सानो सानो रूप मेरो
सोन्दर्यकी खानी
मगमग बास आउने
मत फूलरानी ।
रङ्गीचङ्गी बगैँचा हो
मेरो घरवास
बाल वृद्ध मलाईदेखि
रमाएर हाँस ।
पुतली र मौरी आई
बोलाउने गर्छन्
सुनमाथि सुगन्धमा
सङ्गीत नै भर्छन् ।
प्यारो हुन्छ जोकोहीलाई
मेरो फूलबारी
सौन्दर्यकी खानीबीच
सुवासको घारी ।
शिरफूल मेरो नाउँ
रूप सानी सानी
ईश्वरकै वरदान हुँ
म त फूलरानी ।
