कालो–कालो रूप थियो गालामा थियो कोठी
चाँदीझैँ कपाल थियो छोटो लगाउँथिन् धोती
आँखा थिए निर्मल ठूला सलक्क परेका आँखीभौँ
गए तिनका दिन कठै ! राम्रो नलाईकनै ।
यो मेरो भौतिक शरीर रचना, मिल्काई दिऊँ कतै
आडम्वरी यो मायाबाट छुटन, जीवन सेलाऊँ त्यतै
कसैको चित्त बुझाउन नसके, धर्ती बोझ के गर्नु
सभ्य समाजमा हुर्कन नपाए, त्याँ के संघर्ष गर्नु ?
भोकै तिर्खै कति बसेँ पिरतीमा उनको लागि
ब्यर्थै त्याग गरिएछ नपाउने जूनको लागि
आँखा जुँध्दा पिरतीको खेती भयो नयनमा
नभित्र्याउँदै बग्यो बाली सेती भयो नयनमा
कोही लडे सुनको लागि कोही लडे नूनको लागि
म चाहिं लडेँ माया भन्दै नपाउने जूनको लागि