Skip to content

बाल कविता

दूर दृष्टि राखौँ

  • by

घुम्दै, फिर्दै वैशाख नयाँ वर्ष आयो रे
लालाबाला सबैमा खुसियाली छायो रे ।
देशको कानुन, संविधान बनोस् नयाँ वर्षमा
अढाई कोटि नेपाली बाँचुन् शान्ति हर्षमा ।

बाँदरजस्तो नबन्नू

आज हाम्रो बारीमा
ढेडु बाँदर आएछ
भर्खर दाना पसेको
मकै भाँची खाएछ ।
फूल टिपेर च्यातेछ
फापरबारी नाचेछ
रूखरूखै उफ्रेर
हाँगाबिँगा भाँचेछ ।
हेर्दा हामी जस्तै छ

चरी

  • by

चिरविर, चिरविर गर्दै गाउँछे
चरी आँगनीमा
चारा टिप्दा छर्छे विस्कुन
कहिले कुनाकुनीमा ।
भुर्र यता, भुर्र उता
गर्दै नाच्छे चरी
सधैँजसो लिइजान्छे
चारा चुच्चाभरि ।

देशप्रेम

  • by

प्यारो लाग्छ हामीलाई
आफू जन्मेको यो देश
थरीथरीका छन् यहाँ
आˆनै भाषा र भेष ।
गौतम बुद्ध जस्ता
शान्तिका अग्रदूत जन्मे यही देशमा
गोर्खालीमा वीरता झल्किन्छ
यही राष्ट्रिय भेषमा ।

सुन्दरीजल जाऔँ

  • by

सुन्दरीजल जान भनी उठीकन मैले
जति थिए कामहरू सबै गरेँ पैले ।
सबैजना मिलीकन स्कुलमा गयौँ
शिक्षक र साथीहरू एकै ठाउँ भयौँ
बसमा चढी सररर सुन्दरीजल पुग्यौँ
उकाली र ओरालीमा रमाइलो गर्‍यौँ

दहभित्र

  • by

सफा निर्मल दहमा
आज जून झरेछ
त्यही जून देखेर
माछा छक्क परेछ !
माछाहरू दहमा
सबै भेला भएछन्
जून राखी माझमा
वरिपरि बसेछन् ।
एउटा सानु माछोले
जून छुन खोजेछ
जूनतिर देखाउँदै

विद्यार्थी हुँ म

एउटा असल विद्यार्थी हुँ म अन्धकार हटाउँछु
अज्ञानताको जरो उखेल्दै शिक्षित म बन्छु
सधैँ मेरो साथमा हुन्छ कापी अनि कलम
देशको इज्जत जोगाउन लगाउनेछु मलम ।