Skip to content


कति राम्रो लाग्छ मलाई
आकाशकी चरी
सबै सँगै मिलिजुली
उड्छन् आकाशैभरि
बिहानी बोलाउँछन्
चिरविर चिरविर गर्दै
म त जान्छु त्यसलाई हेर्न
दङ्ग पर्दै ।
चरीहरूसँग पनि हामीले
पिरती लाउनुपर्छ
हामी जस्तै उनीहरूले पनि
बाँच्न पाउनुपर्छ
चरी पनि हाम्रो साथी हो
बुझौँ सबैले
चरीलाई मार्नुहुन्न
अब कसैले ।

आश्मा अर्याल,
नमुना मच्छिन्द्र बोर्डिङ हाइ स्कुल, लगनखेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *