Skip to content

बाल कविता

इतिहास

देशबाट धेरै थाेक हराएछन्
मेराे् इतिहास कसले लेख्ला भनेर धेरै थाेक कराएछन् ।
अब ता जाँताे र ढिकीकाे इतिहास पनि हराएछ
नाङ्लाे डालाे थुन्से र भकारी मकाएछ ।
पेचा जाबी र जन्तरकाे इतिहास कसलाइ थाहा हाेला
इनकाे इतिहास पनि बगिगयाे खोला ।
अब ता डाेकाे र नाम्लाे पनि इतिहास भए
तिनका दिन पनि गए ।
हन्बेर्नु र घुँएत्राे सम्म थाहा नपाउनेलाई
पाेयाे बड्न्याैटाेे गी‌डाे र पाड्काेकाे इतिहास ता
के थाहा हाेला र
हिजाेकाे इतिहास ता हरायाे हरायाे
अब ता अाजकाे इतिहास पनि हराएछ
नयाँहरुकाे अघि पुरानाेकाे इतिहार यसै डराएछ ।

देऊ संविधान

देऊ संविधान देऊ संविधान
सक्छौ भने सांसद हो देऊ संविधान

जनताले मत दिइ संसदमा भेजे
संविधान जनताले तिमीबाटै खोजे
तर पनि तिमीहरू वहानामा रम्ने
खोइ हाम्रो संविधान जनताले सोधे

कसका जन्ती आए?

झ्याइँ झ्याइँ पन्चे बाजा बजाएर ल्याए
बाटैभरि लावालस्कर कसका जन्ती आए ?
दुलही रैछिन् डोलीमा दुलहा रैछन् घोडामा
हेर ! जन्ती नाचेका पन्चे बाजामा !

बालश्रम

मत नोकर हुँ, मेरा प्रिय बालसखा तिमी मेरा साना मालिक
ढुङ्गा त दुवै ढुङ्गा हौँ, म बगरको तिमी पुज्य सालिक
जन्मजात विपुल सम्पत्तिका धनी हौ तिमी म कङ्गाल
केवल दश नङ्ग्र मेरा सम्पत्ती खिइँदैछन हरेक साल
तिमी युगका सारथी हौ साथी भविष्यका कर्णाधार
म त बालश्रमिक हुँ साथी, उज्यालो युगको अन्धकार ।

साथी

घरबाट निस्केपछि भरोसा हो साथी
आमा, बाबा भन्दा पनि साथी अझ माथि
साथी लौरो, साथी पाङ्ग्रो, साथी ठूलो भर
बिना साथी गन्तव्यमा पुग्ने को पो छ र ?

कालो, मैलो राख्नु हुन्न साथी-साथी बीच
धनी होस् कि गरिब होस् हुन्न उच-नीच
भाका मिल्ने, रुचि मिल्ने अनि मिल्ने लय
साथीसित यात्रा गर्दा हुन्न केही भय

विद्या

ए ! दाजु- भाइ !! बिद्याको खेती सबैले लगाऊँ
बिद्याको खेती लगाई अब यो देश सजाऊँ
बिद्या हो हाम्रो सम्पूर्ण धन सम्पत्ति सबैको
सज्जन भई गरौं न सेवा नेपाल आमाको

कसैले अब नगरी हेला, यो बिद्या पढिलेऊ
स्कूल जानु पर्दछ अब सबैलाई भनिदेऊ
आउन भाइ आउन बैंनी यै बिद्या पढेर
नियम कानुन सबैले बुझ, कुमती छाडेर

पढेर बिद्या लौ तिमी पनि, यो देश बनाऊ
रंगी बिरंगी पारेर देश, दुख सब् हटाऊ
नेपाल देश बिद्याको धनी, सबैमा सुनाऊ
सबैको आँखा ज्योतीले भरी उज्यालो देखाऊ

त्यो तिम्रो मन बिद्याले भरी, टमक्क बनाई
देशको सेवा गरेर बस, नाम् खुबै चलाई
कठोर काम गरेर सधैं, पसिना बहला

बिजुली

झलक्क भयो आँखामा मेरो, अँधेरी रातैमा
उज्यालो पारी किन हो तिमी, बिलायौ बातैमा

छैन कि तिम्रो हँसिलो मुहार, जे जस्तो देख्थेँ म
कमल कुसुम फुलेको भए, हातैले टिप्थें म

आँखाको नानी पवित्र पारी, मिलिक्क हरायौ
छिनमै मेरो मुटुको धड्कन, भुतुक्कै बनायौ

नानीहरूलाई

हेर हेर नानी हो
कलिलो छ मुना यो
मुनाबाटै फुलीफक्री
हाङाबिङा बन्छ यो ।

हिजोआज देखिने
ठूलो बुढो रुख यो
कुनैबेला तिमी झैं
सानु सानु मुना थ्यो ।

सिंह र मूसा

  • by

थियो गर्मी वेला हपहप थियो घाम बहुत
बले झैँ आकाशै दनदन थियो धप्धपसित ।

बडो मानी गर्मी रुखतल सुती शीतलसित
झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ।।

थियो यौटा ठूलो सकल पशुको सिंह वनको
दुवै चिम्ली आँखा सुखसँग डटेको अति निको ।

अब स्कूल जानु पर्छ

एक दुइ तिन चार
पांच छ सात आठ सुरु गरौ है
वान टु थ्री फोर पढ्न थालौं है
ए बि सी डी क ख ग घ सुरु गरौ है
आमा बाबा दिदि दाइलाई अब भनौ है
चकलेट खाउला दुध माम खाउला
पहिले पढौं है
चक चक नगरी घर भित्र पढ्न बसौ है
हर्के, श्यामे, रिठ्ठे, मंगले
सबलाई भनौ है
ए कार पनि हटाएर बोलौँ अब है
हर्कु श्यामु रिठू मंगलु भन्दा सुहायो
सबै लाई स्कूल अब पढ्न भनौ है
नौलो मान्छे आयो भने
ढोकै नखोलौ है
स्कूल बाट घर आउदा
चनाखो बनौ है
नाना थरि खान देलान
खादै नखाऊ है
नचिनेको मान्छे संग
जादै नजाउ है
घर आउदा स्कूल जाँदा
संगै हिँडऔ है
एक दुइ तिन चार पढ्न थालौं है

गाउँ दिने कथा

  • by

हौदा चढ्यो घोडामाथि
    हौदामाथि हात्ती
चञ्चलेको राजालाई
    यस्तो भयो पात्ती ।

दुइटा ओडार काला काला
    त्यसमा दुइटा तारा
माथि झाँग छ तल झाडी
    त्यो हो के त प्यारा ?