हिमालको चीसो हावा छ
पहाडको मीठो पानी छ
तराईको सम्म जमिनमा
झुलेको अन्नबाली छ
नदी र नाला बग्दछन्
चारकोसे झाडी जङ्गल
प्रकृति हेर्दा हाँस्छ मन
नेपाली जनको मङ्गल
पौरखी सारा नेपाली
नेपाल हाम्रो गौरव
बनाउन नयाँ नेपाल
मिलेर जुटौँ लौ अब
सीता विश्वकर्मा, कक्षा ः १०
सरस्वती उमावि खानीभन्ज्याङ, ओखलढुङ्गा
