमल
उनलाई देखेपछि भएँ अलमल

तिमी गएदेखि

छाडेर आफूलाई आफ्नो दिल गयो
तिमी गएदेखि मलाई के भयो-भयो

बित्ने गर्छन रातहरू तारा गनी-गनी
फुल्न छोड्यो रहरको फूलहरू पनि
न बाँकी भोक रह्यो न त निद रहयो
तिमी गएदेखि मलाई के भयो भयो

असारे गीत

नआऊ यता बिउको पाँजो मुठीमा च्यापेर
सुकिलो जीउ मैल्याइदिम्ला धमिलो छ्यापेर

चिटिक्क पहिरन लगाई खेतमा नआऊ जिस्किन
आइसकेपछि यत्तिकै सद्दे पाउँदिनौ निस्किन
बाउसेलाई भेट्न रोपारे बन्ने बहाना बनाउँछ्यौ
पर्ख न अब हिलोमा गड्छ्यौ असार मनाउँछ्यौ

मार्यो मायाले

डेरा सटुक्कै सार्यो मायाले
मलाई भुतुक्कै मार्यो मायाले

मेरो चेहरा तिमी भए उज्यालो
तिमी नहुँदा खाली रित्तो अँगालो
भन्दै उबेला आँसु झार्यो मायाले
मलाई भुतुक्कै मार्यो मायाले