जानी नजानी तिमीले के दियौ यो मनै बदलियो
एक नजर तिमीले के हेर्यौ लौ है माया बसिगो
माया गंगा हो, माया सागर हो
जुन देवता मनभित्र हुन्छ मन्दिरमा छैन
मायाको चित्र आँखामा छ तस्बीरमा छैन
माया जिन्दगीमा रहन्छ गीत बनी
मुटुमा बसिरहन्छ दिनरात गनी
तिम्रो हाम्रो मायाको अर्थ किताबमा छैन
माया पवित्र हुन्छ यसको हिसाब छैन
माया बाँधीएर रहन्छ जुनी-जुनी
बासना छरिरहन्छ जूनतारा मुनि
शब्द – रत्नशम्सेर थापा
स्वर – कुमार सानु, कविता कृष्णमुर्ति
संगीत – शक्तिबल्लभ
चलचित्र – पृथिवी
